काठमाडौं- तपाईं आफ्नो सवारीमा कतै जाँदै हुनुहुन्छ र बाटोमा कसैले लिफ्ट माग्यो भने के गर्नुहुन्छ? काठमाडौंमा इन्धन नहुँदा सवारी ठप्प हुने अवस्था भइरहँदा केही युवाले आफ्नो गन्तव्यसम्म जाँदा पैदलयात्रीलाई लिफ्ट दिन थालेका छन्।
आफूसँग बचेको इन्धन सदुपयोग गर्न उनीहरु अलपत्र परेकालाई सहयोग गर्दै हिँडेका छन्। मंगलबार काठमाडौंको तीनथाना बस्ने बुद्धि कार्कीले १३ जनालाई आफ्नो कारमा लिफ्ट दिए।
'हामीलाई लिफ्ट माग्न र दिन दुवै असहज लाग्छ। अभ्यास गरे बानी बस्छ। हिजो बूढानीलकण्ठ–कलंकीका ३ वटा बस बिसौनीमा आफैं रोकेर १३ जनालाई लिफ्ट दिएँ। सुरुआत गरौं,' सहयोगपछि बुधबार बिहान सवा ७ मा उनले ट्विट गरे।
उनले यो ट्विट साँझ ५ बजेसम्म ५३ रिट्विट र ८० फेभरेट भएको थियो। उनको ट्विटमा केहीले 'निकै राम्रो' भन्दै प्रतिक्रिया दिएका थिए।
'मेरी छोरी बूढानीलकण्ठ स्कुल पढ्छिन्। उनलाई छोडेर फर्किंदा हिजो (मंगलबार) बस बिसौनीमा सोधीसोधी लिफ्ट दिएँ,' उनले नागरिकसँग भने, 'यो संस्कारको विकास हामी नेपालीमा भएको छैन। जुन दुःख पर्दा अत्यावश्यक छ।'
उनले बुढानिलकण्ठदेखि महाराजगन्जसम्म, टिचिङ अस्पतालदेखि पुरानो बसपार्क र पुरानो बसपार्कबाट कलंकीसम्म गरी तीन ठाउँ सर्वसाधारणलाई छोडेको जानकारी दिए।
एक पटकमा पाँच जनालाई लिफ्ट दिन पुग्ने उनले बताए। छोरीलाई स्कुल छोडेपछि यस्तो सेवा दिने गरेको उनले जानकारी दिए।
यसअघि सोमबार उनले यस्तो अभियान थाल्न आफ्ना २५ सय फलोअरलाई प्रोत्साहन गरेका थिए। 'लिफ्ट माग्न चाहनेले संकेत प्रयोग गरौं। सवारीधनीले संकेत दिने मानिसलाई सकेसम्म लिफ्ट दिएर सहयोग गरौं' भनेर ट्विट गरेका थिए।
उनको ट्विटमा दर्जनभन्दा बढी प्रतिक्रिया आए। कतिपयले धन्यवाद दिए भने कतिपयले आफूले पनि लिफ्ट दिन सुरु गर्ने जनाएका छन्। त्यसैमध्यमा उनलाई डिल्ली भट्टराईले रिप्लाई हानिहाले, ' मैले हिजो र आज यसरी नै निकै ट्राई गरें, कत्तिको सु„ेछन् नेपाली गाडी र बाइकवाला भनेर। तर के दिन्थे लिफ्ट!'
कार्कीले उनलाई सम्झाए, 'कोसिस जारी राखौं। यो हाम्रो कल्चर हैन। थिति बसाउन समय लाग्छ।'
लिफ्ट दिन उनले भर्खर थालेका होइनन्, वैशाख १२ को भूकम्पपछि टिचिङ अस्पतालबाट बिरामीलाई घरै पुर्यािउने अभियान आफूले चलाएको उनले बताए। 'मैले भूकम्प गएको केही दिनमा टिचिङ अस्पताल अगाडिबाट घाइतेलाई घर पुर्या उन थालें,' उनले सुनाए, 'त्यसपछि केही स्वयंसेवकलाई पनि ट्विटरबाट बोलाएँ।'
त्यस्तै, लाजिम्पाटका टंक अर्यालले पनि यस्तो सेवा सुरु गरे। आफैंलाई एक दिन लिफ्ट माग्नुपर्ने अवस्था आएपछि उनले यस्तो सेवा सुरु गरेको बताए। आइतबार नैकापबाट थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुपर्ने भएपछि उनले तीन वटा बाइकमा लिफ्ट पाएर थापाथली पुगेको जानकारी दिए।
'पहिले म आफैं परेँ, त्यसपछि आफैं यस्तो गर्न थालेँ,' उनले भने, 'अप्ठ्यारो परेपछि सबैलाई सहयोग गर्नुपर्योि नि!' अरुले सहयोग गरेको खुसीमा उनले सोही दिन ट्विट गरे, 'नैकापबाट थापाथली आउन ३ जनासँग लिफ्ट मागियो। अब ३कजबचभचष्मभपत्क लाई प्रयोग गर्नु पर्ला जस्तो छ।' उनको यो ट्वीटलाई पनि थुप्रैले राम्रो प्रतिक्रिया दिए।
बुधबार भने आफ्नो घर लाजिम्पाटबाट नयाँ बानेश्वरस्थित कार्यालय जाँदा ४ जनालाई लिफ्ट दिएको उनले बताए। 'बन्द हुनुुभन्दा केही दिनअघि तेल हालेको थिएँ,' उनले नागरिकसँग भने, 'धन्न, अहिलेसम्म चलिरहेको छ। चलुन्जेल सबैलाई सहयोग गर्छु।'
उनले आफ्नो कारमा 'लाजिम्पाटदेखि नयाँ बानेश्वर' र 'नयाँ बानेश्वरदेखि लाजिम्पाट' लेखेर टाँसेका छन्। आफूले सकेसम्म यस्तो सहयोग जारी राखिरहने उनले बताए। 'भोलि (बिहीबार) साथीहरुसँग भेटेर यसमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल पनि गर्दैछौं,' उनले भने।
सामाजिक सञ्जाल ट्विटरबाट मात्र होइन, फेसबुकमार्फत पनि यसरी सहयोग गर्नेहरु देखिन्छ। फेसबुकमा 'कारपुल काठमाडौं' नाममा ग्रुप खोलेर यस्तो अभियान युवाले चलाएका छन्। करिब साढे ११ हजार सदस्य रहेको यो ग्रुपमा 'लिफ्ट दिने र लिफ्ट लिने दुवैले आफ्ना कुरा राखेपछि दुवैबीच ठाउँको समेत फिक्स भएर एकअर्कालाई सहयोग गरिन्छ।
यहीमार्फत बुधबार कौशलटारकी आशा भण्डारीलेसहयोग पाएकी थिइन्। 'मलाई मेरो एउटा साथीले यो ग्रुपमा राख्दिएको थियो,' उनले भनिन्, 'आज मैले कसैसँग सहयोग मागेँ र पाएँ पनि।' झम्सिखेलबाट कौशलटार पुग्नुपर्ने उनलाई ग्वार्कोबाट स्कुटीमा साढे पाँच बजे जाने सर्तमा साथ जुट्यो। एउटा प्रिस्कुलमा जागिरे उनले केटी साथी नै पाइन्।
'यस्तो अभावका बेला सहयोग पाउँदा धेरै खुसी लागेको छ,' उनले भनिन्, 'चलेका केही गाडीमा धेरै भीड भएपछि यस्तो सहयोग निकै फलदायी हुँदो रहेछ।'