काठमाडौं– त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको छैटौं अनसन तोडाउने क्रममा सरकार र केसीबीच भएको सहमतिलाई मंगलबार बसेको मेडिकल काउन्सिलको पूर्ण बैठकले अनुमोदन गरेको छ।
यससँगै अब एमबिबिएस पढाउने मेडिकल कलेजहरुले प्रतिविद्यार्थी अधिकतम शुल्क रु. ३५ लख मात्र लिन पाउने छन्। त्यस्तै, प्रत्येक ब्याचमा १ सय ३५ जना विद्यार्थी मात्र भर्ना लिन पाउने छन्। यसअघि एमबिबिएस अध्ययनका लागि प्रतिविद्यार्थी शुल्क रु. ५० लाख र एक व्याचमा १ सय ५० जना विद्यार्थी भर्ना लिन पाउने व्यवस्था थियो।
काउन्सीलको बैठकले एमबिबिएस पढाउने सम्पूर्ण विश्वविद्यालय तथा कलेजलाई उक्त मापदण्ड लागू गर्न निर्देशन दिने निर्णय पनि गरेको छ।
चिकित्सा शिक्षालाई व्यवस्थित गर्ने उपायका बारेमा अध्ययन गर्न केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोग(माथेमा आयोग)को प्रतिवेदनले दिएको सुझाव अनुसार सरकार र डा. केसीबीच उक्त व्यवस्था अपनाउने सहमति भएको थियो।