काठमाडौं- पेट्रोलियम पदार्थ आयातमा समस्या देखिएपछि नेपाल आयल निगमले सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। केही दिनयता भारतले इन्धन बोकेका गाडीलाई सहज रुपमा नेपाल आउन नदिएपछि निगमले यस्तो आग्रह गरेको हो।
निजीको सट्टा सार्वजनिक गाडी प्रयोग गर्दा स्टक इन्धनले कम्तीमा एक महिना धान्ने निगमको भनाइ छ। 'राष्ट्रलाई अप्ठेरो परेको बेला, सर्वसाधारणले सार्वजनिक यातायात चढेर सहयोग गर्नुपर्छ,' निगम प्रवक्ता दीपक बरालले नागरिकसँग भने, 'आपूर्ति सामान्य भएपछि आफ्नै साधन प्रयोग गर्दा हुन्छ।' बरालका अनुसार अहिले निगमसँग २३ हजार किलोलिटर इन्धन स्टक छ। पेट्रोल पम्पमा सर्वसाधारणको लाइन बढ्दै गए उक्त इन्धन सकिन केही दिन पनि नलाग्ने निगमले जनाएको छ।
भारतले असुरक्षाको कारण देखाउँदै काँकरभिट्टा, भैरहवा, विराटनगर, वीरगन्जलगायत नाकाबाट इन्धन आउन दिएको छैन। प्रवक्ता बरालका अनुसार केही दिनयता काठमाडौंमा तेलको माग अरु बेलाको तुलनामा ३० प्रतिशत बढेको छ। 'हामीले केही दिनयता मागभन्दा ३० प्रतिशत बढी तेल वितरण गरिरहेका छौं,' उनले भने, 'अहिले अलि असहज परिस्थिति आएकाले निजी सवारी धनीले सार्वजनिक यातायात प्रयोग गर्नुस्।'
आपूर्ति सामान्य भएको बेला निगमले मागअनुसार वितरण गरेको भन्दै बरालले समस्याको बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। स्वदेशी खपतको ६५ प्रतिशत तेल निजी सवारी साधनमा जाने निगमले जनाएको छ। सर्वसाधारणले केही दिनमात्रै निजी सवारी साधन नचलाए राज्यलाई धेरै राहत हुने बरालले बताए।
सरकारी पहल सफल भए केही दिनभित्रै वैकल्पिक नाकाबाट पेट्रोलियम पदार्थ आयात गर्न सकिने भएकाले अहिलेको जटिलता सबैले बुझ्नुपर्ने निगमले जनाएको छ। ४ दिनदेखि भारतबाट नगन्य मात्रामा तेल आइरहेको छ। भारतीय पक्षले सुरक्षा नभएको भन्दै इन्धन लगायत आयातित वस्तु बोकेका ढुवानी साधनलाई सीमा नाघेर नेपाल आउन दिएको छैन।
निजी सवारी साधनले एक दिनमा सिध्याउने इन्धनले सार्वजनिक यातायातलाई चार दिन धान्ने निगमको भनाइ छ। आपूर्ति रोकिएको बेला माग नघटे केही दिनभित्रै स्टक इन्धन सकिएर भयावह अवस्था आउने उनले चेतावनी दिए।
काठमाडौंका कुनाकुनामा सार्वजनिक यातायात चल्छन्। 'केही दिन कष्ट गरेर भए पनि ती साधन प्रयोग गरौं,' उनले भने।