झापा- सरकारबाट पोसाकबापतको रकम हरेक वर्ष बुझ्ने शिक्षकहरू विद्यालय पोसाक लगाउनचाहिँ उदासीन पाइएका छन्। कक्षा कोठामा भन्दा दलीय गतिविधिमा सक्रिय रहेको भनेर चौतर्फी आलोचना खेपिरहेका सामुदायिक विद्यालयका शिक्षकहरू सरकारबाट पोसाकभत्ता लिएर पनि निर्धारित पोसाकचाहिँ लगाउँदैनन्।
विद्यार्थीलाई पोसाकलगाएर विद्यालय आउनु भन्ने शिक्षक नै निर्धारित पोशाकमा नआउँदा त्यसको मनोवैज्ञानिक प्रभाव विद्यार्थीमा पर्ने गरेको छ। विद्यार्थीको सिकाइ उपलब्धि कमजोर रहेको, एसएलसी नतिजा सधैँ कमजोर बनेको, कक्षामा भन्दा अन्यत्रै बढी समय दिने गरेको आरोप देशभरिका सामुदायिक स्कुलका शिक्षकले लामो समयदेखि खेप्दै आएका छन्। यही श्रंृखलामा अनुशासन पालनाको सन्दर्भमा पनि शिक्षकहरु चुकिरहेका छन्। सरकारले शिक्षकहरुलाई निश्चित पोसाकलगाउन भनेर बर्सेनि रकम नै दिने गरेको छ। तर, अधिकांश शिक्षक पैसा लिन्छन् तर पोसाकचाहिँ लगाउँदैनन्। विद्यालयमा जथाभावी पोसाकलगाउँदा त्यसले राम्रो परिणाम नदिने जानकारहरु बताउँछन्।
'विद्यालय भनेको सबै वर्ग, तह र समुदायका नानीहरु एकीकृत हुने थलो हो', झापाको ज्यामिरगढी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक भीम खवास भन्छन्, 'जहाँ कोही धनि हुनसक्छन्, कोही गरिब। एउटै र समान पोशाकले सबैलाई स्कुलमा समान भाव जगाउँछ। शिक्षकका हकमा पनि उही कुरा हो।' तर शिक्षकले 'ड्रेस कोड' पालना नगर्दा त्यसैको सिको गर्ने विद्यार्थी संख्या पनि बढ्दैछ।
झापाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले नै पोसाकनलगाएपछि पोशाकमार्फत पाउने रकमको समेत दुरुपयोग भएको छ। स्थायी शिक्षकलाई पोशाकका लागि सरकारले वार्षिक ७ हजार ५ सय रुपैयाँ प्रदान गर्दै आएको छ। शिक्षा कार्यालयले अनिवार्य पोशाकमा आउनु भने पनि शिक्षकहरुले यसको पालना गर्दैनन्।
राहत, अस्थायी, पिसिएफ, निजी लगायतका शिक्षकहरुलाई भने सरकारले पोशाकको रकम दिने गरेको छैन। जसले गर्दा उनीहरु 'आन्दोलन' भन्दै निर्धारित पोसाकलगाउँदैनन्। यो तथ्य शिक्षक नेताहरु नै स्वीकार्छन्। 'राज्यले सबै प्रकारका शिक्षकहरुलाई पोसाकउपलब्ध गराउनुपर्छ,' शिक्षक महासंघका जिल्ला अध्यक्ष तेजप्रसाद चौलगाइँले भने, 'यसका लागि हाम्रो आन्दोलन जारी छ। एउटै विद्यालयमा रंगीन पोसाकलगाउनु हुँदैन तर यसमा प्राप्त गर्ने शिक्षकहरुले त पोसाकलगाउनु पर्योर नि! शिक्षकले भत्ता चाहिँ बुझ्नु तर नलगाउनु चाहिँ दुर्भाग्य हो।' अध्यक्ष चौलागाइँले विद्यालयको स्रोतबाट भए पनि शिक्षकलाई पोसाकउपलब्ध गराउनु पर्ने र जिल्लाका केही विद्यालयहरुले यसको उदाहरण पेश गरेको बताए।
जिल्लामा स्थायी, अस्थायी, राहत तथा अन्य सबैथरि दरबन्दीका गरी ३ हजार ५ सय हाराहारी संख्याका शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन्। स्थायी दरबन्दीका शिक्षकले जत्तिकै महिनैपिच्छे पारिश्रमिक बुझ्ने अन्य दरबन्दीका शिक्षक आफैँ खरिद गरेर पोसाकलगाउने हैसियत राख्छन्। यद्यपि आफ्नो अधिकारका लागि सधैँ मुखर बनेको तर जिम्मेवारी निर्वाहमा चुकेको आरोप खेप्दै आएका उनीहरुले आरोप सत्य साबित गर्दै उल्टै आन्दोलन चलाएको बताइरहेका छन्।
राहत शिक्षक संघर्ष समितिका क्षेत्रीय उपाध्यक्ष रुद्र संग्रौलाले शिक्षकहरुलाई विभेद गरेकाले राहत शिक्षकहरुले पोसाकनलगाएको बताए। 'हामी विद्यार्थीलाई तोकिएको पोशाकमा आउनु त भन्छौँ' कविशिरोमणि उमाविका शिक्षक संग्रौलाले भने, 'राज्यले नै हामीमाथि विभेद गरेपछि हामी बाध्य भएर अन्य पोशाकमा आउनु परेको हो। हाम्रो राज्यसँग अनुरोध छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु छ भने सबै शिक्षकलाई समान व्यवहार गर्नु पर्यो , हामी दानमा विद्यालयले दिएको पोसाकलगाउँदैनौँ।'
जिल्ला शिक्षा कार्यालयले केही महिनादेखि शिक्षकलाई अनिवार्य पोसाकलगाउने निर्देशन दिएपछि केही ठाउँका शिक्षकहरुले लगाए पनि अझै जिल्लाका धेरै विद्यालयका शिक्षकले लगाएका छैनन्। 'हामीले बिना पोसाकविद्यालय नआउनू भनेर निर्देशन दिएका छौँ', जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले भने, 'तर यसको अझै पूर्ण पालना भएको छैन भन्ने आएको छ। यदि शिक्षक भएर विद्यालय जाने हो भने बिना पोसाकनजान आग्रह छ। विद्यार्थीलाई पोशाकमा आउनू भन्ने अनि आफू चाहिँ बिना पोशाकमा जाने हो भने त्यसको के अर्थ लाग्छ र?' जिल्ला शिक्षा कार्यालयले स्थायीका साथै राहत, निजी, पिसिएफ लगायतका शिक्षकलाई अनिवार्य पोशाकमा विद्यालय जान आग्रह गर्दै आएको छ।
राष्ट्रिय रमणीय मावि शान्तिनगरकी शिक्षक गीता ढुङ्गानाले आफू अस्थायी भएर पनि विद्यालय पोशाकमा आउने गरेको बताइन्। उनले विद्यार्थीलाई पोसाकलगाएर अनुशासित भएर आउनू भन्ने तर आफू नै त्यसरी नआउँदा आफ्नो कर्तव्य पूरा नहुने भएकाले यसलाई पूर्ण पालना गर्न पोसाकलगाएको बताइन्। यसबारे विद्यार्थीहरुमा पनि असन्तोष चाहिँ छ। 'शिक्षकहरु नै पोशाकमा आउनु हुन्न,' विद्यार्थी श्वेता खड्काले भनिन्, 'तर हामीलाई चाहिँ अनिवार्य लगाउनु भन्नुहुन्छ।'