दिन बिराएर थोरै पेट्रोलियम
२२ असोज २०७२
•
१० मिनेट पाठ
दिन बिराएर थोरै पेट्रोलियम
विराटनगर- नेपालविरुद्ध अघोषित नाकाबन्दी लगाइरहेको भारतले जोगबनी नाकाबाट दिन बिराएर थोरै परिमाणमा पेट्रोलियम पठाइरहेको छ। गत आइतबार दुई देशका अधिकारीबीच नाका चालू गर्ने सहमति भए पनि जोगबनीस्थित भारतीय भन्सारले कडाइ गर्न छाडेको छैन।एक दिन केही खुकुलो पारे पनि अर्को दिन पुरानै रबैया दोहोर्यागउने भारतीय भन्सारले शुक्रबार भने जोगबनी नाकाबाट ३६ गाडी पेट्रोलियम नेपाल पठाएको छ। विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुंगानाका अनुसार शुक्रबार बेलुकासम्ममा २३ ट्यांकर डिजेल, चार ट्यांकर पेट्रोल, नौ बुलेट ग्याससहित १ सय ४० मालवाहक सवारी नेपाल भित्रिएका छन्।




नाकामा अवरोध भएको १२ दिनपछि गत सोमबार जोगबनी नाकाबाट १० ट्यांकर पेट्रोल, २० ट्यांकर डिजेल र दुई बुलेट ग्यास आयात भएको थियो। मंगलबार दिनभर इन्धन आयातमा अवरोध भए पनि राति चार बुलेट ग्यास, चार ट्यांकर पेट्रोल र पाँच ट्यांकर डिजेल आयात भएको थियो। बुधबार १३ बुलेट ग्यास, ११ ट्यांकर पेट्रोल र ४२ ट्यांकर डिजेल आएको थियो। बिहीबार एक बुलेटमात्रै ग्यास आयात भयो।

जोगबनी नाकाबाट अन्य औद्योगिक कच्चा पदार्थको तुलनामा इन्धन आयातमा भारतीय पक्षले बढी कडाइ गरिरहेको छ। शुक्रबार बेलुकासम्म कच्चा पदार्थका सवारी आइरहे पनि इन्धन बोकेका थप सवारी आउने सम्भावना नरहेको भन्सार अधिकृत ढुंगानाले जानकारी दिए। उनले भने, 'अन्य मालवाहक सवारी आइरहे पनि इन्धनका थप ट्यांकर आउने सम्भावना छैन।'

छिनमै कडाइ छिनमै खुकुलो

झापा संवाददाता राजु अधिकारीका अनुसार बिहीबार नेपालबाट जाने साइकल समेत रोकेर काँकडभिट्टा–पानीट्यांकी नाकामा कडाइ गरेको भारतीय पक्षले शुक्रबार भने कुनै अवरोध गरेन।

नेपाली नम्बरप्लेटकै साना तथा ठूला सवारीसाधन निर्बाध वारिपारि गर्न पाए। छिनछिनमै फेरिइरहेको भारतीय व्यवहारबाट नेपाली प्रशासन आश्चर्यमा छ। 'भारतीय सुरक्षा बलको व्यवहार बुझिनसक्नु देखियो,' झापाका एक प्रहरी अधिकारीले भने, 'बिहीबार मेची पुलमा घन्टौं जाम हुने गरी सुरक्षा जाँच भएको थियो, शुक्रबार दिनभरि कुनै अवरोध भएन, अब शनिबार के हुन्छ, हेर्नु छ।'

यसलाई पूर्वी नाका पूरै खुकुलो पारेको मान्न सकिन्छ त? 'त्यस्तो भनेर पत्याउन गाह्रो छ,' भारत, पानीट्यांकीका व्यवसायी सुमन राईले भने, 'यसअघि पनि यस्तै व्यवहार दिनैपिच्छे देखिएको छ, त्यसैले केही भन्न सकिने अवस्था रहेन।'

नेपाली भने भारतीयले आफ्नो व्यापारलाई लक्षित गरी नाका घरीघरी खुकुलो पारेको ठान्छन्। मेची उद्योग वाणिज्य संघका कार्यकारी सदस्य चेतन विष्टका अनुसार भारतीय पेट्रोलपम्पमा नेपाली नम्बरप्लेटका साधनलाई इन्धन दिन रोक लगाइएको छ। तर, भारतीय सुरक्षाबलकै आँखाअघि त्यहाँका स्थानीयले चर्को मूल्य लिएर पेट्रोलचाहिँ बेचिरहेका छन्। दसैं किनमेलका लागि भारतीय बजार पुग्ने नेपालीको संख्या पनि उत्तिकै छ। 'नेपाली पक्षलाई दुःख दिइरहने तर आफ्नो व्यापार स्वार्थ पनि लादिरहने नियत देखिन्छ', उनले भने, 'हेर्दा सामान्यजस्तो लाग्ने तर गहिरिएर बु‰दा पूरै नियोजित व्यवहार छ।' दसैंतिहारको मुखमा मोटो रकम किनमेलमा सिध्याउने नेपाली ग्राहक नभड्किउन भनेर भारतले उतारचढाबपूर्ण व्यवहार गरेको नेपाली व्यापारी बताउँछन्।

यसअघि 'नेपालमा असुरक्षा रहेको' झुटो दाबी गरेर भारतीय संस्थापनले धेरै दिनसम्म पेट्रोलियम पूरै रोक्यो। काँकडभिट्टाबाट नाकाबन्दीको पहिलो साता कोदो, आलु, क्लिंकर जस्ता सामान मात्रै आए। यस साताको अन्तिमतिर इन्धन बल्ल आयो। दुई दिनभित्र ३५ ट्यांकर इन्धन पठाएर पूर्वी नाका केही खुकुलो पारेको सन्देश दिएको भारतीय पक्षले 'धेरै ट्यांकर पठाए पनि १० प्रतिशतमा मात्रै तेल दिने' भनेर नेपाली पक्षलाई धम्क्यायो पनि। दुई दिन त्यसै गरेको भारतीय आयल कर्पोरेसनले शुक्रबार फेरि इन्धन धेरै पठायो।

भारतले नेपालविरुद्ध जारी राखेको नाकाबन्दीले नेपाली ग्राहक आश्रित व्यापार चल्ने मुख्य दुई बजार पानीट्यांकी र नक्सलबाडीका व्यवसायी हैरान छन्। उनीहरूको कारोबार ह्वात्तै घटेको छ। यही कारण आन्तरिक दबाब बढ्दै जाँदा भारतीय सुरक्षाबल कहिलेकाहीँ खुकुलो हुने अनुमान नेपाली पक्षको छ।

गौरीफन्टाबाट तीन ट्यांकर, एक बुलेट

धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार गौरीफन्टा नाका भएर शुक्रबार पेट्रोलियमका तीन ट्यांकर र एक ग्यास बुलेट भित्रिएका छन्।

१२ हजार लिटर पेट्रोल र २० हजार लिटर डिजेल भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी प्रमुख शरद पौडेलले जानकारी दिए।

पेट्रोलियमसँगै ग्यासको एक बुलेट, सिमेन्ट र मकै भरिएका १० ट्रक पनि भित्रिएको त्रिनगर इलाका प्रहरी कार्यालय भन्सारका प्रहरी नायब निरीक्षक जीवन गुरुङले बताए।

मेनथरा डिपोले १० प्रतिशतभन्दा बढी तेल नदिएपछि सुदूरपश्चिममा अभाव चुलिएको प्रमुख पौडेलको भनाइ छ।

तेल नहुँदा दसैँका बेला घर फर्कनेका लागि सार्वजनिक बससमेत चलाउन सकिने अवस्था नरहेको व्यवसायीको गुनासो छ।

प्रजिअ मोहन चापागाईंले भने यात्रुलाई दसैँमा घर फर्कन सहजताका लागि सुदूरपश्चिम यातायात व्यवसायी संघ र कर्णाली रिभर साइड बस व्यवसायी समितिलाई साताको ६ हजार लिटरका दरले तेल दिने निर्णय गरिएको बताएका छन्। 'काठमाडांै र पहाड जाने गाडीलाई प्राथमिकतामा राखेर तेल दिने निर्णय गरेका छौं,' उनले भने।

रुपैडिहाबाट चार ट्यांकर

रुपैडिहा नाका हुँदै शुक्रबार नेपालगन्जमा चार ट्यांकर पेट्रोलियम भित्रिएको छ। नेपालगन्ज भन्सार कार्यालय प्रमुख राजेन्द्र हमालका अनुसार डिजेलका तीन र एलपी ग्यासको एउटा गाडी आएका हुन्। आलु, प्याज, तरकारी, फलफूलकासहित उक्त नाकाबाट शुक्रबार २५ वटा गाडी आए पनि भारतीय एसएसबीले पेट्रोलियममा भने कडाइ जारी नै राखेको भन्सार कार्यालयले जनायो।

ठोरी नाका पनि बन्द

वीरगन्ज संवाददाता रितेश त्रिपाठीका अनुसार एसएसबीले शुक्रबार पर्साको पश्चिमी नाका ठोरी पनि बन्द गराएको छ। उक्त नाकाबाट नेपाली र भारतीय दुवै सवारीसाधन वारपार गर्न रोक लगाएको स्थानीयले बताएका छन्।

बिहीबारसम्म स्थानीयले सोही नाकाबाट मोटरसाइकल लगी सीमापारि भिखना ठोरीको जमुनिया चोकबाट पेट्रोल ल्याएर गर्जो टार्दै आएका थिए। 'बिहानैदेखि एसएसबीले मोटरसाइकल आउन–जान दिएको छैन, पहिलेभन्दा निगरानी बढाएका छन्,' स्थानीय राम शरणले भने, 'हिजोसम्म जेनतेन राहत थियो, आजदेखि थुनिएजस्तो भएको छ।' चितवन माडीसम्मका बासिन्दा किनमेलका लागि भिखना ठोरी पुग्ने गरेका छन्।

वीरगन्जमा नाकामा जारी मधेसवादी दलको धर्ना जारी छ। मोर्चा कार्यकर्ताले शुक्रबार पनि नाका ठप्प पारे। वीरगन्ज भन्सार कार्यालयका अनुसार रक्सौल नाकाबाट १६ दिनदेखि कुनै मालसामान तथा इन्धन भित्रिएको छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस