काठमाडौं— महाभूकम्पको पाँच महिनापछि काठमाडौंको जीवनस्तर लगभग सामान्य भएको छ। देशभर ९ हजारभन्दा बढीको ज्यान जानेगरी आएको विपत्को सम्झना आइतबार काठमाडौं उपत्यकाले सांस्कृतिक रुपमा गरेको छ– गाईजात्रा मनाएर।गाइजात्रा मनाइरहेका काठमाडौं, भक्तपुर र ललितपुरका नेवार बस्तिहरुले संस्कृतिक रुपमा भूकम्पलाई सम्झाएका हुन्। परिवारमा ज्यान गुमाउनेहरुको आत्म शान्तिका लागि उनीहरुले आइतबार बिहानैदेखि बालकहरुलाई गाई बनाएर जात्रा देखाइरहेका छन्।
गाईजात्रा देखाइने काठमाडौंको मुख्य स्थान वसन्तपुर क्षेत्रमा आइतबार बिहानैदेखि भीड छ। गत वर्षहरुमा गाईजात्रा मनाउनेहरुको संख्या यति नहुने गरेको स्थानीय बताउँछन्।

बसन्तपुरमा गाई बनेका बालकलाई दूध खवाइँदै। तस्विरः प्रदीपराज वन्त/रासस
वसन्तपुरकी स्थानीय एवं संस्कृतिविद चुन्दा बज्राचार्य भूकम्पका कारण यो वर्ष गाईजात्रा निकाल्नेहरु बढेको बताउँछिन्। 'सम्भवतः गाईजात्रा मनाउनेहरुको यो भीड अहिलेसम्मकै ठूलो हुनसक्छ,' उनले भनिन्, 'परिवारमा एक भन्दा बढीको मृत्यु भएमा एक वा तीन वटा बच्चालाई गाईको भेषमा उतारिने चलन भएका कारण भीड बढेको हो।'
वसन्तपुरकै अर्का स्थानीय पनि गाईजात्रा मनाउनेहरु यो वर्ष बढेको बताउँछन्। 'अघिल्ला वर्षहरुमा टोलमा एक दुई मात्र मान्छेको मृत्यु हुने गरेको थियो,' बसन्तपुरस्थित झोछेँका स्थानीय गणपतिलाल श्रेष्ठले नागरिकन्युजसँग अनुभव सुनाए, 'यसपाली भूकम्पले धेरैको ज्यान लिएका कारण आज बिहान पनि भीड थियो अहिले पनि भीड सामान्य भैसकेको छैन ।'
मुखमा जुँगा, निधारमा टीका, ओठमा लाली र टाउकोमा सिङ बनाएर सजिएका जात्रा गाईरुपी बालकहरु टोलटोल घुम्दैछन्। हनुमानढोकामा बिहानैदेखि अनुहारलाई रङ्ग्याएर परम्परागत शैलीमा परिवारसँगै कुमारी घर अगाडिबाट जैशीदेगल, लगन, ब्रह्माटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, नरदेवी, टेङ्गाल, बाङगेमुडा, असन, इन्द्रचोकबालकुमारी हुदै हनुमानढोकाबाट फर्किए उनीहरु जात्रा मानाइरहेका छन्।
भूकम्पले काठमाडौंमा मात्रै १२ सय ३३ जनाको ज्यान लिएको थियो। यसबाहेक भक्तपुरमा ३ सय ३३ र ललितपुरमा १ सय ८० जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
नेवार समुदायमा आफन्तको निधनपछि उनीहरुको आत्मा शान्तिको लागि मृत्यु भएको वर्ष गाइजात्रा निकाल्ने परम्परा छ। बौद्ध नेवारहरु मृतात्माको मोक्षको कामना गर्दै र हिन्दुहरु स्वर्गबास हुने विश्वास राखेर गाईजात्रा निकाल्ने गर्छन्।
श्रेष्ठ, अमात्य, जोशी, महर्जन, नकर्मी, साही लगायत थर भएकाहरुले यो रिति मान्दै आएका छन्। 'यसरी हिँड्ने गाईको भेषलाई दुध, फलफुल र पैसा चढाउनेहरु पनि आफन्तको आत्माका लागि आएका हुन्छन्,' संस्कृतिविद् बज्राचार्य भन्छिन्।

गाईको भेसमा वसन्तपुर अाइपुगेका बालकलाई पैसा दिँदै महिला। तस्विरः प्रदीपराज वन्त/रासस
गाईजात्रा करिब साढे चार सय वर्ष अघिदेखि काठमाडौं उपत्यकामा मनाइँदै आएको मानिन्छ। राजा प्रताप मल्लले छोराको मृत्यु भैसकेपछि कान्छी रानीलाई चित्त बुझाउनका लागि मान्छे मरेका घरबाट गाईजात्रा निकाल्ने परम्परा बसाएको इतिहास पाइन्छ।
'रानीलाई तिम्रो मात्र होइन यत्रा जनताका आफन्तको पनि मृत्यु भएको छ भन्ने कुरा हनुमानढोका दरवारको झ्यालबाट देखाएका थिए,' संस्कृतिविद बज्राचार्य भन्छिन्, 'त्यसपछि रानीले चित्त बुझाइन तर उनी हाँस्न सकिनन् त्यसैले राजाले हँसाउनका लागि पनि उनले मान्छे खटाए ।'
पहिलेको समयमा घरबाट गाई नै घुमाउने चलन रहेकामा केही वर्षदेखि ब्रतबन्ध नगरेका बालकलाई गाईको भेषमा हिँडाउन थालिएको छ।
भक्तपुर र ललितपुरमा भने एकै ठाउँमा भेला गराएर संयुक्त रुपमा गाई निकालिने गरेको उनी बताउँछिन्। गाईको भेषमा नगर परिक्रमा गरेपछि साँझ हाँस्यव्यंग्य गर्ने गरिन्छ।
'यसरी गाइको रुपधारणपछि बेलुकी सामाजिक विकृतिप्रति व्यङग्य हान्ने गरिन्छ,' उनी भन्छिन्, 'राजा मल्लले पनि विहान यसैगरी रानीलाई सबै मान्छेका आफन्त मरेको भनि देखाएपछि रानीलाई हँसाउन हाँस्य व्यंग्य देखाएका थिए ।'