काठमाडौं- नेपाल मेडिकल काउन्सिलले अनुगमनका बेला नक्कली फ्याकल्टी (खडेबाबा) र बिरामी देखाउने मेडिकल कलेजलाई कुनै कारबाही नगरी सिट निर्धारण गरेको छ। आफैंले गरेको अनुगमनका बेला सबैभन्दा बढी खडेबाबा देखिएको कलेज अफ मेडिकल साइन्स भरतपुर र अनुगमनको समयमा वृद्धाश्रमका बिरामी ल्याएर राखेको नेपाल मेडिकल कलेजले समेत अरुसरह सिट पाएका छन्।
सरकारले चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले गरेको सिफारिस कार्यान्वयन गर्ने गरी त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीसँग भएको सम्झौताका आधारमा असोज १ को मन्त्रिपरिषदले यो वर्ष कलेजहरूलाई अधिकतम १ सय ३५ सिट दिने निर्णय गरेको थियो। ती दुवै कलेजले अधिकतम सिट नै पाएका छन्।
काउन्सिलले गत असोज ५ गते आफैंले सूचना निकालेर सबै कलेजमा २ सय १२ खडेबाबा भेटिएको रिपोर्ट सार्वजनिक गरेको थियो। तीमध्ये भरतपुर मेडिकल कलेजमा मात्रै ७१ जना खडेबाबा भेटिएका थिए। त्यसैगरी ४६ जना नक्कली फ्याकल्टी भेटिएको सार्वजनिक भएको नोबल मेडिकल कलेज १ सय २५ र ३६ नक्कली फ्याकल्टी भेटिएको युर्निभर्सल मेडिकल कलेजलाई भने ९० सिट मात्रै दिएको छ। नोबेल र युनिभर्सल दुवैले गत वर्ष १ सय ५० सिट पाएका थिए।
त्यसैगरी अनुगमनको बेलामा हाडजोर्नी विभागमा सबै बिरामी वृद्धाश्रमबाट ल्याएको भेटिएको नेपाल मेडिकल कलेजले अरुसरह सिट पाएको छ। अनुगमनको समयमा नक्कली बिरामी भेटिएको कलेजको शिक्षण अस्पतालमा केही दिनपछि अनुगमन गर्दा बेड अकुपेन्सी ३० प्रतिशत हाराहारी मात्रै भेटिएको थियो।
प्रत्येक वर्ष मेडिकल कलेज सिट तोक्दा विश्वविद्यालय र काउन्सिलले छुट्टाछुट्टै अनुगमन गर्ने र विश्वविद्यालयले गरेको सिफारिसमा काउन्सिलले अन्तिम सिट संख्या तोक्छ। काउन्सिलले असोज २९ को बैठकले गरेको निर्णय २४ घन्टापछि मात्रै सार्वजनिक गरिएको छ। काउन्सिलले यसअघि विश्वविद्यालयले सिफारिस गर्न ढिलाइ गरेको भन्दै सिट निर्धारण गर्न आलटाल गर्दै आएको थियो। काठमाडौं विश्वविद्यालय (केयु) को पर्याप्त बिरामी भए पनि सरकारी प्रतिष्ठान एवं मेडिकल कलेजका सिट संख्या ठूलो मात्रामा घटाएर आलोचित भएको काउन्सिलले निजी मेडिकल कलेजहरूको हकमा सिट निर्धारण गर्दा केही कलेजप्रति नरम देखिएको काउन्सिलकै सदस्यहरूले बताएका छन्।
सबैभन्दा बढी नक्कली फ्याकल्टी र कम बिरामी भएका केयुअन्तर्गतका ९ मेडिकल कलेजले तुलनात्मक रूपमा बढी बिरामी हुने त्रिविअन्तर्गतका कलेजले भन्दा कम सिट पाएका छन्।
अधिकांश कलेजको सिट कटौती गरिए पनि काउन्सिलले केही कलेजको सिट अस्वाभाविक रूपमा कायम राख्ने र बढाउने निर्णय गरेको काउन्सिलका सदस्यहरूको भनाइ छ। काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भएका मापदण्डआधारमा विश्वविद्यालयसँग समन्वय गरेर नै सिट निर्धारण गरिएको बताए। उनले अघिल्लो वर्ष २ हजार २ सय ४६ सिट पाएकोमा यो वर्ष कलेजले कुल १ हजार ९ सय ७५ सिट पाएको जानकारी दिए। अधिकारीका अनुसार डेन्टल तर्फको बिडिएस कार्यक्रम चलाउने १२ कलेजका कुल सिट गत वर्षको तुलनामा १ सय २५ ले घटेको छ। गत वर्ष डेन्टलतर्फ ५ सय ९५ सिट थियो।
काउन्सिलका अनुसार त्रिवितर्फ चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले ७५, नेपाली सेनाको कलेज १ सय ३०, नेसनल १ सय ३०, चितवन मेडिकल कलेज १ सय २५, किस्ट १ सय २५, गण्डकी ९० र भैरहवाले ९० सिट पाएका छन्। तीमध्ये गण्डकीले अघिल्लो वर्ष ७५ मात्रै पाएको थियो। त्यसैगरी गत वर्ष नेसनल र आर्मीले १ सय ५० र आइओएमले ७६ र चितवन १ सय ४०, किस्टले १ सय ३५ सिट पाएका थिए।
केयुअन्तर्गत केयुको आफ्नै सामुदायिक मेडिकल कलेजको १५ सिट घटेको छ। गत वर्ष केयुले ७५ सिट पाएको थियो। गत वर्ष १ सय ५० सिटका दरले पाएका ६ कलेज मणिपाल, नेपालगन्ज, नेपाल मेडिकल, काठमाडौं मेडिकल, भरतरपुर र नोबेलमध्ये नोबेलले १ मात्रै र अन्यले यो वर्षको अधिकतम १ सय ३५ सिट नै पाएका छन्। तीबाहेक गत वर्ष सय सिट पाएको लुम्बिनीले ९० सिट र ७५ पाएको विराटले यो वर्ष ७० सिट पाएको छ। विराटसँगै केयुले विस्तारित कार्यक्रमका नाममा सम्बन्धन दिएको देवदह मेडिकल कलेजको पूर्वाधार नपुगी गत वर्ष ४० सिट दिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेर कारबाही चलाइरहेको छ।
सरकारीतर्फको धरान गत वर्ष १ सय २० सिट पाएकोमा यो वर्ष १ सय ३५ पाएको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत वर्षभन्दा ५ सिट कम ५५ मात्रै पाएको छ।
यसअघि काउन्सिलले असोज ५ मा सरकारी कलेजहरूको सिट घटाउने निर्णय गरिसकेको थियो। काउन्सिलले सरकार मातहतको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा ९ सिट, वीर अस्पतालमा ४४ सिट मात्रै दिने निर्णय गरेको छ। यो संख्या गत वर्षको आधा मात्र हो। काउन्सिलले गत वर्ष १ सय ८ जनालाई स्नातकोत्तर (विशेषज्ञ) पढाएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि यसपटक ५७ जनालाई मात्रै पढाउन दिने निर्णय गरेको छ। डिएमएमसिएचतर्फ दुवै संस्थालाई विद्यार्थी नदिने निर्णय गरेको छ।