काठमाडौं-सोमबार बिहान ललितपुर पुल्चोकबाट एकजना यात्रु टेम्पोमा चढेर मिनभवनस्थित यातायत व्यवस्था विभाग कार्यालय अगाडि ओर्लिए। चालकले उनीसँग भाडाबापत १८ रुपैयाँ मागे।
यात्रुले पुल्चोकबाट मिनभवनसम्मको जम्मा दुरी ३.९ किलोमिटर मात्र रहेको र सरकारी नियमअनुसार भाडा जम्मा १३ रुपैयाँ मात्र रहेको बताए। तर, चालकले मानेनन्।
त्यसपछि ती यात्रुले आफ्नो परिचयपत्र देखाउँदै यातायात व्यवस्था विभाग अनुगमन महाशाखा प्रमुख बसन्त अधिकारीको परिचय दिए। नजिकैका ट्राफिक प्रहरी बोलाए र चालकलाई तत्कालै नियमविपरीत बढी भाडा असुलेकोमा पाँच हजार जरिवाना तिराइहाले।
सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासोपछि छड्के अनुगमनमा निस्केका अधिकारीसहित अनुगमन टोलीले उक्त टेम्पोचालकलाई मात्र नभइ एक सातायता ३ सय ५० भन्दा बढी सवारीचालकलाई कारवाही गरिसकेको छ। कारवाहीमा परेका सबैलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अधिकतम कारबाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
ऐनमा नियमअनुसार बढी भाडा असुल्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवानाको व्यवस्था छ। विभागले भाडाबारे यात्रुको अत्यधिक गुनासो आइरहेको र व्यवसायीले पटक पटक नयाँ भाडादर कार्यान्वयन गर्न अटेरी गरेपछि अधिकतम कारबाही गरिएको अधिकारीले बताए।
'सरकारी नियमभन्दा एक रुपैयाँ मात्र बढी लिएका सवारीलाई समेत ५ हजार रुपैयाँ जरिवाना गरेका छौं,' उनले भने, 'यात्रुसँग थोरै रकम उठायो भन्दैमा उसले उन्मुक्ति पाउँदैन। नियमअनुसार नै अधिकतम कारबाही हुनेछ।' उनले अनुगमन क्रममा चालक तथा सहचालकलाई नयाँ भाडादरभन्दा १ वा २ रुपैयाँ वा त्यसभन्दा बढी भाडा असुलेको र भाडासूची नटाँसेको गरी दुई वटा ठगीमा कारबाही अगाडी बढाइरहेको बताए।
विभागका विभिन्न ५ वटा टोलीले अघिल्लो साता उपत्यकाका विभिन्न स्थानमा बस, मिनिबस, माइक्रो र टेम्पोको छड्के अनुगमन सुरु गरेका छन्। नयाँ भाडादर लागू भएको १२ दिन बित्दा पनि यातायात व्यवसायीले कार्यान्वयनमा ल्याएका छैनन्। भदौ २५ गतेदेखि लागू हुने गरी सहमति गरिएको नयाँ भाडादर अनुसार उपत्यकामा सार्वजनिक सवारीको न्यूनतम भाडा १३ रुपैयाँ छ। तर, अझै पनि सवारीले यात्रुसँग १५ रुपैयाँ नै असुल्दै आइरहेका छन्।
यात्रु ठगिने क्रम नरोकिएपछि विभागले अनुगमन गर्न यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी महासंघ, ट्रक व्यवसायी महासंघ र सरोकारवालाका प्रतिनिधिसहितको अनुगमन टोली गठन गरेको छ।
विभागले यात्रा क्रममा कुनै सवारीले बढी भाडा असुलेमा तुरुन्तै विभागको फोन नम्बर ४४७९९९४ मा उजुरी गर्न तथा ट्राफिक प्रहरीको १०३ नम्बरमा टेलिफोन गर्न अनुरोध गरेको छ। तर, चालक/सहचालकले भने खुद्रा पैसा नभएको, समितिले घटेको भाडादर सूची नपठाएको बहानामा बढी पैसा लिन बाध्य भएको बताइरहेका छन्।
अधिकारीले खुद्रा पैसा र सूची नआएको बहानामा कुनै पनि सवारीले नियम मिच्न नपाउने बताए। 'खुद्रा पैसा छैन भन्ने बहानामा यात्रुसँग बढी भाडा असुल्न पाइँदैन,' अधिकारीले भने, 'चालक/सहचालकले खुद्रा पैसा बोकेर भए पनि यात्रुको रकम फिर्ता गर्नुपर्छ।' उनले अनुगमन क्रममा केही सवारीले न्यूनतम भाडा १३ रुपैयाँ कायम गरे पनि त्यसभन्दा माथि अन्य भाडादर भने पुरानै राखेर समेत झुक्याइरहेको फेला परेको जनाए।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले यातायात व्यवसायीकै सहमतिमा भाडा घटाउने निर्णय गरेको थियो। नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्म १३ रुपैयाँ, ५ किलोमिटरसम्म १५, ६ किलोमिटरसम्म १६ हुँदै १० किलोमिटरसम्म १८ रुपैयाँ र त्यसभन्दा माथि यात्रा गरे २४ रुपैयाँ तिर्नुपर्ने हुन्छ। उपत्यका बाहिर लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा पनि २.२२ प्रतिशत घटाइएको छ। पाँच सय रुपैयाँ भाडा रहेको ठाउँमा ११ रुपैयाँ ५० पैसा घटेको छ। हजार रुपैयाँ भाडा भइरहेको रुटमा २२ रुपैयाँ २० पैसा घटेको छ। त्यस्तै तराईका मालवाहक ट्रकमा ३.२४ प्रतिशत, काठमाडौं–पोखरा–नारायणघाट चल्ने ट्रकको भाडा ३.१० प्रतिशत र मिटरजडित र एयरपोर्ट ट्याक्सीको भाडा १.६३५ प्रतिशतले घटेको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले गत पुस ९ गते पनि भाडा घटाएको थियो। त्यसबेला पनि व्यवसायीले भाडा नघटाएपछि विद्यार्थी र उपभोक्ता संगठनको व्यापक विरोधका कारण घटाउन बाध्य भएका थिए। गत माघ २६ गते सरकारले फेरि भाडा घटाए पनि लागू गर्न सकेको थिएन। व्यवसायीले पुरानै दरमा यात्रुसँग भाडा असुल्दा ६ महिनामा २ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन्।