मधेस आन्दोलनको उद्गम भूमि सिरहाको लहान अघिल्लो आन्दोलनमा जस्तो यसपटक आक्रामक छैन। समग्रमा शान्तिपूर्ण आन्दोलन चलिरहेको छ। 'नागरिक संवाद' मा यहाँका नागरिक समाज, बुद्धिजीवी र व्यवसायीले जारी आन्दोलन साम्य पार्ने सूत्र दिएका छन्:
संविधानको प्रस्तावनामै संशोधन गर्नुपर्छ। सामन्ती राज्यव्यवस्था भनिएको ठाउँमा राजतन्त्रात्मक सामन्ती व्यवस्था लेख्नुपर्छ। मधेस आन्दोलन पनि उल्लेख गर्नुपर्दछ। अहिले मधेसका जनताले संविधान अस्वीकार गरेका छन्। मधेस आन्दोलन संख्याको गणितसँग सम्बन्धित छैन। यो भावनासँग जोडिएको कुरा हो। संविधान निर्माणक्रममा मधेसी भावना समेटिएन। राज्य अभिभावक हो। सही अभिभावकले जनताको भावनालाई महत्व दिनुपर्छ। मधेसी पनि नेपालकै बासिन्दा हुन्। त्यही हिसाबले सम्बोधन हुनुपर्योभ। विगतमा सम्झौता निशर्त लागू गर्छौं भनेर प्रतिबद्धता जनाए संविधानमाथिको विरोध साम्य भइहाल्छ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता हुँदा आन्दोलनरत पक्षबाट सम्झौतापत्र तयार पार्ने मै हुँ। त्योे सम्झौतामा मधेसीको चाहनाअनुरुप स्वायत्त मधेस प्रदेशलगायत अन्य प्रदेश हुने छन् भन्ने उल्लेख थियो। अन्तरिम संविधानमै मधेसलाई टुक्रा–टुक्रा पार्ने नीति लिइयो। मेची नदीपश्चिम कपिलवस्तुसम्म एउटा र त्योभन्दा पश्चिम महाकालीसम्म अर्को प्रदेश हुनुपर्छ।
नागरिकताको अंगीकृत प्रावधानबारे यहाँ झगडा छ। अंगीकृतको सम्पूर्ण प्रावधान हटाउनुपर्छ। नेपालीसँग विवाह गर्ने महिलालाई वंशज नागरिकता दिनुपर्छ। तिनका सन्तानलाई जन्मसिद्ध आधारमा नागरिकता दिनुपर्छ। वंशजको नागरिकता हुनेले मात्रै राजनीतिलगायत अधिकार प्राप्त गर्ने छन्।
संविधानसभाले बनाएको यो पहिलो संविधान हो। तर, संविधान निर्माणका क्रियाकलापमा नेपालमा दुई प्रकारका चरित्र र व्यवहार प्रदर्शन भयो– शासक र शाषित। दुईबीच समन्वयको अभाव छ।
संविधान जारी हुँदा सबैले खुसियाली मनाउने वातावरण बन्नुपर्थ्यो। त्यो अवस्थाबाट हामी गुजि्रयौं। मधेस आन्दोलनले पहाड, मधेस, काठमाडौंँ जताततैको जनजीवन प्रभावित गरेको छ। अधिकारका लागि भइरहेको आन्दोलनलाई भारतसँग जोड्ने काम भएको छ। नेपाल तीनतिरबाट भारतवेष्ठित छ। हामी अन्तर्राष्ट्रिय सन्धि र पारवहन अधिकारका कुरा गर्न सक्छौ। भारतसँग राम्रो सम्बन्ध राख्नैपर्ने हुन्छ। वार्तामा बोलाउने तर ढोका थुन्ने काम भएको छ। लोकतन्त्र भनेको अल्पमतको पनि सम्मान हो। संविधान निर्माणक्रममा मधेसमा ठूलो चोट लागेको छ तर त्यसको उपचार भइरहेको छैन।
मधेसमा आन्दोलन चलेको दुई महिना हुन लाग्यो। ०६३ सालमा मधेसी मोर्चासँग सम्झौता गर्नेबितिकै चुरे भावरजस्ता संगठनसँग पनि समान किसिमको सम्झौता गरिएको थियो। त्यसको अर्थ र उपयोगिता थिएन। समस्या सम्मानसँग जोडिएको छ। सम्मानजनक वार्तासँग जोडिएको छ। इमान्दारीसाथ वार्तामा बस्यो भने समाधान निस्कन्छ। जुन आधारमा संघीयताको खाका कोर्न भनिएको थियो, त्यो अपनाइएन। यसो गर्दा हलो अड्किन्छ। संघीयतामा जिल्लाको पुनःसंरचना नभई प्रदेश सीमांकन गर्न सकिन्न। समानुपातिक समावेशी सिद्धान्तलाई फेरबदल गरिएको छ। आन्दोलनबाट स्थापित भएका अधिकार सबैले उपयोग गर्न पाउनुपर्छ।
जनसंख्या र भुगोललाई मिलाएर नयाँ आधारमा निर्वाचन क्षेत्र कायम गरिनुपर्छ। वैवाहिक सम्बन्धबाट आएकालाई वंशजकै नागरिकता दिनुपर्छ। उनीहरुको अधिकारमा बन्देज लगाउनुहँुदैन।
सबैलाई मिलाएर वार्तामा बस्नुपर्छ। मधेस आन्दोलनलाई पटक–पटक गन्छना मात्रै लगाइयो, समस्या छैन भनियो। अरुको लहैलहैमा आन्दोलन गरेको भनिँदैछ। मधेस आन्दोलन ठूलो समस्या हो। जनता उठेका छन्। यहाँको मुद्दा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्ने हो। मधेसमा ५१ प्रतिशत जनसंख्या छ, त्यही आधारमा हरेक निर्वाचनमा कम्तीमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ। जुन कुरा विगतमा भएका थिए, त्यसमा धोका भएको छ। अंगीकृत नागरिकताबारे पनि भ्रम छरिएको छ। भारतसँग हाम्रो रगतको सम्बन्ध छ। यस्तो अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन। वैवाहिक सम्बन्धबाट महिलालाई स्वतः वंशज नागरिकता दिइनुपर्छ।
समावेशी र समानुपातिक अनि स्वायत मधेस प्रदेश बनाइदिए समस्या समाधान हुन्छ।
आर्थिक उन्नति र विकास नहुँदा हामी आन्दोलनमै छौं। २००७ सालदेखि अहिलेसम्म हुलाकी राजमार्ग बनाउन सकेनौँ, पहाडमा बाटोघाटो बनेन। आर्थिक विकासका काम भएनन्। आन्दोलनको स्वरूप बदल्ने कुरा मात्रै हुन्छ, बदलिँदैन।
नेपाल भारतवेष्ठित मुलुक हो। सम्पन्न छिमेकीसँग मित्रता नगरी बाँच्न सकिन्न। दुई–तीन दिन इन्धन बन्द हुँदा हामी चरम अभावमा पर्छौं। अहिले आन्दोलन गर्नेहरु पनि सरकारमा गएकै हुन्। हाम्रा राजनीतिक दल विकास नहोस्, बन्द, आन्दोलन र हडताल भइरहोस भन्ने चाहन्छन्। भोलि पनि मधेसी–मधेसीबीचमै द्वन्द्व भएर अर्थतन्त्रमा पर्ने हो कि भन्ने चिन्ता छ।
मधेसी दल, नेपाल र भारत सबै कूटनीतिमा असफल भएका छन्। आर्थिक क्षेत्र तहसनहस भएको छ। जनतालाई दुःख दिएर राजनीतिक माग पूरा गर्नु जायज होइन। दुईटै पक्ष वार्ताको कुरा गर्छन्, दिनदिनै चासो राख्यो उपलब्धि केही हुँदैन। दुवै एक–अर्कोलाई दोष मात्रै लगाउँछन्, हामी अन्योलमा छौँ। अधिकारको आन्दोलन भनिन्छ, खासमा यो जुँगाको लडाइँ हो।
प्रस्तुति : विश्वमणि पोखरेल/मिथिलेश यादव
प्रस्तावनामै संशोधन गर्नुपर्छ
डा. महादेव साह, संयोजक, आममधेसी नागरिक समाज

समन्वयको अभाव
नमोनारायण झा, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
संविधानसभाले बनाएको यो पहिलो संविधान हो। तर, संविधान निर्माणका क्रियाकलापमा नेपालमा दुई प्रकारका चरित्र र व्यवहार प्रदर्शन भयो– शासक र शाषित। दुईबीच समन्वयको अभाव छ।
संविधान जारी हुँदा सबैले खुसियाली मनाउने वातावरण बन्नुपर्थ्यो। त्यो अवस्थाबाट हामी गुजि्रयौं। मधेस आन्दोलनले पहाड, मधेस, काठमाडौंँ जताततैको जनजीवन प्रभावित गरेको छ। अधिकारका लागि भइरहेको आन्दोलनलाई भारतसँग जोड्ने काम भएको छ। नेपाल तीनतिरबाट भारतवेष्ठित छ। हामी अन्तर्राष्ट्रिय सन्धि र पारवहन अधिकारका कुरा गर्न सक्छौ। भारतसँग राम्रो सम्बन्ध राख्नैपर्ने हुन्छ। वार्तामा बोलाउने तर ढोका थुन्ने काम भएको छ। लोकतन्त्र भनेको अल्पमतको पनि सम्मान हो। संविधान निर्माणक्रममा मधेसमा ठूलो चोट लागेको छ तर त्यसको उपचार भइरहेको छैन।
सम्मानको खोजी
चक्रपाणि दाहाल, प्राध्यापक, एभरेस्ट कलेज
मधेसमा आन्दोलन चलेको दुई महिना हुन लाग्यो। ०६३ सालमा मधेसी मोर्चासँग सम्झौता गर्नेबितिकै चुरे भावरजस्ता संगठनसँग पनि समान किसिमको सम्झौता गरिएको थियो। त्यसको अर्थ र उपयोगिता थिएन। समस्या सम्मानसँग जोडिएको छ। सम्मानजनक वार्तासँग जोडिएको छ। इमान्दारीसाथ वार्तामा बस्यो भने समाधान निस्कन्छ। जुन आधारमा संघीयताको खाका कोर्न भनिएको थियो, त्यो अपनाइएन। यसो गर्दा हलो अड्किन्छ। संघीयतामा जिल्लाको पुनःसंरचना नभई प्रदेश सीमांकन गर्न सकिन्न। समानुपातिक समावेशी सिद्धान्तलाई फेरबदल गरिएको छ। आन्दोलनबाट स्थापित भएका अधिकार सबैले उपयोग गर्न पाउनुपर्छ।
जनसंख्या र भुगोललाई मिलाएर नयाँ आधारमा निर्वाचन क्षेत्र कायम गरिनुपर्छ। वैवाहिक सम्बन्धबाट आएकालाई वंशजकै नागरिकता दिनुपर्छ। उनीहरुको अधिकारमा बन्देज लगाउनुहँुदैन।
भारतसँग रगतको सम्बन्ध
देवनारायण यादव, उपप्राध्यापक, सफटेक कलेज
सबैलाई मिलाएर वार्तामा बस्नुपर्छ। मधेस आन्दोलनलाई पटक–पटक गन्छना मात्रै लगाइयो, समस्या छैन भनियो। अरुको लहैलहैमा आन्दोलन गरेको भनिँदैछ। मधेस आन्दोलन ठूलो समस्या हो। जनता उठेका छन्। यहाँको मुद्दा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्ने हो। मधेसमा ५१ प्रतिशत जनसंख्या छ, त्यही आधारमा हरेक निर्वाचनमा कम्तीमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ। जुन कुरा विगतमा भएका थिए, त्यसमा धोका भएको छ। अंगीकृत नागरिकताबारे पनि भ्रम छरिएको छ। भारतसँग हाम्रो रगतको सम्बन्ध छ। यस्तो अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन। वैवाहिक सम्बन्धबाट महिलालाई स्वतः वंशज नागरिकता दिइनुपर्छ।
समावेशी र समानुपातिक अनि स्वायत मधेस प्रदेश बनाइदिए समस्या समाधान हुन्छ।
जुँगाको लडाइँ
अशोकलाल अमात्य, सल्लाहकार, उद्योग वाणिज्य संघ सिरहा