काठमाडौं- मानवतस्करी नियन्त्रणमा संयुक्त रणनीति बनाउन नेपाल प्रहरीले अन्तरदेशीय सुरक्षा संगठनको स्थायी संरचना बनाउने तयारी गरेको छ। नेपाललाई स्रोत बनाएर एसिया, अफ्रिका, युरोप र खाडी मुलुकमा मानव तस्करी र बेचबिखनका घटना बढेपछि नियन्त्रण गर्न साझा रणनीति र स्थायी संरचना बनाउन प्रहरीले ८ देशका प्रहरीसहित अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको हो।दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र मध्यपूर्वी एसियालगायत देशका सुरक्षा संगठनका प्रतिनिधि नेपाल ल्याएर छलफल गर्न काठमाडौंमा मंगलबार अन्तर्राष्ट्रिय सम्मेलन सुरु भयो।
मानव बेचबिखन अन्तरदेशीय अपराधका रुपमा मौलाउँदै गएको परिवेशमा नेपालबाट विदेशी भूमि पुर्यााइएका पीडितको उद्धार र अपराध अनुसन्धानमा अन्तरदेशीय सम्बन्ध विस्तार गर्ने सम्मेलनको लक्ष्य रहेको आयोजकले जानकारी दिएका छन्।
कार्यशालाका लागि भारत, थाइल्यान्डलगायत १४ देशका प्रतिनिधिलाई आमन्त्रण गरे पनि ८ देशका प्रतिनिधि मात्रै आएको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी सुरेन्द्रबहादुर शाहले जानकारी दिए।
नेपाली महिला, बालबालिका र युवाको तस्करीमा सबैभन्दा धेरै भारतीय नाकाको प्रयोग हुने गरेको छ। गिरोहले पछिल्लो समय श्रीलंका र बंगलादेशको भूमिसमेत प्रयोग गर्ने गरेका छन्।
मानव तस्करले डान्सबारमा काम लगाउन नेपाली युवती विभिन्न आवरणमा केन्यालगायत अफ्रिकी राष्ट्र पुर्यागएर जोखिमपूर्ण काममा लगाउने गरेका छन्।
सिरिया, इराकको कुर्दिस्तानलगायत द्वन्द्वग्रस्त राष्ट्रमा समेत वैदेशिक रोजगारीको आवरणमा नेपाली महिला गाइरहे पनि नियन्त्रण र उद्धार प्रभावकारी हुन सकेको छैन।
मानव बेचबिखनले संगठित र अन्तरदेशीय स्वरुप लिइसकेकाले कुनै एक देशको प्रयासले मात्रै जालो तोड्न सम्भव नदेखिएपछि संयुक्त पहल र रणनीति बनाउन कार्यक्रम आयोजना गरिएको शाहले जानकारी दिए।
बिहीबार सकिने सम्मेलनको मुख्य उदेश्य मानव बेचबिखनको स्रोत मुलुक, ट्रान्जिट मुलुक र लक्षित मुलुकबीच सहकार्य हुन सके यस्ता मानवताविरोधी गम्भीर अपराध नियन्त्रण प्रभावकारी हुने भएकाले संयुक्त पहलका लागि छलफल आयोजना गरिएको बताए।
शाहका अनुसार सम्मेलनमा मानव ओसारपसार र बेचबिखन नियन्त्रणका लागि सरोकारवाला राष्ट्रका कानुन कार्यान्वयन गर्ने निकायका प्रतिनिधि सहितको स्थायी संरचना बनाउन र त्यसको सचिवालय नेपालमा राख्न नेपालले प्रस्ताव तयार पारिसकेको छ।
'पहिला यौन व्यापारमा लगाउन फकाएर महिलाको बेचबिखन हुन्थ्यो, अहिले अवस्था फेरिएको छ,' शाहले भने, 'अहिले यौनसँगै जबर्जस्ती जोखिमपूर्ण काममा लगाउन र मानव अंग बिक्रीका लागि पनि मानव बेचबिखन हुने भएकाले संयुक्त पहल आवश्यक छ।'