काठमाडौं— डा.गोविन्द केसीको समर्थनमा चिकित्सक संघ आन्दोलनमा उत्रिए त्यसलाई असफल बनाइदिने निजी मेडिकल कलेजका सञ्चालकहरुले चेतावनी दिएपछि मुलुकभरिका चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघ आन्दोलनमा जानबाट हच्किएको छ।यसअघि संघले अनशनको तेस्रो दिनमै डा.गोविन्द केसीका माग पूरा गराउन आवाज उठाएको थियो।
साउन ८ मा केसीले माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अल्टिमेटम दिएसँगै संघले विभिन्न सरोकारवाला पक्षसँग अन्तरक्रिया थालेको थियो। त्यही बीच मेडिकल कलेज सञ्चालकहरुले दवाब बढाएका कारण डा. केसीको अनसन ९ औं दिनमा पुग्दासम्म संघ आन्दोलित हुन सकेको छैन।
मुलुकभरिका चिकित्सकहरुको छाता संगठन चिकित्सक संघका एक पदाधिकारीकाअनुसार आन्दोलन घोषणा गरे सबै मेडिकल कलेजले त्यसलाई असफल बनाइदिने चेतानवी दिएका छन्। त्यसै कारण गुणस्तरीय मेडिकल शिक्षाको पक्षमा अनसनरत डा.केसीको समर्थनमा संघले केही गर्न नसकेको हो।
अहिले आन्दोलनलाई कडा पार्न विभिन्न जिल्लाबाट चिकित्सकहरुले माग गरिरहेका छन्। अध्यक्ष डा.अञ्जनी झा भने कलेजका सञ्चालक पनि चिकित्सक डा.केसी पनि चिकित्सक भएको हुनाले अप्ठेरो अवस्था आएको जवाफ दिने गरेका छन्।
संघका अध्यक्ष, महासचिव लगायतका पदाधिकारीले त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आफूहरुसँग सल्लाह नै नगरी आन्दोलन कार्यक्रम घोषणा गरेको गुनासो समेत गर्ने गरेका छन्।
अध्यक्ष डा. झाले संघले धैयर्तापूर्वक सरकार जिम्मेवार बन्ला भनेर पर्खिएको नागरिकन्युजलाई बताए। 'हामीले डा.गोविन्द पोखरेलसमेत भेटेर दबाब दिइरहेका छौ,' उनले भने, 'धैयर्तालाई कमजोरी ठान्न भएन।'
संघका एक सदस्यकाअनुसार अघिल्लो पटक आउन लागेका मेडिकल कलेजहरु विरोधमा रहे पनि चलिरहेका कलेजहरु समर्थन गरेकोले संघ कडा आन्दोलनमा उत्रिएको थियो। केसी अनसनको ८ औं संघले जारी गरेको वक्तव्यमा समेत माथेमा प्रतिवेदन कार्यन्वयनको माग समेत उच्चारण गरेको छ। संघले आफूसमेत सहभागी भएका पूराना अनशनको क्रममा भएका सम्झौताको कार्यन्वयनका माग समेत गरेको छैन। डा.झाले भने 'डा.केसीको सबै माग भनिसकेको अवस्थामा माथेमा प्रतिवेदनको कुरा पहिलो माग नै हो।'
पाँचौं अनशनमा पनि संघका अध्यक्ष झा लामो समयसम्म सम्पर्कबिहीन भएर घर विदामा बसेका थिए। काठमाडौंका बरिष्ठ चिकित्सकहरु केसीको आन्दोलनमा समर्थन जुटेपछि संघले आन्दोलनको घोषणा गरेको थियो। संघ आन्दोलित भएसँगै सरकार लचक भएर माग सम्बोधन गर्नेगरी वार्ताको आह्वान गरेको थियो।
समानान्तर संघ गठनको गृहकार्य
मेडिकल शिक्षाको गुणस्तर र जनस्वास्थ्य जस्तो गम्भीर विषयलाई लिएर डा.केसीले अनसन गरिरहँदा संघको नेतृत्व आन्दोलनमा आउन हच्किएको निष्कर्ष निकाल्दै काठमाडौंका केही बरिष्ठ चिकित्सकहरु तथा युवा चिकित्सकहरुले समानान्तर संघ गठन गर्ने गृहकार्य थालेका छन्।
चिकित्सक संघ कलेज सञ्चालकको इसारामा चलेको भन्दै युवा चिकित्सकहरुले विभिन्न तहमा भेला गरेर नयाँ संगठन जन्माएर आन्दोलन चर्काउने तयारी गरिरहेको वीर अस्पतालमा कार्यरत एक युवा चिकित्सकले नागरिकन्युजलाई बताए।
'बुधबारसम्म बाटो हेर्छौ भएन भने धरान र काठमाडौमा एकैपटक भेला गरेर नयाँ संगठन घोषणा हुन्छ,' ती चिकित्सकले भने, 'चिकित्सक संघ कलेज सञ्चालकको इसारामा चल्नु दुर्भाग्यपूर्ण हो।'