सरोगेसीमा मनपर्दी : शुभकामनापत्रले सेवा सञ्चालन
०९ भदौ २०७२
•
१५ मिनेट पाठ
सरोगेसीमा मनपर्दी : शुभकामनापत्रले सेवा सञ्चालन
काठमाडौं- सरकारले सरोगेसी (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) सेवासम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिनुभन्दा एक वर्षअघि नै राजधानीका अस्पतालले सरोगेसी सेवा सुरु गरेको खुलासा भएको छ।स्वास्थ्य मन्त्रालयले तयार पारेको विदेशीलाई सरोगेसी सेवा दिन अस्पतालमा हुनुपर्ने मापदण्डसम्बन्धी कार्यविधिलाई मन्त्रिपरिषदले २०७१ असोज २ गते पास गरेको थियो। तर राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालले डेढ वर्षअघि नै सरोगेसी सेवा सुरु गरेको खुलेको छ।




तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले २०७० साल पुस ३ गते नै ग्रान्डीलाई सरोगेसी सेवा शुभारम्भ भएकोमा शुभकामना नै दिएको भेटिएको छ। गलत मनसायले अस्पताले सो पत्र लिएको थाहा पाएपछि भने पौडेलले त्यसलाई जफत गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका थिए। तर स्वास्थ्य अधिकारीले निर्देशनलाई त्यसै थन्क्याइदिएका छन्।

मुख्य सचिवबाट शुभकामना सन्देशको पत्र लिएका बेला ग्रान्डीले अस्पताल सञ्चालन अनुमतिसमेत पाएकै थिएन। व्यावसायिक सरोगेसीमा कहलिएका थाइल्यान्ड र भारतमा यो सेवामा प्रतिबन्ध लागेपछि नेपाल भित्रिएका माफियाले कहिले सरकारी अधिकारीलाई प्रलोभन र प्रभावमा पारेर यस्ता दर्जनौं पत्र निजी अस्पतालले हात पारिसकेका छन्। उनीहरूले सरकारी अधिकारीबाट यस्ता पत्र लिन कहिले स्वास्थ्य मन्त्रालयमा सरोगेसीसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी पाऊँ भन्दै त कहिले शुभकामनाका नाममा पत्र लिएको पाइएको छ।

यसै क्रममा ग्रान्डी अस्पतालले पाएको पत्रको विवादमा पूर्वमुख्य सचिव पौडेलसमेत मुछिएका हुन्। पौडेलले ग्रान्डी अस्पतालका नाममा २०७० साल पुस ३ गते दिएको 'सरोगेसी सेवा शुभारम्भ भएकोमा शुभकामना' शीर्षकको पत्रमा ग्रान्डीले सन् २०१४ को जनवरीदेखि अत्याधुनिक प्रविधि प्रयोग गरी सरोगेसी प्रक्रियाबाट विदेशी आमालाई नेपाल ल्याई सुत्केरी गराउने सेवा प्रारम्भ गर्न लागेकोमा आफूलाई खुसी लागेको उल्लेख गरेका छन्। जबकि ग्रान्डीले सन् २०१५ जनवरीमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट दुई सय शऒ्ढयाको अस्पताल सञ्चालनको अनुमति पाएको थियो। यो आधारमा अस्पतालले सेवा सञ्चालनको अनुमतिसमेत नपाउँदै सरोगेसीका लागि विभिन्न निकायबाट पत्र लिएर सेवा दिँदै आएको पुष्टि भएको छ।

मापदण्डसम्बन्धी कार्यविधिलाई मन्त्रिपरिषदले पास गर्नुअघि राजधानीको अर्को अस्पताल ग्रान्डी सिटी क्लिनिकका लागि स्वास्थ्य मन्त्रालयको असम्बन्धित महाशाखा (कर्मचारी प्रशासन) का सहसचिव केदार बोगटीले २०७१ असोज २८ गते मापदण्ड पूरा गरेर सेवा दिन सक्ने ब्यहोराको पत्र दिएका थिए।

कानुन बनाउन बाटोसमेत नखुल्दै अस्पतालले गैरकानुनी रूपमा सञ्चालन गरेको सरोगेसी सेवाका लागि शुभकामना दिन नेपालका एक प्रतिष्ठित व्यापारीमार्फत आग्रह आएको मुख्य सचिवले अर्को पत्रमा स्वीकार गरेका छन्।

२०७० पुस ३ को सो पत्रमा पौडेलले अस्पतालले सन् २०१४ को जनवरीदेखि अत्याधुनिक प्रविधि प्रयोग गरी सरोगेसी प्रक्रियाबाट विदेशी आमालाई नेपालमा ल्याई सुत्केरी सेवा प्रारम्भ गर्न लागेकोमा खुसी लागेको उल्लेख गरेका छन्। उनले शुभकामना सन्देशमा यसप्रकारको प्रविधिबाट प्रदान गरिने सेवा नेपाल भित्याउन सफल भएको भन्दै अस्पताल परिवार र विशेषज्ञलाई बधाईसमेत दिएका छन्। उनले आगामी दिनमा अन्य विधामा पनि अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तरका स्वास्थ्य सेवा प्रदान गरी नेपालको स्वास्थ्य पर्यटनमासमेत टेवा दिन सकोस् भनी शुभकामना दिएका थिए। उनले पत्रमा अस्पतालबाट हुने सत्प्रयासमा सदा सहयोग गर्ने वचनबद्धतासमेत गरेका थिए।

स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले अहिलेसम्मको अवस्थामा नेपालमा कुनै पनि अस्पताल वा संस्थाले स्वदेशी वा विदेशी कसैका नाममा पनि सरोगेसी सेवा दिएको भए गैरकानुनी हुने बताए। 'मन्त्रिपरिषदले पनि कार्यविधि बनाएर आवश्यक र औचित्यपूर्ण लागे कानुन बनाउन मात्रै बाटो दिएको हो,' लोहनीले भने, 'कुनै निकायबाट पत्र गएकोबारे छानबिन भइरहेको छ भन्ने सुनेको हो।'

पौडेलले मुख्य सचिवबाट अवकाश पाउनु केही दिनअघि भने स्वास्थ्य मन्त्रालयलाई अर्को पत्र लेखेर पुरानो निर्णय गर्दा भएको त्रुटि सच्याउन प्रयास गरेका थिए। उनले चलानी नं ०७२/७३ ३७७ को पत्रमार्फत स्वास्थ्य सचिवलाई आफूले पुरानो मितिमा दिएको शुभकामना जफत गर्न निर्देशन दिएका छन्। स्रोतका अनुसार ग्रान्डीले पुरानो पत्र देखाएर कानुनी मान्यता पाएको भन्दै हिँडेपछि स्वास्थ्य अधिकारीहरूले मुख्य सचिवलाई सो पत्र बदर गर्ने पत्र दिन सल्लाह दिएका थिए। सो क्रममा पौडेलले आफूलाई 'अस्पतालले झुक्याएको' बताएका थिए।

तत्कालीन मुख्य सचिवले स्वास्थ्य सचिवलाई पठाएको पत्रमा आफूले विदेशी महिलालाई मात्र नेपालमा सरोगेसी सुविधा दिने गरी सेवा सञ्चालन गर्न लागेको बारेमा नेपालका एक प्रतिष्ठित व्यवसायीले अनुरोध गरेको र शुभकामना पत्रलाई विज्ञापनको माध्यम बनाएको पाइएकाले त्यसको सक्कलप्रति जफत गरी प्रयोगमा रोक्न आग्रह गरिएको छ। पौडेलले त्यसका लागि सन्देशको मस्यौदाप्रति साथै राखी आग्रह गरेको पत्रमा उल्लेख गरेका छन्।

उनले पत्रमा नेपाल सरकारले पारित गरेको नीतिअनुसार सरोगेसी सेवा सञ्चालन गर्ने मापदण्ड तोक्ने, अनुमति दिने र अनुगमन गर्ने कामलाई उच्च प्राथमिकतामा राख्ने अपेक्षासमेत राखेका छन्। उनले यो विषय विभिन्न मुलुकमा विवादित बनेको र यसले ल्याउन सक्ने समस्या सम्बन्धमा धेरै पूर्वानुमान गर्न सक्ने दक्षता र खुबी नभएको अवस्थामा यसको व्यवस्थापनलाई सुरुदेखि नै एकदमै निगरानी राख्नुपर्ने देखेको समेत पत्रमा उल्लेख गरेका छन्। 'नेपाली महिलालाई कुनै पनि हालतमा कोख प्रयोग गर्न दिनु हँुदैन भन्ने मान्यता म राख्छु,' पत्रमा उल्लेख छ।

पौडेलले मुख्य सचिव पदमा छँदै पठाएको पत्रलाई स्वास्थ्य सचिवले सामान्य प्रक्रियामा समेत पारेका छैनन्। स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ मुख्य सचिवले पत्र पठाएको बारे 'उहाँलाई नै थाहा होला' भनेर पन्छिन खोजे। 'कुन मितिमा आएको हो मलाई अहिले थाहा छैन, मुख्य सचिवज्यूले शुभकामना पठाउनुभयो भन्ने र त्यसलाई अस्पतालले उपयोग गर्यो भन्ने कुरा आयो,' उनले भने, 'छानबिन समितिको रिपोर्ट आएपछि हेरांैला।'

सरोगेसीलाई नेपालमा कानुनी मान्यता दिन मन्त्रालयकै संलग्नतामा स्वास्थ्य नीतिमा पार्नुका साथै मन्त्रिपरिषदमा प्रस्ताव लगिएको थियो। सो आधारमा मन्त्रालयका अधिकारीले हाल गैरकानुनी सरोगेसी सेवा दिइरहेका ग्रान्डी, ग्रिन सिटी, भेनस र ओम अस्पताललाई फरकफरक बहानामा पत्र दिइसकेका छन्। यो विषयमा छानबिन गर्न मन्त्रालयले केही दिनअघि मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीकै संलग्नतामा सरोगेसीलाई कानुनी मान्यता दिने खेल भइरहेको आरोप स्वास्थ्य मन्त्रालयकै उच्च अधिकारीले लगाइरहेका छन्। यो छानबिन पनि झारा टार्ने योजना मात्रै भएको उनीहरूको टिप्पणी छ।

छानबिन समितिले नेेपालमा कानुनी मान्यता पाइनसकेको सरोगेसी सेवा उपत्यका बाहिर पनि विस्तार भएको पाएको छ। स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले हाल सरोगेसी सेवा दिइरहेका राजधानीका चार अस्पतालका व्यवस्थापक एवं सरोगेट आमासँग कुराकानी गर्दा नेपालगन्ज, वीरगन्ज र विराटनगरमा पनि सरोगेसी सेन्टर खुलिसकेको तथ्य फेला परेको हो।

अर्कोतिर मन्त्रिपरिषदले कानुन बनाउन सैद्धान्तिक सहमति दिने गरी गरेको भनिएको निर्णयसम्बन्धी फाइलसमेत स्वास्थ्य मन्त्रालयबाटै गायब पारिएको छ। चिकित्सा महाशाखामा हुनुपर्ने फाइल सो महाशाखामा नभए पनि मन्त्रालयकै असम्बन्धित महाशाखाले सो फाइलका आधारमा कान्तिपथस्थित ग्रान्डी सिटी क्लिनिक एन्ड डाइगोस्टिक सेन्टरलाई २०७१ असोज २८ मा पत्राचार गरी सरोगेसी सेवाका लागि आवश्यक सम्पूर्ण पूर्वाधारबारे जानकारी दिँदै सेवा सुरु गर्न भनेको थियो। सोही आधारमा ग्रान्डी सिटीसँगै ओम, भेनस र ग्रान्डीजस्ता ठूला अस्पतालले पनि सरोगेसी सेवा दिइरहेका छन्। ठूला अस्पतालले भारतमा आइभी सेवा दिइरहेका अस्पतालका चिकित्सक र दलाललाई नेपाल भित्याएर सेवा प्रदान गरिरहेको पाइएको छ।

सरोगेसीका लागि आकर्षक गन्तव्य मानिने दुई मुलुक थाइल्यान्ड र भारतमा विकृति देखिएपछि त्यहाँ व्यावसायिक सरोगेसीमा प्रतिबन्ध लगाइएको छ। अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायतमा व्यावसायिक सरोगेसी बन्द छ।

प्रतिबन्ध लगाइएका देशमा सेरोगेसीका कारण लिंग पहिचान र भु्रण हत्या बढ्ने गरेको, एउटै महिलालाई पतिले दबाब दिएर पटक–पटक सेरोगेसी बन्न बाध्य गराउने गरेको, बच्चामा 'डाउन सिन्ड्रोम' देखिए लान अस्वीकार गर्ने, लिंगका आधारमा पनि लान नमान्ने हुनाले सेवा दिने देशमा ठूलो झन्झटसमेत निम्तिने गरेपछि ती देशहरूले यो सेवा बन्द गरेका थिए।

'सरोगेसी हब' मानिएका अधिकांश क्षेत्रमा सेवा बन्द भएपछि माफियाले नेपाललाई नयाँ गन्तव्यका रूपमा विकास गर्न खोजेको उच्च सरकारी अधिकारी बताउँछन्।

ग्रान्डीले भारतीय चिकित्सक डा. रीता बक्सीलाई यो सेवा सञ्चालन जिम्मा दिएको छ। उनले 'सरोगेसी नेपाल' नामक वेबसाइट खोलेकी छन्। बक्सीको फेसबुक पेजमा समेत यससम्बन्धी विज्ञापन छ। त्यसैगरी, ग्रान्डी सिटीले भारतीय डा. शिवानी सचदेव र डा. साहिल गुप्तालाई यो सेवा प्रदान गर्ने जिम्मा दिएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस