काठमाडौं- चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयनलगायतमा माग राखेर बाह् दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसीका अधिकांश माग पूरा गर्न सरकार तत्पर भएको छ।
सरकारले माथेमा प्रतिवेदन कार्यन्वयनसम्बन्धी गत मंगलबार मन्त्रीपरिषद्को सामाजिक समितिबाट पास भएको कार्ययोजनालाई परिमार्जनगरी यसअघि पन्छाएका अधिकांश बुँदा कार्यन्वयनमा तत्पर भएको छ। त्योबाहेक डा.केसीले उठाएका आठ मध्ये हाल भएको उपकूपति नियुक्ती र केयुको सम्बन्धन स्थगनका विषयमा यसअघि भएको सम्झौताको कार्यन्वयनमा सरकार तयार भएको छैन्।
यसरी भयो वार्ता (भिडियो)
सरकारका तर्फबाट वार्तामा सहभागी राष्ट्रिय योजना आयोगका उयाध्यक्ष डा.गोविन्दराज पोखरेल र डा.केसी पक्षीय चिकित्सकबीच राति अबेरसम्म चलेको वार्ता अधिकांश मागमा सहमति नजिक पुगेको छ। सोही आधारमा दुबै पक्षबीच ६ बुँदे सहमतिको मस्यौदा तयार पारेर सो मस्यौदामा डा.केसीलाई मनाउँने प्रयास जारी छ।

वार्ता भैरहेको टिचिङ अस्पतालको कक्ष बाहिर दवाव दिदै विद्यार्थी।
वार्ता टोलीसँगको कुराकानीपछि डा.केसीले नागरिकसँग टेलिफोनमा आफू सरकार केही प्रास्तावसँग सकारात्मक भएपनि सरकारले त्यतिकै महत्वपूर्ण अन्य विषयलाई कार्यन्वयन गर्न नखोजेको बताए। उनले उपकूलपति नियुक्ती र केयुका विषयमा भएका पुराना सम्झौताबारे सरकारले अझै लचिलो हुनुपर्ने बताए।

वार्तामा सहभागीहरू।
सरकारी वार्ता टोलीका संयोजक डा.पोखरेलले डा.केसीको वार्ता टोलीसँग सहमति भई सस्यौदामा सम्झौता मात्रै वाँकी रहेको बताए।
सम्झौताअनुसार माथेमा प्रतिवेदनमा उल्लेख भएजस्तै दश वर्षका लागि नयाँ नर्सिङ, डेन्टल र मेडिकल कलेजलाई मनसाय पत्र नदिने र यसअघि मनसाय पत्र पाइसकेकाको हकमा मनसायपत्र नवीकरण नगरिने भएको छ। यसबिषयमा समेत मन्त्रीपरिषदको सामाजिक समितिले छलफल, सम्भाव्यता हेरर संचालकहरुको प्रतिवद्धता लिएर मात्रै कार्यन्वयन गर्ने निर्णय गरेको थियो।
मनसायपत्र पाएर पूर्वाधार बनाइसकेका कलेको हकमा समेत माथेमा प्रतिवेदनअनुसार नै उपत्यकाबाहिर जान चाहेमा प्रोत्शाहन गर्ने र राज्यले सो सम्पति हस्तान्तरण गर्न चाहेमा किनदिन विकल्प सुझाएको थियो।
सामाजिक समिति पास गरेको कार्यन्वयनमा हटाइएको तर माथेमा प्रतिवेदनमा उल्लेख भएको एक जिल्लामा एउटा मात्रै मेडिकल कलेज खोल्ने विषयमा पनि सहमति भएको छ। सरकारले यी सुझाबमा थप अध्ययन गर्ने भनेर पन्छाएपछि डा.केसीले नयाँ सम्बन्धनको लागि बाटो खुल्ला राखेको भन्दै सो सम्बन्धमा प्रतिवेदनको सुझाब हुबहु कार्यन्वयनको तत्परता देखाएका हो।

प्लेकार्ड प्रदर्शन गरेर दवाव दिदै विद्यार्थी ।
त्यसैगरी अब आइन्दा अब आइन्दा मेडिकल वा डेन्टल दुवै गरी एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाइने सुझाब पनि प्रतिवेदन अनुसार नै लागू हुने भएको छ।
त्यसैगरी विद्यार्थी भर्नासम्बन्धमा सय सिटसम्बन्धी सुझाबसमेत चरणबद्ध रुपमा सुरुमा बढीमा १ सय ३५, दोस्रो वर्ष ११० र तेस्रो वर्ष १०० मा झार्नेगरी परिमार्जनसहित लागू गरिने भएको छ। त्यसबाहेक एमबिबिएसको शुल्क ३५ लाख र डेन्टलको शुल्क १८ लाख नै गर्ने कुरामा सहमति भएको छ।
वार्ता टोलीले प्रतिवेदन अनुसार तत्कालै छुट्टै चिकित्सा शिक्षा आयोग बनाउँन सहमत भएको छ। अर्को व्यवस्था नभएसम्मका लागि कार्यदलकै संयोजक केदारभक्त माथेमालाई प्रास्ताव गरिनेसमेत सहमति भएको छ। सो अनुसार आयोगको स्थापना गरेपछि नै सम्बन्ध र अन्य कलेजकाको व्यवस्थापनको जिम्मा पनि आयोगकै कार्यक्षेत्रभित्र पारिने भएको छ।
सुरुमा आयोग स्थापना गरेर सुधार थाल्न निकै चुनौतिपूर्ण भएकोल निर्विवादित र सक्षम व्यक्तित्व रुपमा माथेमालाई प्रस्ताव गर्नगरी सरकारी पक्षले नै प्रस्ताव ल्याएको थियो।

सरकारी वार्ताकार राष्ट्रिय योजना आयोगका उयाध्यक्ष डा.गोविन्दराज पोखरेल (बायाँ)
उच्चस्तरको सुधार र अभियाननियुक्ती गर्ने र त्यसका लागि सरकारले आग्रह गर्ने सहमति भएको छ। त्काल चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदनको सुझाबअनुसार नै आयोग बन्ने भएकोले पुरानो सम्झौताअनुसार चिकित्सा विश्वविद्यालयसम्बन्धी विधयेक संसदमा पेश गर्ने पूरानो सम्झौताको औचित्य स्वतः सकिएको छ। आयोग नै बनेपछि चिकित्सा शिक्षा विश्वविद्यालयको काम नै त्यसैले गर्ने भएकोले यस्तो सहमति भएको छ।
त्यसैगरी काठमाडौ विश्वविद्यालयको सिनेटमा प्रध्यापकको प्रतिनिधित्व गराउँने व्यवस्था, काउन्सिललगायत विभिन्न विश्वविद्यालयबाट सम्बन्धन सिटबृद्धि लगायतका विषयमा भएको भ्रष्ट्राचारबारे छानविन गर्न नयाँ छानविन समिति गठन गर्ने र सो समितिले तीन महिनाभित्रै रिपोर्ट बुझाउँनेछ। जानकी मेडिकल कलेजका विद्यार्थीको विषयमा कुरा सुनुवाई भइसकेको र संचालकलाई कारवाही प्रक्रिया सुरु भइसकेको सरकारी पक्षको भनाई छ।
केयुको सम्बन्धन स्थगत गर्ने भनि पाँचौ अनशनका क्रममा भएको सम्झौता कार्यन्वयन र हालै भएको उपकूलपति नियुक्तीबारेको माग सम्बोधन गर्न सरकार तयार नभएको डा.केसीको भनाई छ। डा.केसीले वार्ता अझै निष्कर्षमा नपुगेको बताए।
केसी पक्षबाट वार्तामा सहभागी चिकित्सक जीवन क्षेत्रीले पनि सकारात्मक भएपनि वार्ता निष्कर्षमा नपुगिसकेको बताए। 'हामीले सरसँग (डा.केसी) कुरा गरेर भोलि विहान बस्ने भन्ने भएको छ,' क्षेत्रीले भने।
डा.केसीले केयुको सम्बन्धनबारे पनि सरकारले पुरानो सम्झौता कार्यन्वयनमा इमान्दार नदेखिएको बताए। हालै भएको उपकूलपति नियुक्तीका विषयमा कुरा नमिलेको डा.केसीको भनाई छ।

सहमति भएका बुँदामा राय लिन जाँदा डा.केसीले पाँचौ अनशनको क्रममै सरकारले केयु अर्न्तगतका दुई मेडिकल कलेज विराट र देवदहलाई दिइएको सम्बन्धन स्थगित गरेर विद्यार्थीको व्यवस्थापनको सहमति कार्यन्वयनको माग गरेका थिए।
डा.केसीले पछिल्लो अनशनमा उठाएका विश्वविद्यालयका उपकूलपति नियुक्तीका विषयमा सरकारी पक्षले अडान छाडेको छैन्। सरकारका तर्फबाट वार्तामा सहभागी पोखरेलले उपकूलपति कानून सम्मत रुपमा नियुक्ती भइरहेकोले आगामी दिनमा बरिष्ठाताको आधारमा नियुक्ती गर्नेगरी सिष्टम बनाएपनि योपटकको नियुक्तीबारे चलाउँन नमिल्ने डा.पोखरेलले बताए। 'सम्बैधानिक रुपमा भएको नियुक्ती चलाउँन मिल्दैन् आगामी दिनमा नियुक्तीका लागि नीतिनै बनाइन्छ,' उनलेभ ने।
ा.केसीले पनि हालकै मान्छे परेपनि आपत्ति नहुने तर त्यसलाई प्रज्ञिक समितिबाट सिफारिस गराएर विद्यमान कानूनी प्रक्रियाअनुसार गर्नुपर्ने अडान राखेका छन्।
डा.केसीको केयुबाट दिएको सम्बन्धनबारे छानविन गर्ने प्रतिवद्धता कार्यन्वयनमा पटकपटक झुक्याइएको भन्दै यसपटक सम्बन्धन स्थगनको निर्णय सिनेटबाटै गराएपछि मात्रै अनशन तोड्ने अडान राखेका छन्। 'कतिपटक त्यही केयुका लागि अनशन बस्नु?' उनले राति नागरिकसँग भने, 'त्रिविलगायतका उपकूलपति नियुक्तीमा पनि सिष्टम बसाल्नैपर्छ,'। गत साउन ८ गते नै डा.केसीले अगाडी सारेको मागमा उपकूलपति नियुक्तीको विषयसमेत परेपनि सरकारले वेवास्ता गर्दै अनशन बस्ने दिनमै चार विश्वविद्यालयको उपकूलपति राजनीतिक भागभण्डाको आधारमा गरेको थियो।
डा.पोखरेलले भने दुबै कलेजको सम्बन्धनका विषयमा अख्यिारको छानविनपछि विशेष अदालतमै मुद्दा चलिरहेकोले यो विषयमा कसरकारले हस्तक्षेप गर्न नमिल्ने बताए।
डा.केसीले यसपटक आफूसँग भएका पटकपटकका सम्झौता उलंघन गर्ने कार्यत्रमा संलग्न शिक्षामन्त्री चित्रलेखा यादब र स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई कारवाहीको मागसमेत सरकारले पूरा गर्न नसक्ने जनाएको छ। डा.केसीले यसमा समेत कुनै न कुनै सहमति चाहिने बताएका छन्।
वार्ताअघि नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसीले प्रधानमन्त्री निवास पुगेका प्रधानमन्त्री भेट गरेका थिए। सो क्रममा डा.केदारले तत्काल समाधानको विकल्न खोज्नेगरी सरकार बार्तामा नबसे आन्दोलन चिर्किने तर स्वास्थ्य अवस्था पनि गम्भीर हुने बताएका थिए।
सो लगतै कोइरालाले योजना आयोगका उपाध्यक्ष एवं अघिल्लो अनशनमा समेत वार्ता कमिटीको संयोजक रहेका पोखरेललाई गम्भीर भएर बार्ताबाटै टुंगो लगाउँन निर्देशन दिएको थिए। सोसँगै पोखरेले केही एमालेका तर्फबाट मन्त्री हरुसँगसमेत छ्कलफल गरेर साँझ ६ बजेमात्रै वार्तामा पुगेका थिए। करिव पाँच घण्टा विभिन्न चरणमा छलफल भएर डा.केसीलाई मनाउँने प्रयास भएपनि टुंगोमै भने पुग्न नसकिएको हो। डा.पोखरेलले माथेमा प्रतिवेदनमा भएका सहमतिको बुँदाबुँदा सुनाउँनुपर्ने र डा.केसीलाई कम्जोरीले रिंगटा लागेकोले शनिबार विहानसम्म यो विषयमा स्वीकृति लिएर सहमति हुने बताए।
दिनभर वार्ताको प्रयाससँग चिकित्सकहरुले आन्दोलनका कार्यक्रम पनि जारी राखेका थिए। सोमबारदेखि आइओएमका रेजिडेन्ट र बुधबारदेखि बरिष्ठठ चिकित्सकलेसमेत काम छोडेर दबाब दिँदा पनि सरकार टमसस भएको थियो।
पछिल्लो पटक आइओएमका चिकित्सकको दबाबले नपुगेपछि चिकित्सक संघले पनि आइतबारदेखि देशव्यापी हड्तालको चेतावनी दिएर दिनभर विभिन्न चरणमा भेला गरेको थियो। साँझ वार्ता सकारात्मक भएपछि वार्ता रोकेर चिकित्सक संघका अध्यक्ष डा.अन्जनी झासमेत वार्तामा सहभागी भएका थिए।
यसअघि सरकारले आन्दोलनमा माग संवोधन गर्ने नाममा माथेमा प्रतिवेदनका महत्वपूर्ण सुझाब नै पाखा लगाउँनेगरी गत साउन ४ गते र साउन १५ गतेसमेत माथेमा प्रतिवेदन कार्यन्वयनको कार्ययोजना सार्वजनिक गरेर एकतर्फी अनशन तोड्न डा.केसीसँग आग्रह गरेको थियो। तर डा.केसीले माथेमा प्रतिवेदनको हुवहु कार्यन्वयनसहित सम्पूर्ण माग पूरा नभएसम्म अनशन नछाड्ने अडान राखेका थिए।
डा.केसीको अनशनको तेस्रो दिनमै सरकारका तर्फबाट योजना आयोगका सदस्य यज्ञबहादुर कार्की र मुख्य सचिव सोमलाल सुवेदी पुगेका थिए। उनीहरुले पनि भदौ ४ मा मन्त्रीपरिषद्को सामाजिक समितिले महत्वपूर्ण १२ बुँदा पन्छाएर गरेको माथेमा प्रतिवेदन कार्ययोजनाबारे जानकारी गराएर अनशन तोड्न आग्रहसहित पत्र दिएका थिए।
यसअघि आमरण अनशनको १२ दिने अनशनरत डा.गोविन्द केसीले विगतमा आफैले गरेको सहमति कार्यन्वयनमा राज्य तत्पर नहुनु आफैमा आश्चर्यको परेको बताएका छन्। डा.केसीका तर्फबाट उनका सहयोगीले जारी गरेको विज्ञाप्तिमा शिक्षा र स्वास्थमा झैं अरु क्षेत्रमा पनि पारदर्शिता र जवाफदेहितासहितको पद्वति बसाल्न सबै लड्नुपर्ने बताएका थिए।
उनको समर्थनमा विभिन्न मानवअधिकारवादी संगठन विभिन्न अस्पताल र मेडिकल कलेजका चिकित्सक र विद्यार्थी समर्थन र ऐक्यवद्धता जनाएको थिए। विद्यार्थी सम्झौता नभएमा शनिबार दुई बजे माइतीघर मण्डलामा ऐक्वद्धता सभ गर्ने घोषणा गरेका छन्।
उनलाई विहानै पूर्व मुख्य सचिव लिलामणि पौडेललेसमेत भेटेर ऐक्यवद्धता जनाएको थियो। सोक्रममा केसीको केही दिनअघि प्रशारित अर्न्तवाताको प्रसङ उठेपछि दुबै एकैपटक रोएपछि अनशनस्थलको वार्तावरण भावुक बनेको थियो।
स्वास्थ्य अवस्था
अनशनको १२ औ दिन डा.गोविन्द केसीको स्वास्थ्य झन् गम्भीर बन्दै गएको छ। विहीबार राति अचानक रक्तचापको मात्रा निकै तल झरेपछि चिकित्सकहरुले यस्तो समस्य दोहोरिई रहँदा मुटुमा गम्भीर खालको समस्या आइपर्ने जोखिम औल्याएका छन्।
डा.केसीको स्वास्थ्य अवस्थाबारे जारी हेल्थ बुलेटिनमा डा.दिब्यासिंह शाहले स्वास्थ्य अवस्था खराब भएपनि निरन्तर अक्सिजन र नर्मल स्लाइन दिइराखिएको बताइन्। डा.केसीको शरीरमा विभिन्न खालका लवण र सुगरका मात्रा पनि निकै कम अवस्थामा छ। डा.सिंहले अनशन जारी रहँदा गम्भीर खालको जोखिमसमेत आउँनसक्ने भन्दै यो अवस्थाले स्वास्थ्यमा दीर्घकालिन असरसमेत पर्नसक्ने बताइन्।
सबै तस्विर टेकनारायण भट्टराई