सरकारीमा पनि सिट कटौती
१४ असोज २०७२
•
७ मिनेट पाठ
सरकारीमा पनि सिट कटौती
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले विभिन्न तहमा मेडिकल शिक्षा पढाउँदै आएका सरकारी मेडिकल कलेज र प्रतिष्ठानको सिट संख्यामा व्यापक कटौती गरेको छ। नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले मंगलबार स्नातकोत्तर तहमा सबैभन्दा बढी विद्यार्थी पढाइ हुने सरकार मातहतको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ४४ सिट मात्रै दिने निर्णय गरेको हो। यो संख्या गत वर्षको आधा मात्र हो।

उक्त निर्णयअनुसार यस वर्ष न्याम्सले एमडिएमएसका लागि १ सय २७ सिट मागेकोमा काउन्सिलले ४४ सिट मात्र अनुमति दिएको छ। यस्तो निर्णयसँगै सरकारीका खर्चमा सरकारी संस्थामा पिजी पढ्ने चाहना राख्ने धेरैले चिकित्सक बन्न वञ्चित हुनपर्नेछ।

त्यसैगरी, गत वर्ष झन्डै १ सय ८ जनालाई स्नातकोत्तर (विशेषज्ञ) पढाएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि जम्मा ५७ जनालाई मात्रै पढाउन दिने निर्णय भएको छ।

काउन्सिलले वीर र धरान दुवै प्रतिष्ठानमा सुपरस्पेसियालिटी (पिएचडी सरह) विषयमा भने कुनै सिट नदिने निर्णय लिएको छ। अघिल्लो वर्ष सुपरस्पेसियालिटीतर्फ वीरले १७ र धरानले १२ कोटा पाएका थिए।

सबैभन्दा बढी बिरामी (बेड अकुपेन्सी) भएका सरकारी अस्पतालमै प्राध्यापकको संख्याअनुसार बेड संख्या नभएको भन्दै काउन्सिलले सिट भारी मात्रामा घटाइदिएको छ।

यस निर्णयसँगै संस्था चलाउनै नसक्ने अवस्था आउने भन्दै तीनवटै सरकारी प्रतिष्ठानका उच्च पदाधिकारी काउन्सिल नेतृत्वसँग असन्तुष्ट बनेका छन्। वीरका उपकूलपति डा. गणेश गुरुङ भने काउन्सिलका समेत सदस्य छन्।

काउन्सिलले चालु शैक्षिक वर्षका लागि एमबिबिएस सिटसमेत कटौती गरेको हो। चालु वर्षका लागि एमबिबिएसतर्फ १ सय ५० कोटामा माग गरेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ सय ३५ सिट दिने निर्णय गरेको छ। यसअघि धरानले १ सय २० सिट पाएको थियो।

काउन्सिलले काठमाडौं विश्वविद्यालय स्कु्ल अफ मेडिकल साइन्स धुलिखेलका लागि एमबिबिएसमा ६०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५५ विद्यार्थी पढाउन अनुमति दिएको छ।

एमबिबिएसतर्फ मेडिकल कलेजको सिट संख्या तीन वर्षभित्र सयमा सीमित गर्ने सरकारी निर्णयलाई मान्ने निर्णय गर्ने बैठकले नै सरकारीको कोटामा समेत भारी कटौती गरेको हो। मंगलबारै सिट कटौतीको निर्णय भए पनि २४ घन्टा नभई निर्णय परिपक्व नहुने भन्दै काउन्सिलले सार्वजनिक गरेको थिएन।

काउन्सिलले एमबिबिएस र बिडिएस तर्फ विभिन्न निजी मेडिकल कलेज र आइओएमको समेत सिट संख्या निर्धारण गर्न भने बाँकी छ। काउन्सिल मापदण्डअनुसार एमडी/एमएसमा एक प्राध्यापक बराबर दुई जना विद्यार्थी तोकिन्छ।

अघिल्लो वर्ष काउन्सिलले निजीतर्फका मेडिकल कलेजको एमडीतर्फको सिट भारी मात्रामा कटौती गरे पनि एमबिबिएसतर्फ सिट बढाइदिएको थियो। यस वर्ष काउन्सिलले सिट निर्धारण गर्नुपूर्व नै विभिन्न मेडिकल कलेजमा रहेका नक्कली फ्याकल्टी (खडेबाबा) को नाम सार्वजनिक गरिसकेको छ।

पूर्वाधारका हिसाबले निजीभन्दा धेरै समृद्ध मानिने सरकारी कलेज र प्रतिष्ठानकै सिट कटौती गर्नुले काउन्सिलले यस वर्ष निजी मेडिकल कलेजको सिट संख्या भारी कटौतीको तयारी गरिरहेको काउन्सिल निकट स्रोतको भनाइ छ।

'सबैभन्दा बढी बिरामी भएको वीर, टिचिङ र धरानको सिट घटाएर नक्कली बिरामी र खडेबाबा भएका मेडिकल कलेजको संख्या बढाउन मिल्दैन,' ती सदस्यले भने।

काउन्सिलले खडेबाबाको नाम सार्वजनिक गर्नुका साथै सरकारीको सिटसमेत कटौती गरेपछि निजी कलेजका सञ्चालक काउन्सिल नेतृत्वलाई दबाब र प्रभावमा पार्न लागिपरेका छन्। 'काउन्सिल रजिस्ट्रारमार्फत हामीलाई प्रलोभन आइरहेको छ,' ती सदस्यले भने, 'यसपटक हामी झुक्दैनौं।'

नेपाल मेडिकल काउन्सिलका सदस्य एवं प्रवक्ता डा. कृष्ण अधिकारीले सिट संख्या तोक्दा प्राध्यापकको संख्या र अस्पताल क्षमता हेरिएको भन्दै त्यही आधारमा सरकारी अस्पतालको समेत सिट घटेको बताए।

'सरकारीमा बेड अकुपेन्सी पर्याप्त छ तर कतिपयको बेडसमेत छैन,' उनले भने, 'एमडी/एमएस र डिएम/एमसिएचमा एउटै प्राध्यापक देखाइएको सरकारीका सिट घटे।'

उनले धेरै सरकारी कलेज र प्रतिष्ठानले एमिडिएमएस र डिएमएमसिएचमा एउटै फ्याकल्टी (प्राध्यापक) राखेकाले सिट घटेको बताए। 'सरकारी संस्था भनेको आइडिएल हुनुपर्छ, विगतमा कसले दियो र कसरी दिइयो भन्नेमा नजाऊँ,' उनले भने, 'अब मापदण्डमा सम्झौता हुन्न।'

उनले नियम सरकारी र निजी दुवैलाई एउटै हुने भन्दै कसैले पनि मापदण्डभन्दा दायाँबायाँ गएर सिट नपाउने बताए। अधिकारीले वाँकी कलेजका लागि केयु र टियुले सिट सिफारिस गरेर नपठाएकाले तोक्न बाँकी राखेको पनि जानकारी दिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस