काठमाडौं- निवर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले जाँदाजाँदै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनलाई एकाएक हटाए। उनले आफ्नो पार्टीनिकट सरेश नेपाललाई नियुक्त गरे।
शेर्पाको यो निर्णय अहिले विवादमा परेको छ। पशुपतिनाथ मन्दिरको संस्कृतिमा विद्यावारिधि टण्डनलाई हटाइएको प्रक्रिया र घटना अहिले विवादमा आएको छ। जानकार भन्छन्, 'सिन्धुपाल्चोक केन्द्रित राजनीतिमा संलग्न एमालेका कार्यकर्तालाई उनले एकाएक नियुक्त गरेका छन्। मन्त्रीले जाँदाजाँदै विवादित निर्णय गरे।'
कोष सञ्चालक परिषदका अध्यक्ष रहेका मन्त्री कृपासुरस"ग बिदा स्वीकृत गराएर १५ गते एक साताका लागि व्यक्तिगत रुमा हङकङ भ्रमण गरेर फर्केका टण्डनलाई आउनेबित्तिकै अवकाश पत्र थमाइयो। २४ गते कार्यालय आउने गरी हङकङ पुगेका उनले आफ्नो अवकाश 'कानुनविपरीत' भएको भन्दै कानुनी उपचार खोज्ने नागरिकसँग जानकारी दिए।
असोज १३ गते मन्त्रीस्तरीय निर्णयले पशुपतिका विभिन्न आठ क्षेत्रको सत्यतथ्य विवरण तीन दिनभित्र पेस गर्न उनलाई पत्र पठायो। टण्डनले १५ गतेको मिति राखेर सो दिन शनिबार परेकाले १६ गते विवरण पेस गरेको बताए। 'मैले विवरण पेस गरेपछि केही पनि भएन,' टण्डनले सुनाए, 'मलाई हटाउने निर्णय २० गते नै भइसकेको रहेछ।'
२०७० असार २५ गते ४ वर्षका लागि नियुक्त टण्डनले दुई वर्षसम्म अवधिमा विभिन्न आठ काम नगरेको भन्ने मन्त्रालयको ठहर थियो। कोषको साधनस्रोतको उचित व्यवस्थापन गर्न नसकेको, कोषको गुरुयोजना व्यवस्थित रूपमा लागु गर्न नसकेको, कोषको आन्तरिक व्यवस्थापन सहज रूपमा गर्न नसकेको, बेरुजु फर्छ्योटसम्बन्धी कार्य शीघ्रतापूर्वक हुन नसकेको, शवदाह गृह समयमै निर्माण गरी सञ्चालन हुन नसकेको, बजेट र योजना व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको, अदालतका फैसला समयमै कार्यान्वयन हुन नसकेको र कोषसँग सम्बन्धित उजुरी व्यवस्थापन समयमै हुन नसकेको भन्दै तीन दिनभित्र सत्यतथ्य विवरण पेस गर्न भनिएको थियो।
पत्रको जवाफ लेख्दै टण्डनले 'यस्ता बृहत कार्य कुनै एक जनाको एक्लो प्रयासबाट मात्र सम्भव हुँदैन' भनेका थिए।
भट्ट/भण्डारीको चार वर्षदेखि पारिश्रमिक विषयक समस्या समाधान, झन्डै ७५ जना रैरकमीहरूको लामो समयदेखिको विवादलाई समाधान गरियो, घाटमा वर्षौंदेखि काम गर्दै आएका सहयोगीको समस्या र विवादलाई 'नियमावली २०७२' ल्याई समाधान गरियो लगायत पहिलो बुँदाको विवरण टण्डनले उल्लेख गरेका थिए। कोषको गुरुयोजना व्यवस्थित रूपमा लागु गर्न नसकेको गुरुयोजनाले तोकेअनुसार अन्तिम जग्गा अधिग्रहण कार्यमा आएका अनेक बाधा पन्छाउँदै सम्पन्न भइसकेको छ।
सदस्यसचिवको जवाफ चित्त नबुझेको भन्दै मन्त्रीले नयाँ व्यक्तिलाई जिम्मेवारी दिएको मन्त्रालय स्रोतले जानकारी दियो। 'मन्त्रीले सोध्नुभएको कुरा चित्त नबुझेर यस्तो भयो,' स्रोत भन्छ, 'कानुनमा मन्त्रीले तोकेको व्यक्ति सदस्य सचिव हुन पाउने व्यवस्था गरेपछि उसले चित्त नबुझे हटाउन सक्छ।'
लामो समय सिन्धुपाल्चोक जिल्ला विकास समितिको सभापति भएका नवनियुक्त सदस्यसचिव नेपाल लामो समय जिल्ला राजनीतिमा बिताएका थिए। एक वर्ष अघिसम्म एमालेको केन्द्रीय लेखा परीक्षकको जिम्मामा थिए।
'पछिल्लो पटक पार्टीको जिम्मेवारी पनि पाएको थिइनँ,' उनले भने, 'मेरो काम गर्ने तरिका देखेर मन्त्रीजीले यस्तो अवसर जुटाइदिनुभो।' उनले भूकम्पले बिग्रेका संरचनाको मर्मतसम्भार र पुनर्निर्माणमा ध्यान दिने बताए। स्थानीय विकासका क्षेत्रमा लामो समय सिन्धुपाल्चोक जिल्ला विकास रहेर काम गरेका कारण विकास निर्माणमा आफू अनुभवी रहेको उनले दाबी गरे।