काठमाडौं– नेपालीहरुको चाड दसैं सुरु हुन ९ दिन मात्र बाँकी हुँदा राजधानीबाट जिल्ला जान सार्वजनिक यातायातको अग्रिम टिकट बिक्री (बुकिङ) को पर्खाइमा हुनुहुन्छ ? त्यसो हाे भने अग्रिम टिकट पर्खेर नबस्नुहोस्।

टिकट अग्रिम बुकिङ गरेर घर जाँउला भनी कुर्नुभयो भने तपाईं दसैंमा घर जानै नपाउनु होला । भारतले गरेको नाकाबन्दीका कारण इन्धन आपूर्ति रोकिएपछि यसपटक सार्वजनिक यातायातको टिकटको अग्रिम बिक्री अन्योलमा छ ।
इन्धन अभावले सार्वजनिक यातायात न्यून चलेपछि कतिपयले टिकट बुकिङ पर्खनुभन्दा सकेसम्म छिट्टै घर लाग्नु नै उत्तम हुने बताएका छन् । यातायात व्यवस्था विभागका निर्देशक बसन्त अधिकारी पनि आफ्नो अनुकूलता हेरेर छिटोभन्दा छिटो घर जानु उचित हुने बताउँछन् ।
'डिजेल तथा पेट्रोल आपूर्ति नहुँदा सार्वजनिक यातायात कहिलेसम्म र कति चल्छन् नै यकिन हुन सकेको छैन,' उनले भने, 'यस्तो अवस्थामा बुकिङ कुर्दा समस्या पर्ने देखिन्छ ।' उनले इन्धन आपूर्ति सहज भए यातायात व्यवसायीसँग छलफल गरेर बुकिङ खोल्न सकिने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि तत्काल अग्रिम बुकिङ थाल्ने वातावरण नभएकाले यात्रुलाई बेलैमा घरतिर लाग्न सुझाव दिन्छन् । 'हामी निकै अप्ठेरो अवस्थामा छौं । केही दिन कुर्नुभन्दा अनुकूलता अनुसार घरतिर लाग्नु नै उचित हुन्छ,' उनले भने, 'लाखौं मानिस एकैपल्ट बाहिरिने भएकाले ढिलो गरे राजधानीमै अड्किने सम्भावना छ ।'
सिटौलाका अनुसार निरन्तर बन्दका कारण देशभर कुल सार्वजनिक सवारीमध्ये २५ प्रतिशत जतिमात्र सञ्चालित छन् । विगतमा जस्तो दसैंका बेला नयाँ बस थप्ने अवस्था छैन । 'भएकै सवारीसाधन न्यून सञ्चालन र दसैंलक्षित बस थप्नसक्ने अवस्था छैन,' उनले भने, 'यस्तो अप्ठेरो स्थितिमा बेलैमा जानु नै बेस् ।'
सरकारी तथ्यांक अनुसार दसैंताका २०–२५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिन्छन् । विगत वर्षमा दसै सुरु हुनुभन्दा तीन साताअघि नै अग्रिम टिकट बुकिङ खुल्थ्यो । यस वर्ष दसैं आइसक्दा र यातायात सञ्चालन नभएका बेला लाखौं सर्वसाधारणलाई टिकटबारे अन्योलमा राख्न नहुने सिटौला बताउँछन् । 'यस्तो गम्भीर कुरामा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभाग मौन छ,' उनले भने, 'टिकट पर्खेर बसेका लाखौंलाई अन्योलमा राख्नु हुँदैन ।' उनले सरकारी निकायले नै अग्रिम टिकटबारे आधिकारिक जानकारी दिनु उपयुक्त हुने सुझाए ।
विभागका निर्देशक अधिकारीले अग्रिम टिकट बुकिङ अन्योलमा रहेकाले बेरोजगार, परिवारसँगै जान कुर्ने, फूलपातीसम्म बस्नै नपर्नेहरूलाई आज भोली नै घर जान उपयुक्त हुने सुझाव दिए ।
'अहिले सबै शैक्षिक संस्थाले पछिका बिदामा समायोजन गर्ने गरी केही दिनअघि नै विदा दिनु उचित हुन्छ,' उनले भने, 'यसो भए विद्यार्थी र अभिभावक बेलैमा घर जान पाउँछन् ।' अधिकारीका अनुसार विभागले बढी भाडा लिनेलगायत अन्य अनियमितताबारे अनुगमन जारी नै राख्ने छ ।
नाकाबन्दीसँगै विभिन्न जिल्लामा जारी बन्द र हड्तालका कारण असुरक्षा रहेको भन्दै यातायात व्यवसायीले सरकारसँग उचित सुरक्षा माग गरेका छन् । व्यवसायीले बन्द हड्तालका बेला सवारी चलाउन सरकारले लिखित रुपमा पूर्ण सुरक्षा दिनुपर्ने र सवारीसाधनको तोडफोड भए क्षतिपूर्ति दिन, यातायात मजदुर, चालक, यात्रु घाइते वा मृत्यु भए उपचारलगायत अन्य प्रयोजनका लागि कोष स्थापना गर्नुपर्ने माग गरेका छन् । महासंघका महासचिव सिटौलाले माग पूरा नभएसम्म बुकिङ खुला गर्न नसकिने बताए ।