राजविराज- अढाई दशकदेखि मधेसकेन्द्रित आन्दोलनको अगुवाइ गरेका वरिष्ठ राजनीतिज्ञ खुसीलाल मण्डलले मधेसमा जारी आन्दोलनलाई जतिसक्दो छिटो सम्बोधन गर्नुपर्ने बताएका छन्।सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहका समवर्ती नेता मण्डल अहिले कुनै पनि राजनीतिक पार्टीमा छैनन्। तर, मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न ढिलो गर्न नहुने उनको धारणा छ। राजनीतिक नेतृत्वले मधेसमा चलिरहेको आन्दोलनको समीक्षा गर्दै चाँडो निकास दिनुपर्ने उनको भनाइ छ।
मधेसवादी दलले गरेको नाकाबन्दीलाई कारण देखाएर उनीहरूसँग राजनीतिक मोलमोलाइ गर्न नहुने सुझाव उनले दिए। ५४ दिनदेखि मधेसमा चलिरहेको आन्दोलनले जनतामा आक्रोश जन्माएको र त्यसको सामना गर्नसक्ने अवस्थामा मोर्चाका नेता पनि नरहेको विश्लेषण उनको छ। काठमाडौंलगायत मुलुकका विभिन्न भागमा नाकाबन्दीविरुद्धको मनोविज्ञान रहेको र आन्दोलनरत मधेसमा अधिकारको माग उठिरहेको चर्चा गर्दै मण्डलले राजनीतिक नेतृत्वलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे। 'नाकाबन्दी कार्यक्रम छाडेर सम्झौता गर्नसक्ने स्थितिमा मोर्चाका नेताहरू छैनन्,' मण्डलले भने, 'राजनीतिक नेतृत्वले मधेसको वर्तमान अवस्थाको राम्रो विश्लेषण गर्न सक्नुपर्छ।'
मोर्चाले उठाएका माग सम्बोधन नभएको अवस्थामा यसका नेताले सम्झौता गरे त्यसविरुद्ध मधेसका युवा आफ्नै नेतृत्वविरुद्ध जाइलाग्ने अवस्था रहेको मण्डलले बताए। 'संविधानमाथिको विरोधमात्र हैन,' मण्डलले भने, 'संविधानको मस्यौदा ल्याउँदै यहाँ व्यापक विरोध भएको थियो।'
अहिले मधेसी मोर्चाले उठाएका माग विगतदेखिकै मागको निरन्तरता रहेको बताउँदै मण्डलले भने, 'कतिपल्ट सम्झौता मात्रै गर्ने?' सद्भावना पार्टीसँग दुई दशकअघि गरिएका सम्झौता पालन नभएको पृष्ठभूमि कोट्याउँदै मण्डल भन्छन्, 'आन्दोलनलाई सम्बोधन गर्ने दायित्व सरकारको हो, पहल सरकारले गर्नुपर्छ।'
मधेसमा चलिरहेको आन्दोलनको बेलैमा सम्बोधन नगरे यसले 'अर्को बाटो' लिनसक्ने उनको आंकलन छ। नाकाबन्दीको प्रसंगमा उनले भने, 'नाकाबन्दी १३ दिनदेखि भएको हो, मधेसले त ४० दिनदेखि आन्दोलन खेपिरहेको थियो।' विगतमा गरिएका सम्झौता लागू गरियो भने आन्दोलन आफंै टुंगिने धारणा राख्दै मण्डलले भने, 'यसो गरियो भने आन्दोलनकारीलाई पनि सहज हुन्छ, सरकारलाई पनि सजिलो हुन्छ।'
मधेस आन्दोलनलाई केन्द्रमा नागरिकले बुधबार राजविराजमा गरेको संक्षिप्त अन्तरक्रियामा सप्तरी नागरिक समाज अध्यक्ष थानसिंह भन्सालीले आन्दोलनकारीको माग पूरा हुनासाथ नाकाबन्दी पनि खुल्ने धारणा राखे। उद्यमी भन्साली मधेसमा भइरहेको आन्दोलनप्रतिको दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको ओल्याउँछन्। 'यहाँको आन्दोलन लम्बिनुका पछाडि मानसिकता दोषी छ,' भन्सालीले भने, 'खसवादी चिन्तन दोषी छ।' मधेसी पनि नेपाली हुन्, उनीहरू विखण्डनवादी होइनन् भनेर राजनीतिक नेतृत्वले सोच्नुपर्ने बताउँदै भन्सालीले भने, 'हामी उनीहरूभन्दा बढी राष्ट्रवादी छौं।'
काठमाडौंमा नाकाबन्दीको असर पर्न थालेपछि मधेस आन्दोलनबारे चर्चा हुन थालेको उल्लेख गर्दै भन्सालीले काठमाडौंका राष्ट्रिय मिडिया, त्यहाँको नागरिक समाज र मुलुकका अन्य भागमा मधेस आन्दोलनबारे सहानुभूतिसमेत नराखिएको गुनासो गरे। उनले भने, 'हामी सबै नेपाली हौं, यहाँका नेपालीले डेढ महिनासम्म पीडा भोग्दा पनि कहीं कतै कोही बोलेनन्।'
गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले मधेस आन्दोलनप्रति राज्य अझै गम्भीर बन्न नसकेको बताए। उनले शीर्ष राजनीतिक नेतृत्व आन्दोलनप्रति संवेदनशील हुन आवश्यक रहेको खाँचो आंैल्याए। आन्दोलनक्रममा एकपछि अर्को मधेसी नागरिकले मृत्युवरण गरिरहँदा समेत राज्य संवेदनशील हुन नसकेको टिप्पणी गर्दै मानवअधिकारकर्मी चौधरीले भने, 'आन्दोलन सुरु भएको ५४ दिन भइसक्यो, सुरुमै राज्य संवेदनशील भएको भए, यस्तो अवस्था आउने थिएन।'