'लमी खोज्दै' वीरगन्ज
०९ असोज २०७२
•
११ मिनेट पाठ
'लमी खोज्दै' वीरगन्ज
वीरगन्ज- डेढ महिनादेखि आन्दोलन, बन्द र हडतालले तनावग्रस्त प्रमुख औद्योगिक सहर वीरगन्जवासी सरकार र आन्दोलनकारीबीच राजनीतिक संवाद सुरु नभएकोमा चिन्तित छन्। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया सरकार र आन्दोलनकारीबीच एकअर्काविरुद्ध वाकयुद्ध भइरहेको र वार्तालाप हुन नसकेको अवस्था औंल्याउँदै दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन आवश्यक रहेको बताउँछन्।'देशहितमा कसरी एकअर्काले लिनेदिने अब त्यतातिर लागौं,' केडियाले भने, 'अहिले वार्ता भइरहेको पनि सुनिन्छ तर दुवै पक्षबाट माहोल बिग्रिरहेको छ।' यस्तो बेला वार्ताको वातावरण बनाउन मध्यस्थकर्ताको भूमिका खेल्न सक्ने व्यक्ति सक्रिय हुनुपर्ने उनको सुझाव छ।




'अब लमीको खोजी गर्नुपर्योछ,' केडियाले थपे, 'नागरिक समाजका अगुवा अगाडि आउनुपर्योिे।' अवस्था बिग्रिँदै नेपाल र भारत दुई देशबीचको समस्याको रुप लिएको आँकलन केडियाको छ। उनी भन्छन्, 'नेपालीहरुले एकले अर्कालाई दोष दिएर समाधान निस्कँदैन।'

नेपाली पक्षबीच संवाद ढिलो भए समस्या थप जटिल बन्ने उनको ठहर छ। 'भयावह अवस्थाको आँकलन हुनुपर्योो,' केडियाले भने, 'सबैभन्दा पहिले आन्दोलनरत पक्ष र सरकारबीच वार्तालाप हुनुपर्योँ।'

उद्यमी अशोककुमार वैद्यका अनुसार वीरगन्ज नाकाबाट मुलुकको ६० प्रतिशतभन्दा बढी सामान आयात–निर्यात हुने गरेकोमा लामो समयको बन्द र पछिल्लो समय देखिएको नाकाबन्दीले अर्बौं नोक्सान भइरहेको छ। आन्दोलनकारी र सरकारबीच छलफल भएर समाधान खोजिनुपर्ने सुझाव उनको छ।

छिटोभन्दा छिटो राजनीतिक संवादमा लाग्नुपर्ने अवस्था औंल्याउदै वैद्यले भने, 'नेताहरुको अभिव्यक्ति संयमित हुनुपर्छ, एकले अर्काकोको आलोचना र दोषारोपण गरेर समस्या समाधान हँुदैन।'

डेढ महिनादेखिको आन्दोलन, बन्द र हडतालले मुलुकको अर्थतन्त्र धराशयी बन्दै गएको आँकलन गर्दै वैद्य भन्छन्, 'यस्तो बेला आक्रोश होइन, संयम र संवाद आवश्यक छ।' डेढ महिनादेखिको आन्दोलन र हडतालले वीरगन्जलाई डेढ वर्ष पछाडि धकेलेको आँकलन नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत वाणिज्य आपूर्ति समितिका संयोजक विजय सरावगीको छ।

वीरगन्ज कोरिडोरका उद्योगमा पर्ने असरले मलुककै अर्थतन्त्रमा प्रभाव पार्ने उनी बताउँछन्। सरकार र आन्दोलन पक्षबीच चाँडोभन्दा चाँडो संवाद हुनुपर्ने सरावगीको धारणा छ। 'इमानदार वार्ता हुनुपर्योक,' सरावगीले भने, 'सत्तापक्ष पनि इमानदार भएर आउनुपर्योँ, आन्दोलनरत पक्ष पनि इमानदार रहेरै वार्तामा बस्नुपर्योन।'

जिल्लाको राजनीतिक नेतृत्व पनि वार्ताबाट समाधान निकाल्नुपर्ने पक्षमा देखिन्छन्। कांग्रेस केन्द्रीय सदस्य पूर्वसभासद रमेश रिजाल छिटोभन्दा छिटो वार्ताको वातावरण बनाउनुपर्ने औंल्याउँछन्।

'अहिले मधेसी दलले खेल्ने ठाउँ पाएका छन्, भारतको सहयोगका कारण उनीहरुको बार्गेनिङ पावर बढेको देखिन्छ,' नेपालका राजनीतिक पक्षबीच असमझदारीले परिस्थिति बिग्रिएको आँकलन गर्दै रिजाल भन्छन्, 'जस्तोसुकै परिस्थिति भए पनि दुवैतर्फका नेतृत्वले वार्ताको वातावरण बनाउन ध्यान दिनुपर्छ, वार्ताको विकल्प छैन।'

कांग्रेस पर्साका पूर्वसभासद अजय द्विवेदी सरकारले आन्दोलनकारीको मागबमोजिम वातावरण बनाउनुपर्ने औंल्याउँछन्। 'वार्ता प्रयास राजनीतिक शीर्ष नेतृत्वबाट हुनुपर्ने हो,' द्विवेदीले भने, 'भित्रभित्रै विभिन्न स्तरबाट छलफल भइरहेको छ, चाँडै निकास निस्कने संकेत देख्दैछु।'

एमाले पर्सा संयोजक चिरिञ्जीवी आचार्य सरकार र आन्दोलनकारी दुवै पक्षबाट वार्ताको बाटो लिनुपर्ने बताउँछन्। भारतीय पक्षबाट दुई देशकै सम्बन्ध बिगार्ने खालको भूमिका खेलिरहेको आचार्यको विश्लेषण छ। 'नेपाली–नेपाली झगडा गर्नुको अर्थ छैन, दुवै पक्ष मिलेर समाधान निकाल्नुपर्छ।' तराईमा उठेका मागको सम्बोधन गर्नु सरकारको जिम्मेवारी रहेको उनले औंल्याए।

आर्थिक नोक्सानी

मुलुकको प्रमुख वीरगन्ज औद्योगीक करिडोरमा करिब ६ सय ५० ठूला उद्योग छन्। ती उद्योगमा करिब ६० हजारको मजदुर कामदार काम गर्छन्। यहाँ चामल, दाललगायत खाद्यान्न, तेल, औषधि, सिमेन्ट, छड, स्टिललगायत उद्योगको बाहुल्य छ। उद्योगमा काम गर्ने स्थायी कर्मचारीको तलब, लगानीको बैंक ब्याज, 'डिप्रिसिएसन', उत्पादन ह्रास र न्यूनतम विद्युत महसुललगायत खर्च र व्यापारमा परिरहेको नोक्सानी जोड्नासाथ दैनिक करिब ६० करोड घाटा भइरहेको आँकलन वैद्यको छ। त्यस्तै तेस्रो मुलुक तथा भारतबाट आयातीत मालवस्तु बोकेका कन्टेनर र मालबाहक ट्रकको विलम्ब शुल्क तथा जरिवाना करोडबाट नाघेर अर्बमा पुगिसकेको दाबी केडियाको छ। ती गाडी नाका र सीमापारि बिहारमा थन्किएका छन्। यसबाट वीरगन्ज नाकामा मात्र १० अर्बभन्दा बढी राजस्व नोक्सान भएको सरकारी तथ्यांक छ।

नियन्त्रण बाहिर कार्यकर्ता

पहिलो संविधानसभामा पाँच निर्वाचन क्षेत्र रहेको पर्साको राजनीतिक समीकरणमा कांग्रेसले तीन, मधेसी जनाधिकार फोरम नेपालले एक र एमालेले एक सिट जितेको थियो। दोस्रो संविधानसभामा यसपालि कांग्रेसले दुई र एमालेले ... सिट जितेका छन्। मतदाताको रोजाइमा दोस्रो संविधानसभामा परेनन्। चुनावी प्रतिस्पर्धामा कमजोर स्थितिमा रहेका मधेसवादी दलले नेतृत्व गरेको आन्दोलनको पक्षमा अहिले प्रमुख राजनीतिक दलकै जिल्ला स्तरका नेता र ठूलो संख्यामा कार्यकर्ता सक्रिय देखिन्छन्।

जिल्लाका राजनीतिक नेतृत्व आफ्ना कार्यकर्ता पार्टी नियन्त्रणबाहिर गएको स्विकार्छन्। कांग्रेसका द्विवेदी भन्छन्, 'जनआन्दोलनको जस्तै अवस्था भइसक्यो, कार्यकर्तामाथि कुनै पार्टीको नियन्त्रण छैन।'

अधिकारवादी आन्दोलनका नाममा जनता एकोहोरिएको उनले औंल्याए। कतिपय अवस्थामा संविधानमा भएको प्रावधानको गलत प्रचार भएको बताउँदै द्विवेदीले भने, 'जनतामा आक्रोशको अवस्था छ।'

यो अवस्थालाई कांग्रेस केन्द्रीय नेता रिजाल पार्टीको शीर्ष नेतृत्व तहले सृजना गरेको समस्या बताउँछन्। तराई मधेसका मुद्दा बेलैमा ध्यान दिइएको भए यस्तो अवस्था नआउने मान्यता रिजालको छ। आफूले कांग्रेस केन्द्रीय समितिमा पटकपटक मधेसका मुद्दामलाई गम्भीरतापूर्वक लिन नेतृत्वको ध्यानाकर्षण गराएको दाबी गर्दै रिजाल भन्छन्, 'कार्यकर्ता पार्टीको नियन्त्रण बाहिर गएका छन्, चाँडोभन्दा चाँडो वार्ता गरेर समाधान निकाल्नुपर्छ।

एमालेका आचार्य पनि आफ्ना दलका कार्यकर्ता मधेसी दलले गरेको आन्दोलनमा सहभागी भएको हुन सक्ने बताउँछन्। 'यहाँको राजनीतिक वातावरणमा हाम्रा केही साथीको समर्थन हुन सक्छ,' आचार्यले भने, पार्टीगत सहभागिता छैन।' एमाओवादी पर्सामा आफैं विभाजित अवस्थामा छ। मधेस आन्दोलनका पक्षमा समर्थन गर्दै एमाओवादीका एउटा जिल्ला समितिको अध्यक्ष बलिराम साहले पार्टी झण्डासहित जुलुसै निकाले। उनी माओवादी नेता बाबुराम भट्टराई पक्षधर हुन्। मानवअधिकारकर्मी अधिवक्ता सुनिल कुशवाहा वीरगन्ज केन्द्रित आन्दोलनमा सबै राजनीतिक दलसँग आबद्ध नागरिक सहभागी हुने गरेको बताउँछन्।

'अधिकारवादी आन्दोलन भएकाले यसमा धेरैको सहभागिता देखिन्छ,' उनले भने, 'जनता धेरै आक्रोशित छन्, कोही, कसैको नियन्त्रणमा छैनन्।'

आन्दोलनको अगुवाइ गर्ने मधेसी मोर्चाले चाहेर पनि नियन्त्रण गर्न नसक्ने अवस्था रहेको औंल्याउदै कुशवाहाले भने, 'संवादको विकल्प छैन।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस