काठमाडौं- तीन दिनअघि नै लागू हुनुपर्ने सार्वजनिक सवारीको घटेको भाडादर यातायात व्यवसायीले दादागिरी देखाउँदै अझै लागू गर्न अटेर गरीरहेका छन्। पेट्रोलियम पदार्थको मूल्यमा भएको कमीसँगै सरकारले यातायात व्यवसायीकै सहमतिमा शुक्रबारबाट लागू हुने गरी भाडा घटाउने निर्णय गरेको थियो।सरकारले यातायात व्यवसायीसँग गत बुधबार ६ बुँदे सहमति गर्दै न्यूनतम भाडा १३ रुपैयाँ कायम गरेको थियो। तर, व्यावसायीले भने अझै यात्रुसँग १५ रुपैयाँ भाडा असुलिरहेका छन्।
भाडा घटाउन सहमति गरेका व्यवसायीले नै सहमतिविपरीत धमाधम बढी भाडा असुलेपछि यातायात व्यवस्था विभागले न्यूनतम भाडा दर कार्यान्वयन गर्न अनुगमन थालेको छ। विभागका निर्देशक बसन्त अधिकारीले नयाँ भाडादर लागू गराउन अनुगमन सुरु गरिएको बताए।
यातायात भाडा बढ्ने निर्णय गरेको पाँच मिनेट नबित्दै देशभर एकैपल्ट भाडा बढाउने व्यवसायीले भाडा घटेको चार दिन बित्दा पनि लागू गर्न अटेर गरिरहेका छन्। भाडा नघटाएको बारम्बार उजुरी आएपछि नयाँ भाडादर लागू नगर्नेलाई कारबाही गर्न विभागका महानिर्देशक चन्›मान श्रेष्ठको संयोजकत्वमा ट्राफिक प्रहरीसहित केन्›ीय अनुगमन समिति गठन गरिएको छ। समितिले आइतबार अनुगमन गर्दै दोषीमाथि कारबाही गर्न थालेको छ।
पेट्रोलियम पदार्थको भाउ घटेर नयाँ मूल्य लागू भएपछि सरकारले करिब दुई वर्षपछि गत पुस ९ गते पनि भाडा घटाएको थियो। त्यसबेला पनि भाडा घटाउन आलटाल गरेका व्यवसायीले विद्यार्थी र उपभोक्तावादीको उग्र विरोधपछि घटाएका थिए। त्यसपछि गत माघ २६ गते फेरि भाडा घटाइए पनि सरकारले लागू गर्न सकेको थिएन। व्यवसायीले पुरानै दरमा यात्रुसँग बढी भाडा असुल्दा ६ महिनामा यातायात व्यवसायीले २ अर्बभन्दा बढी रकम ठगी गरेका छन्।
यसअघि सरकारले २०६९ फागुन २५ गते भाडा बढाउँदा व्यवसायीले सहमति भएकै दिन देशभर एकैपल्ट भाडा बढाएका थिए। तर, अहिले सहमति जनाएको भाडादर लागू नगरी व्यवसायी यात्रु ठग्दै आएका छन्।
महानिर्देशक श्रेष्ठले तोकिएको दरभन्दा बढी भाडा असुल्नेमाथि कारबाही हुने बताए। 'नियमअनुसार तोकिएकै दरमा भाडा लिनुपर्छ,' उनले भने, 'अटेर गर्ने र अनुगमनमा बढी लिएको पाए तत्काल कारबाही हुनेछ।'
सरकारले गत माघमा कायम १३ रुपैयाँ ७२ पैसा आधार मानेर न्यूनतम २.२२ प्रतिशत घटाउँदा १२ रुपैयाँ ७१ पैसा भए पनि खुद्रा पैसाको लेनदेन सम्भव नहुने भएकाले न्यूनतम भाडादर १३ रुपैयाँ कायम गरेको थियो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सहमति भएको भाडादर प्रभावकारी कार्यान्वयन गर्ने बताए। उनले सहमति अनुसारकै भाडा लिन सबै व्यवसायीलाई भनिसकेको र कसैले बढी भाडा लिएको फेला परे महासंघले समेत कारबाही गर्ने जनाए।
नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्मको १३ रुपैयाँ, १० किलोमिटरसम्मको १८ रुपैयाँ र त्यसभन्दा माथिको यात्रामा २४ रुपैयाँ तिर्नुपर्ने हुन्छ। उपत्यका बाहिर लामोदूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा पनि २.२२ प्रतिशतले घटाइएको छ। कुल पाँच सय रुपैयाँ भाडामा अब ११ रुपैयाँ ५० पैसा घटेको छ। हजार रुपैयाँ भाडा रहेको रुटमा २२ रुपैयाँ २० पैसा घटेको छ। त्यस्तै तराईका मालवाहक ट्रकमा ३.२४ प्रतिशत, काठमाडौं–पोखरा–नारायणघाट रुटका ट्रकको भाडा ३.१० प्रतिशत र मिटरजडित र एयरपोर्ट ट्याक्सीको भाडा १.६३५ प्रतिशतले घटेको छ।