कर्मचारीकै अवैध धन्दा
२० भदौ २०७२
•
६ मिनेट पाठ
कर्मचारीकै अवैध धन्दा
काठमाडौं- हेलो... उजय देउला बोल्नु भयो? 'हजुर।' 'तपाईंको फोहर उठाउने कम्पनी छ?' 'छ।' 'नाम के हो?' 'मेट्रो गार्ड प्रालि।' 'एउटा घरबाट फोहर उठाएको कति लिनुहुन्छ?' '२सयदेखि २ सय २५ सम्म लिन्छौं।'

काठमाडौं महानगरपालिकाको वडा ३१ मा कुचिकारका नाइकेमा कार्यरत देउलासँग टेलिफोनमा यति कुरा गरेपछि नागरिककर्मीले आफू पत्रकार भएको परिचय दियो। यसपछि उनका कुरा फेरिए। उनले कम्पनी आफ्नो नभएको दाबी गरे। फोहर उठाउने काममा पनि छोरा मात्र रहेको दाबी थियो उनको।

यसपछि 'कम्पनी कस्को हो?' सोधेपछि कम्पनी कुमार राई नामका फोहर व्यवस्थापन गर्ने ठेकेदारको भएको बताए। 'कम्पनीमा मेरो केही छैन, छोराको हो,' उनले सावधान स्वरमा भने। परिचयअघि नागरिकसँग टेलिफोनमा सर्वसाधारणसँग २ सयदेखि २ सय २५ रुपैया उठाउने र ३/४ वर्षयता यसरी फोहर व्यवस्थापन गरिरहेको उनले बताएका थिए।

उनले अस्वीकार गरे पनि महानगरपालिका स्रोत देउलाले कम्पनी नै खोलेर फोहर उठाउने गरेको बताउँछ। 'हाजिर ३१ वडामा गरेर ३२ वडामा फोहर उठाउन जान्छन्,' स्रोतले भन्यो, 'सर्वसाधारणबाट मासिक रकम लिन्छन् तर फोहर भने नगरपालिकाको गाडीमा टेकु पुर्याफउँछन्।'

फोहर व्यवस्थापनमा कार्यरत महानगरका केही कर्मचारीले महानगरपालिकाकै साधन र स्रोत उपयोग गरेर अतिरिक्त आम्दानी गरिरहेका छन्। घरघरमा गएर फोहर उठाएवापत मनपरी पैसा असुल्ने तर फोहर टेकुसम्म मात्र पुर्या उन पनि महानगरकै सवारीसाधन प्रयोग गर्ने गरेका छन्।

अर्को स्रोतका अनुसार देउलाले सेतो पुलको दक्षिणदेखि घट्टेकुलो क्षेत्रमा फोहर उठाउँदै आएको प्रष्ट पारेको छ। साथै फोहर उठाउन परिवार नै खटाएर देउलाले ठेकेदारकै रुपमा काम गरिरहेको स्रोतको दाबी छ।

'युनियनका नेताहरूको आड पाएर उनले यस्तो गरिरहेका छन्,' स्रोतले भन्यो, 'महानगरपालिकाका ३५ वटै वडामा यस्तै अवस्था छ। कर्मचारीहरू सेटिङ मिलाएर अतिरिक्त आम्दानी गरिरहेका छन्।'

त्यस्तै ३२ वडामा काम गर्ने कुचिकारका सहनाइके दीपक भुजेलले पनि देउलाकै जस्तो काम गरिरहेका छन्। कालिकास्थान बरको बोटदेखि डिल्लीबजार पिपलबोटसम्म भुजेलले पनि यसरी नै फोहर उठाइरहेको स्रोतको दाबी छ।

भुजेलले फोहर संकलन गरी महानगरपालिकाकै गाडीमा टेकु पुर्यासउने गरेको स्रोतले जानकारी दियो। नागरिकसँग कुरा गर्दै भुजेलले केही घरबाट फोहर उठाउने गरेको स्वीकारे। 'मैले त जम्मा १५/२० घरमा मात्र उठाउँदै आएको छु,' उनले भने, 'वडा अध्यक्षका पालादेखि वीरेन्द्र मार्गमा उठाउँदै आएको हो।' कम्पनी नभएका उनले मासिक ५० देखि ३ सय रुपैयाँसम्म प्रत्येक घरले खुसीसाथ दिने गरेको जानकारी दिए।

३२ वडामै फोहर उठाउँदै आएका देउलाका बारेमा सोध्दा उनले ठेकेदार कुमार राइसँग मिलेर फोहर उठाउने गरेको बताए। तर सो कम्पनी (मेट्रो गार्ड प्रालि) ले फोहर व्यवस्थापन गरेको आफूलाई थाहा नभएको उनले बताए।

महानगरपालिकाकै कर्मचारीले निजी व्यवसायीसँग सेटिङ मिलाएर फोहर टेकुमै थुपार्ने गरेको समाचार साउन २१ गते सार्वजनिक भएपछि केही दिन उनीहरूले त्यस्तो फोहर नउठाएको महानगरपालिका स्रोतले दाबी गर्योच। भुजेलले पनि करिब एक साताअघि फोहर नियमित नउठेको नागरिकलाई बताए। तर देउलाले भने फोहर उठिरहेको दाबी गरे।

फोहर व्यवस्थापनबाट अतिरिक्त आम्दानी गर्नकै लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र शाखाले आफूखुसी कर्मचारी खटाउने गरेको छ। विभागको खटनपटन शाखाका नगरप्रहरी सई मिनबहादुर थापा, असई रामहरि कार्की र असई श्याम मल्लको सेटिङमा निजी क्षेत्रको फोहर लुकिछिपि टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारिने गरेको छ।

उनीहरूसँगै विभागीय प्रमुखको मिलेमतोमा यस्तो अवैध काम हुने गरेको स्रोतले बतायो। कतिपय निजी कम्पनीले फोहर सिसडोल नै पुर्यारउने भए पनि कतिपयले कर्मचारीसँग मिलेर टेकुमा थुपार्ने गरेको स्रोत बताउँछ। विभागीय प्रमुखहरूको सेटिङकै कारण फोहर व्यवस्थापनको कुनै अनुगमन हुँदैन। काठमाडौंमा दैनिक ४ सय ५० टन फोहर उत्पादन हुन्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस