काठमाडौं- पूर्वाधारबिनै गठित १ सय ३२ वटा नयाँ नगरपालिका र उपमहानगरपालिकामा गाभिएका गाउँ विकास समिति (गाविस) मा आगामी तीन वर्षका लागि एकिकृत सम्पत्ति र घरजग्गा करको दर परिवर्तन नगरिने भएको छ। न्यून सुविधा भएका र पूर्वाधार विकास नभएसम्म नयाँ नगरपालिकामा पुरानै दररेट (गाविस स्तर) कायम गरिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।स्थानीय स्वायत्त शासन (सातौं संशोधन) नियमावली २०७२ मा कृषि कार्यमा प्रयोग भएको जग्गामा साबिक गाविसले लगाइरहेको कर रकम बढ्ने गरी मूल्यांकन नगरिने उल्लेख छ।
मन्त्रालयका सहसचिव हरि पौडेलका अनुसार कतिपयले करको दर नगरपालिकासरह बनाएको गुनासो आएपछि तीन वर्षका लागि पुरानै दर लागू गर्ने निर्णय भएको हो। 'जग्गाको मूल्यांकन गर्दा २०७१ वैशाख २५ गतेपछि घोषणा भएका नगरपालिका र नगरपालिकामा गाभिएका गाविसमा लागू हुन्छ,' उनले भने, 'तीन वर्षपछि नगरपालिकाले पूर्वाधार विकास गरेपछि नयाँ व्यवस्था गर्नेछन्।'
नगरपालिकाले लिने एकिकृत सम्पत्ति कर र घरजग्गा करको दररेट मन्त्रालयको निर्णयपछि बढाउन नपाइने भएको छ। नगरपालिकाका दलीय प्रतिनिधिको परिषदले नयाँ दररेट बनाउन मिल्ने व्यवस्था छ। कतिपय नयाँ नगरपालिकामा करको दर बढाएपछि करदाता असन्तुष्ट भएका थिए।
पौडेलका अनुसार भदौ १४ गतेको मन्त्रीपरिषदको निर्णय केही दिनभित्र राजपत्रमा प्रकाशित गर्ने तयारी मन्त्रालयले गरिरहेको छ। राजपत्रमा प्रकाशित हुनासाथ लागू हुने उनले जनाए। 'नगरपालिकामा पूर्वाधार विकास नभै करको दर बढाउन नहुने निर्णय भयो,' उनले भने।
मूल्यांकन गर्दा नगरपालिकाले निर्धारण गरेको मापदण्ड बमोजिम छुटयाउनु पर्ने जग्गाको क्षेत्रफलको दुई गुणा क्षेत्रफल कायम गरी मूल्यांकनमा समावेश गरिने र सोभन्दा बढी जग्गा कृषि कार्यमा प्रयोग भएको वा होटेल, हाउजिङ, अपार्टमेन्ट, वित्तिय, स्वास्थ र शिक्षण संस्था लगायतका निकायमा पार्किङ, सेड, विश्रामस्थल, प्रतिक्षालय, बाटो, बगैंचा वनाएको वा खुला रुपमा राखेकोमा त्यस्तो क्षेत्रले ओगटेको जग्गाकोे कर प्रयोजनका लागि नगर परिषदले मूल्यांकन गरेको आधारमा कृषि कार्यमा प्रयोग भएको जग्गामा अधिकतम् ५० प्रतिशतसम्म र अन्य प्रयोजनको वा खुला क्षेत्रको जग्गा भएमा न्यूनतम् ५० देखि अधिकतम् ७५ प्रतिशतसम्म एकिकृत सम्पत्ति कर लगाउन सक्ने व्यवस्था गरिएको छ।