काठमाडौं- नेपालमा शान्ति कायम गरी विकासलाई गति प्रदान गर्न भन्दै संयुक्त राष्ट्रसंघले सिधै परियोजना सञ्चालन गरेका जिल्लामा अहिले सबैभन्दा बढी अशान्त देखिएको छ।दसवर्षे सशस्त्र द्वन्द्वले बनाएका घाउमा मलम लगाउने र समाजमा सद्भाव कायम गरी विकासलाई अघि बढाउने भनेर राष्ट्रसंघले परियोजना सञ्चालन गरेको थियो। राष्ट्रसंघले पिस बिल्डिङ फन्ड (पिबिएफ) मार्फत सन् २००७ देखि २०१५ सम्म नेपालमा १५ भन्दा बढी परियोजना सञ्चालन गरिरहेको छ।
युएन पिस फन्ड फर नेपाल (युएनपिएफएन) को व्यवस्थापनमा २० जिल्लामा यी परियोजना सञ्चालित छन्। विभिन्न दातृ राष्ट्र र निकायबाट प्राप्त रकमको केही अंश राष्ट्रसंघले सिधै आफ्ना यस्ता परियोजनामा लगानी गर्दै आएको छ। नागरिकलाई प्राप्त एक प्रतिवेदनअनुसार राष्ट्रसंघले पिबिएफमार्फत नेपालका विभिन्न जिल्लामा शान्ति कायम गरी सरकारलाई सहयोग पुर्या्उने उद्देश्यले नौ वर्षमा ४ करोड ७० लाख अमेरिकी डलर (करिब ४ अर्ब ९३ करोड ५० लाख रुपैयाँ) खर्च गरिसकेको छ।
युएनपिएफएनले पिस बिल्डिङ फन्ड, क्यानडा, डेनमार्क, नर्वे, स्विट्जरल्यान्ड र बेलायत सरकारबाट प्राप्त सहयोग रकमबाट सिधै परियोजना सञ्चालन गर्दै आएको हो। युनिसेफ, युएनएफपिए, एफएओ, आइएलओ, ओचसिएचआर, आइओएम, युएनडिपी, युएन ओमन, युएन ह्याबिटाट, युनेस्कोलगायत १२ वटा आफ्ना एजेन्सीमार्फत राष्ट्रसंघले परियोजना सञ्चालन गरेको छ।
युएनले शान्ति कायम गरी विकासलाई अघि बढाउन परियोजना सञ्चालन गरेका जिल्लामा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत, रोल्पा, दाङ, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सप्तरी, धनुषा, सिन्धुली, मोरङ, इलाम, संखुवासभा, सोलुखुम्बु र ताप्लेजुङ छन्। यीमध्ये धेरैजसो जिल्लामा अहिले शान्ति होइन बन्द, आन्दोलन, हिंसाका घटना भएका छन्। कुनै जिल्लामा अखण्ड भन्दै आन्दोलन चर्केका छन् त कतै मधेस र थरुहट आन्दोलन। केही जिल्लामा लिम्बुवानका नाममा आन्दोलन भइरहेको छ।
प्रादेशिक सीमांकनलाई लिएर राष्ट्रसंघले सिधै परियोजना सञ्चालन गरेको केही जिल्लामा गम्भीर किसिमका हिंसाका घटना भएका छन्। 'राष्ट्रसंघले द्वन्द्वग्रस्त क्षेत्रलाई लक्षित गरी परियोजना सञ्चालन गरेको हो। द्वन्द्व अन्त्य गरी समाजमा शान्ति स्थापना गर्ने ध्येय हो,' नेपालस्थित राष्ट्रसंघको कार्यालय सूचना केन्द्रका सूचना अधिकृत रामबाबु साहले भने।
सन् २००६ नोभेम्बर २१ मा सरकार र तत्कालीन नेकपा माओवादीबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि युएनपिएफएनको व्यवस्थापनमा शान्ति तथा विकासका लागि भन्दै राष्ट्रसंघले सिधै परियोजना सञ्चालन गर्दै आएको थियो। यस्ता परियोजना सन् २००७ मा सुरु भएका हुन्। सुरु भएको पहिलो वर्ष युएनपिएफएनलाई ५६ लाख ५२ हजार १ सय ७४ अमेरिकी डलर बजेट प्राप्त भएको थियो। सबैभन्दा बढी बजेट युएनपिएफएनले सन् २००९ मा पाएको थियो। विभिन्न दातृ राष्ट्र तथा निकायबाट सन् २००९ मा युएनपिएफएनले १ करोड ८० लाख ८६ हजार ८ सय २३ डलर प्राप्त गरेको थियो।
हालसम्म युएनपिएफएनमा क्यानडाले २२ लाख २१ हजार २ सय ९९, डेनमार्कले ४१ लाख ७८ हजार ३ सय ८९, नर्वेले ९१ लाख १७ हजार ४ सय ८, स्विट्जरल्यान्डले १ लाख ९९ हजार ९ सय ७५, बेलायतले १ करोड १० लाख ७५ हजार ३ सय ८, युएन पिस बिल्डिङ फन्डले १ करोड ८० लाख अमेरिकी डलर सहयोग गरेका छन्।
डेढ महिनाअघि मात्र सरकारको मुख्य सचिवबाट अवकाश पाएका लीलामणि पौड्याल विभिन्न परियोजनामार्फत भएको दाताको लगानी र अहिले भइरहेका आन्दोलन तथा हिंसाका घटनालाई संयोग मात्र भन्न नमिल्ने बताउँछन्। 'यो डोनरहरूको योजनाबद्ध लगानी हो। जातीय–क्षेत्रीय मुद्दा उचाल्ने नाममा धेरै पहिलेदेखि डोनरले लगानी गर्दै आएका छन्,' उनले भने।
राष्ट्रसंघले सञ्चालन गरेका परियोजनामा माओवादी लडाकुसँग आबद्ध बालबालिका तथा किशोर, बाहिरिएका माओवादी महिला लडाकुलाई सहायता, शान्तिका लागि रोजगारी, संक्रमणकालीन न्याय परियोजना, द्वन्द्व पीडितलाई क्षतिपूर्ति, बालअधिकार हनन अनुगमन, लैंगिक हिंसा, विधिको शासन र मानवअधिकार, नेपालमा शान्ति कायम, जमिनसम्बन्धी मुद्दा, द्वन्द्व प्रभावित बालबालिकाको पुनःस्थापना, पत्रकारको सुरक्षा, महिला सशक्तीकरण, मध्यतराईका जिल्लामा शान्ति तथा सुरक्षा र शान्ति सुरक्षामा युएनको अनुगमन तथा मूल्यांकन छन्।
'एकअर्काबीच जातीय द्वन्द्व बढाउन डोनरहरूले पश्चिम नेपाल, पूर्वी पहाडी र तराईका जिल्लामा लगानी गरेका छन्,' पूर्व मुख्यसचिव पौड्यालले भने, 'मेरो कार्यकालमा यो रोक्ने प्रयास नभएको होइन। म सधैं लडी नै रहेँ। तर प्रलोभनमा पर्ने कर्मचारी र राजनीतिज्ञका कारण रोक्न सकिएन।'
युएनपिएफएनको व्यवस्थापनमा कञ्चनपुरमा २, कैलालीमा ६, बर्दियामा ४, सुर्खेतमा ८, रोल्पामा ५, दाङमा २, नवलपरासीमा ७, चितवनमा ६, पर्सामा ४, बारामा ३, रौतहटमा ३, सिन्धुलीमा ४, मोरङमा २, इलाममा ५, सप्तरी, बाँके, बारा, संखुवासभा, धनुषा, सोलुखुम्बु र ताप्लेजुङमा एक–एकवटा परियोजना सञ्चालन भएका छन्।
सरकारले बृहत शान्ति सम्झौतालाई सघाउने उद्देश्यले सन् २००७ जनवरीमा शान्ति मन्त्रालयअन्तर्गत नेपाल पिस ट्रस्ट फन्ड (शान्ति कोष) स्थापना गरेको छ जसले द्वन्द्व प्रभावित क्षेत्रमा काम गरिरहेको छ। सरकारले यही कोष स्थापना गरेपछि राष्ट्रसंघले पनि युएनपिएफएन स्थापना गरेको थियो। दातृ राष्ट्र तथा निकायले शान्ति कोषमार्फत मात्र द्वन्द्व प्रभावित क्षेत्रमा परियोजना सञ्चालन गर्ने भने पनि तिनै राष्ट्र तथा निकायको दबाबपछि युएनपिएफएनमार्फत पनि सिधै परियोजना सञ्चालन हुँदै आएका छन्।
शान्ति मन्त्रालयअन्तर्गतको कोषमा सरकारबाहेक डेनमार्क, युरोपेली युनियन, फिनल्यान्ड, जर्मनी, नर्वे, स्विट्जरल्यान्ड, बेलायत र अमेरिकाले सहयोग प्रदान गर्दै आएका छन्। यी राष्ट्रले शान्ति कोषमा रकम दिँदा त्यसको केही प्रतिशत युएनपिएफएनलाई उपलब्ध गराउने गरेका छन्। 'डोनरले युएन सिस्टमबाट केही खर्च गर्छन्। सरकारको प्राथमिकताअनुसार यो रकम खर्च हुँदैन। उनीहरूले आफ्नै योजनाअनुसार खर्च गर्छन्,' नेपाल शान्ति कोषका निर्देशक मुकुन्दप्रसाद पौड्यालले जानकारी दिए।
नेपाललाई आएको रकममध्ये ४० प्रतिशत केही डोनरले युएनमार्फत खर्च गर्ने गरेका छन्। यस्तो रकम खर्च गर्न उनीहरूले अर्थ मन्त्रालयसँग स्वीकृति लिन्छन्। त्यसपछि कहाँ कुन परियोजना सञ्चालन हुन्छ सरकारलाई थाहा हुँदैन।
शान्ति कोषमा आएको पैसा सरकारले प्राथमिकताका आधारमा खर्च गर्ने गर्छ। कोषमा सन् २००७ देखि २०१५ सम्ममा साढे २३ अर्ब रुपैयाँ जम्मा भइसकेको छ जसमध्ये साढे २० अर्ब रुपैयाँ खर्च भइसकेको छ।
पौड्याल मुख्य सचिव हुँदा १४ बुँदे सर्कुलर जारी गरी दातृ निकायले सिधै गर्ने लगानी र सञ्चालन गर्ने परियोजना रोक्ने प्रयास गरेका थिए। उनले सबै सचिवलाई सर्कुलर जारी गरेका थिए। सो सर्कुलर 'फरेन एड पोलिसी' जस्तो थियो। सर्कुलर कार्यान्वयन नगर्ने कर्मचारीलाई कारबाही गर्ने सम्मको चेतावनी उनले दिएका थिए। तर अर्थमन्त्री रामशरण महतले 'गो अहेड' भनेपछि डोनर सलबलाउन बेरै लागेन।