काठमाडौं–उपत्यकामा सार्वजनिक साधनको भाडा न्युनतम १३ रुपैया कायम भएको छ । सरकारले बुधबार यातायात व्यवसायीसँगको सहमतिमा उपत्यकामा न्युनतम भाडा १३ लिने सहमति गरेका थिए।यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले गत माघमा कायम भएको १३ रुपैया ७२ पैसाको आधारमा २.२२ प्रतिशतले भाडा घटाउँदा १२.७१ पैसा हुने र यसलाई १३ रुपैयाभन्दा धेरै लिन नपाइने सहमति सहति भाडा कायम गरिएको बताए।
त्यस्तै उपत्यका बाहिरको हकमा ५०० रुपैया लिइरहेको ठाँउमा ११ रुपैया ५० पैसा घटेको छ घने एक हजार रुपैया २२ रुपैया २० पैसा घटेको श्रेष्ठले बताए । यस अघि भाडा घटाउँदा पनि उपभोक्ताले एक दुई रुपैया धेरै तिर्न परेको भन्दै यो अवस्था हुन नदिन चार सदस्य समिति समेत गठन गरेको उनले बताए।
व्यवसायी, विभाग, उपभोक्ता अधिकार कर्मी र ट्राफिक सहितको समितिले भाडा अनुगमन गर्नेछ । भाडा धेरै लिइएको पाइएमा तत्काल कारवाही गर्ने श्रेष्ठले बताए । यस विषयमा व्यवसायी पनि सहमति भएको उनले बताए।