सामाजिक सञ्जालमा असामाजिक हर्कतविरूद्ध प्रहरी अाक्रामक
०९ भदौ २०७२
•
८ मिनेट पाठ
सामाजिक सञ्जालमा असामाजिक हर्कतविरूद्ध प्रहरी अाक्रामक
काठमाडौं– फेसबुक ट्वीटरलगायत सामाजिक सञ्जालका भित्ताहरुमा सामाजिक सद्भाव भड्काएर साम्प्रदायिक द्वन्द्व निम्त्याउने किसिमका स्टाटस र फोटोहरु पोष्ट गर्नेविरुद्ध प्रहरीले कडा कारवाही गर्ने चेतावनी दिएको छ।पछिल्लो समय संघीय सीमांकनको विषयलाई लिएर कैलालीको टिकापुर, रौतहटको गौरलगायत स्थानमा भड्किएको हिंसालाई सामाजिक सञ्जालमा जथाभावी पोष्ट गरिएपछि प्रहरी यस विषयमा गम्भीर देखिएको हो ।

'फेसबुक, ट्वीटरलगायत समाजिक सञ्जाललाई असामाजिक र अमर्यादीत बनाउनेहरुको खोजी, अनुसन्धान गरी कारवाही गर्ने विषयमा हामीले आवश्यक तयारी गरिरहेका छौं,' नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले नागरिकन्युजसँग भने, 'केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखासँगको समन्वयमा यस विषयमा कारबाही भइरहेको छ।'
11933611 957914394266255 339649012 n

फायरप्रूफ ज्याकेट लगाएर तालिम गर्दै  गरेका एक अमेरिकी नागरिककाे याे फाेटाेलार्इ साेमबार टिकापुरमा भएकाे घटनासँग जाेडेर फेसबुकमा दुष्प्रचार गरिएकाे थियाे ।

थरुहट–थारुवान प्रदेशको मागसहित कैलालीमा भएको प्रदर्शनमा दुई वर्षे बालकसहित ७ प्रहरीको हत्या भएपछि देश र विदेशका विभिन्न भागमा बस्ने नेपाली तथा गैरआवासीय नेपालीले सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्ति दिए।

सामाजिक सञ्जालका केही आक्रोशित प्रयोगकर्ताहरुले आ–आफ्ना रुचि र झुकाव रहेका समुदायको पक्षमा गृहमन्त्री बामदेव गौतमसहित केही राजनीतिक दलका नेता र नेपाल प्रहरीका एसएसपी रमेश खरेलको फोटो राखेर नक्कली अभिव्यक्तिहरु सार्वजनिक गरे। आफ्ना फोटाहरु राखेर खोलिएका नक्कली फेसबुक खाताबाट अमर्यादित अभिव्यक्ति प्रकाशित भएपछि एसएसपी खरेलले मंगलबार नै आफ्नो फेसबुक एकाउन्टबाट खण्डन गरे।

'मेरो फोटो राखेर मैरै नाममा कतिवटा फेसबुक एकाउन्ट खोलिएको छ ती सबैलाई बन्द गर्न मैले सम्बन्धित निकायसँग समन्वय गरेको छु,' एसएसपी खरेलले नागरिकन्यूजसँग भने, 'मेरो फोटासहित आएका विषयहरु निकै आपत्तिजनक छन्, त्यस्तो गर्नेलाई कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको छ।' सामाजिक सञ्जालमार्फत् हुने असामाजिक हर्कतहरु रोक्न आफूले विज्ञहरुसँग परामर्श गरिरहेको र प्रहरी संगठन पनि त्यो दिशामा रहेको उनले बताए।

सामाजिक सञ्जालमा किन हुन्छन् असामाजिक हर्कत ?

सामाजिक सञ्जालमा दिइने अभिव्यक्ति र गरिने क्रियाकलापमा एक किसिमको निर्भिकता हुने बताउँछन् सोसियल मिडिया एन्ड क्राइसिस म्यानेजमेन्टमा अमेरिकाबाट विद्यावारिधी गरेका एसएसपी राजीव सुब्बा। 'वास्तविक जीवनमा कसै सामु मुख खोलेर प्रस्तुत गर्न नसकेका कुण्ठाहरु, र कल्पनात्मक कुराहरु कतिपयले सामाजिक सञ्जानमा पोष्ट गर्छन्,' प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयमा कार्यरत एसएसपी सुब्बा भन्छन्, 'यसलाई 'डिसइन्हिबिशन इफेक्ट' भनिन्छ। समाजमा आफ्नो पहिचान स्थापित गर्ने सुसुप्त चाहनाले पनि यस्ता व्यवहारलाई निर्देशित गर्छ।'

लाज गालले, डरले र असंभव भएर वास्तविक जीवनमा कसैसँग व्यक्त गर्न नसकेको अभिव्यक्ति कतिपयले सामाजिक सञ्जालमा निर्भयका साथ पोष्ट गर्ने प्रवृत्ति देखिने उनले बताए। समाजबाट सिकेका कुरा सामाजिक सञ्जालमा देखिने भएकोले पनि समाजका हरेक व्यक्ति र समुदाय सदाचारतर्फ उन्मुख हुनुपर्ने उनको भनाइ छ।

उनका अनुसार सामाजिक सञ्जालहरुमै बनेका सेलिब्रेटी(फेसबुक सेलिब्रेटी, ट्वीटर सेलिब्रेटी) र मामाजिक जीवनका विभिन्न क्षेत्रका सेलिब्रेटी र आदर्श व्यक्तिहरुले असामाजिक पोष्टहरुका विषयमा खण्डन गरी सही सूचना प्रवाह गर्ने हो भने तथ्यहिन सूचनाहरु सामाजिक सञ्जालबाट हट्दै जाने छ।

'एसएसपी रमेश खरेलका नाममा खोलिएका नक्कली एकाउन्टबाट पोष्ट भएका सामग्रीका विषयमा मैले मंगलबार मेरा फेसबुक फ्रेन्ड र ट्वीटर फलोअर्सहरुलाई जानकारी गराएँ,' सोसल मिडिया विज्ञ एसएसपी सुब्बाले भने, 'अमेरिकामा एक तालिमकर्ताले फायर प्रुफ ज्याकेट लगाएर आगो सल्काएको फोटोलाई टीकापुरको घटनासँग जोडेर प्रचार गलत प्रचार गरिरहेको थियो। त्यस्ता फोटो सेयर गर्ने कतिपय सरकारी कर्मचारीहरुलाई नै मैले सही कुराको जानकारी मंगलबार नै गराएँ।'

सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी के हो ?

अनलार्इनमार्फत् प्रयाेग गरिने सामाजिक सञ्जालले विश्वको एउटा कुनामा भइरहेको घटनालाई विश्वभरका मानिसको सामु एकसाथ र तुरुन्तै पुर्याउँछ। तर, 'ए सामाजिक सञ्जाल त हो नी' भनेर बेवास्ता गर्ने प्रवृत्तिले धेरै हानी पुर्याउँछ। त्यस्ताे प्रवृत्ति सबैले त्याग्नु पर्ने बताउँछन् सोसियल मिडिया विज्ञ एवं एसएसपी सुब्बा।

कुनै पनि विषयप्रति आम मानिसको धारणा सकारात्मक वा नकारात्मक बनाउन सोसियल मिडियाको भूमिका निकै प्रभावकारी हुने भएकोले सामाजिक सञ्जालमा असामाजिक हर्कतहरु कसैले पनि देखाउन नहुने उनको भनाइ छ। 'कसैलाई काटेको, जलाएको, मारेको, बलात्कार गरेको जस्ता विभत्स फोटो, भिडियो र पाठ्य सामग्री राख्नुअघि आफ्नो वा आफ्ना आफन्तको त्यस्तै भिडियो कसैले राखिदियो भने के होला भनेर एक पटक सोच्नु पर्छ,' उनी भन्छन्, 'गोपनियताको मर्यादा हरेक क्षेत्रमा पालना गर्नुपर्छ। सामाजिक सञ्जालमा झनै बढी ख्याल गर्नुपर्छ । आफूले प्रकाशित गर्ने सामग्रीले कसलाई कस्तो असर पार्छ भन्ने विषयमा आलोचनात्मक तरिकाले सोच्नु पर्छ।' 

फेसबुक, ट्वीटरलगायत सञ्जालमा आफ्ना साथी वा फलोअर्सले केही सामग्री पाेष्ट गर्नासाथ विचारै नपुर्याई तत्कालै शेयर, लाईक, कमेन्ट, रिट्वीट तथा फेबरेट गर्ने बानी त्याग्नु पर्ने उनको सुझाव छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस