'सत्ताखेलमा नलाग्नुस्, आन्दोलनलाई सम्बोधन गर्नुस्'
१८ असोज २०७२
•
६ मिनेट पाठ
'सत्ताखेलमा नलाग्नुस्, आन्दोलनलाई सम्बोधन गर्नुस्'
महोत्तरी- जारी मधेस आन्दोलनमा छोरा र बाबु गुमाएका विनयप्रसाद चौधरी राजनीतक नेतालाई सुझाव दिन्छन्, 'सत्ताको चलखेलमा नलाग्नुस्, तराई मधेसमा ५१ दिनदेखि जारी आन्दोलनलाई सम्बोधन गर्नुस्।'




ट्युसन पढ्न हिँडेका उनका १७ वर्षीय छोरा रोहनको भदौ २३ गते र खैनी किन्न घरबाहिर निस्किएका ६५ वर्षीय बाबु गणेशप्रसादको भदौ २५ गते प्रहरी गोली लागी मृत्यु भएको थियो।

राजनीतिमा चासो नराख्ने र कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको बताउने विनयले आन्दोलनकारीका जायज माग सम्बोधन गरेर तराई–मधेसका जनताको जनजीवन सहज बनाउन राज्यसँग आग्रह गरे। रेडियो र टेलिभिजनबाट काठमाडौंमा भइरहेका वार्ताबारे सुनिरहेका उनी भन्छन्, 'सरकारले आन्दोलनलाई मतलव दिएजस्तो छैन, मुलुकमा यत्रो द्वन्द्व रहेका बेला सत्ताको खेल सुरु भइसकेको छ।'

काठमाडौं कालिमाटीस्थित केइसी इन्जियरिङ कलेजमा स्टेसनरी सञ्चालन गर्ने उनी एक दिनको फरकमा छोरा र बाबु गुमाएपछि गाउँमै शोकाकुल छन्। छोराको मृत्युपछि विह्वल आमा बबिता कान्छो छोरा रोमितलाई लिएर माइती जनकपुरमा छन्।

परिवारका दुई सदस्य गुमाएका उनीकहाँ राज्यको कुनै निकाय पुगेको छैन। सरकारले आन्दोलनमा मृत्यु भएकाको परिवारलाई १० लाखका दरले क्षतिपूर्ति दिने घोषणा सुनेका विनयले अहिलेसम्म त्यसबारे कुनै औपचारिक जानकारी पाएका छैनन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सहयोगस्वरुप ३० हजार रुपैयाँ दिन लागेका थिए तर उनले त्यसमा एक हजार एक सय थपेर आन्दोलनक्रममै ज्यान गुमाएका अमित कापरको परिवारलाई पठाइदिए। विपन्न परिवारका कापर ट्र्याक्टर चलाएर जीविकोपार्जन गर्दै आएका थिए। ८ महिनाकी गर्भिणी श्रीमती, साढे तीन वर्षे छोरा, वृद्ध बाबुआमा, तीन बहिनी र चार भाइ उनकै कमाइमा आश्रित थिए। भदौ २३ गते श्रीमतीलाई जलेश्वर अस्पतालमा नियमित जाँच गराई घरमा छाडेर मोर्चाको जुलुसमा मिसिएका उनको प्रहरी गोली लागेर मृत्यु भएको थियो।

विनय भन्छन्, 'जाने मान्छे गइसक्यो, पैसाले फर्केर आउँदैन।' आन्दोलनकै क्रममा प्रहरीको गोलीले मृत्यु भएकाले छोरा र बाबु दुवैलाई सहिद घोषणा गर्नुपर्ने उनको माग छ। चौधरी परिवार मृतक परिवारजनको स्मृतिमा पार्क बनाउने योजनामा छ।

जलेश्वर– १४, बखरीस्थित कापरको परिवारले पनि एफएम रेडियोबाट सरकारले क्षतिपूर्ति दिने कुरा सुनेको छ। उनीहरुका अनुसार तर औपचारिक जानकारी कसैले गराएको छैन। कापरकी श्रीमती मन्तोरियादेवीले भनिन्, 'अहिलेसम्म कुनै सरकारी प्रतिनिधि भेट्न आएको छैन।'

आमा चन्द्रावतीले पनि सरकारी र आन्दोलनकारी दुवै पक्ष भेटघाट गर्न नआएको बताइन्। 'विभिन्न व्यक्ति र संघ–संस्थाको सहयोग पाएका छौं तर सरकारले हरेको छैन,' उनले भनिन्। त्यही सहयोगका भरमा कापर परिवारको दैनिकी टरेको छ।

मन्तोरियासँग कुनै योजना छैन, उनी अन्योलग्रस्त छिन्। काखमा साढे तीन वर्षको छोरा सुम्सुम्याउँदै उनले भनिन्, 'सरकारले दिने पैसा यिनीहरुका लागि बैंकमा राख्न पाए हुन्थ्यो।'

सरकारले आन्दोलनक्रममा मृत्यु भएकाको नाममा पठाएको पैसा बैंकमा थन्किएको छ। तराई–मधेसमा जारी आन्दोलन समाप्त भएर जनजीवन सामान्य भएपछि मात्रै पीडितले त्यो रकम पाउने देखिन्छ।

जलेश्वरमा भदौ २३ गते प्रहरी गोलीबाट ४ जना र २५ गते सशस्त्र प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा महोत्तरी– ५ का २२ वर्षीय रामविवेक यादव, पिगौना– ५ का ३६ वर्षीय वीरेन्द्र बिच्छा, हातिलेट– ९ की ४१ वर्षीया रामशीला मण्डल थिए।

प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले आइतबार मात्रै मन्त्रिस्तरीय निर्णयअनुसारको रकम एभरेस्ट बैंकमा जम्मा भएको जानकारी दिए। मृतकको नाममा आएको पैसा पीडितको हातमा पुग्न मधेस आन्दोलन साम्य भएपछि मात्र सम्भव देखिन्छ। 'पैसाको ड्राफ्ट एभरेस्ट बैंकमा आएको छ,' काफ्लेले भने, 'जनकपुरमा रहेको एभरेस्ट बैंकबाट प्रक्रिया मिलाएर यहाँको बैंकमा सार्नुपर्छ।' जलेश्वरको बैंकमा पैसा सारेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट प्रक्रिया पुर्या एर मात्रै वितरण हुनसक्ने उनले जानकारी दिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस