काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरीका असई रामहरि कार्कीको जिम्मेवारी १० वर्षदेखि फेरिएको छैन। सामान्यतया हरेक २ वर्षमा एउटाबाट अर्को शाखामा सरुवा हुने प्रावधान भए पनि उनी एक दशकदेखि वातावरण व्यवस्थापन विभागको खटनपटन शाखामै कार्यरत छन्।कार्कीजस्तै सई मिनबहादुर थापा, असई श्याम मल्ललगायत १९ जना नगर प्रहरीको वर्षौंदेखि अर्को शाखामा सरुवा भएको छैन। उनीहरू सबै महानगरको फोहर व्यवस्थापनको जिम्मा पाएको वातावरण विभागअन्तर्गतको खटनपटन शाखामा कार्यरत छन्।
महानगरमा सर्वसाधारणसँग रकम उठाएर फोहर संकलन गर्ने निजी संस्थासँग मिलेमतोमा महानगरपालिकाकै स्रोतसाधन उपयोग गरी फोहर व्यवस्थापन गरिदिएवापत् हुने अतिरिक्त आम्दानीका कारण महानगरापालिकाभित्र खटनपटन शाखा आकर्षक मानिन्छ।
वडाको फोहर उठाउन गाडी परिचालनको जिम्मेवारी पाएको खटनपटन शाखाबाट अर्कोमा उनीहरूको सरुवा नहुनुको कारण फोहर व्यवस्थापनमा संलग्न निजी संस्थासँगको निकटता नै भएको महानगरपालिकाका कर्मचारी नै बताउँछन्।
महानगरको नीतिअनुसार व्यक्ति वा निजी संस्थाले सर्वसाधारणसँग शुल्क लिएर संकलन गरेको फोहर उनीहरूले नै सिसडोल लैजानुपर्छ। खटन-पटन शाखाका कर्मचारीले निजी संस्थाद्वारा संकलित फोहर महानगरकै सवारीसाधनमार्फत सिसडोल पुर्यापएर अतिरिक्त आम्दानी गर्ने गरेको महानगरपालिका स्रोत बताउँछ।
सेटिङकै कारण कुन ठाउँको फोहर व्यवस्थापन कसरी भइरहेको छ कुनै अनुगमन हुँदैन। ठमेलस्थित मल्ल होटलपछाडि, न्युरोडस्थित प्राइम बैंक तथा एभरेस्ट बैंकअगाडि, महाबौद्ध, नक्साल, स्वयम्भू, सिनामंगलस्थित केएमसी अस्पताललगायत ठाउँबाट निजी संस्थाले संकलन गरेको फोहर महानगरकै गाडीले सिसडोलसम्म पुर्या,उने गरेको छ।
सर्वसाधारणसँग अतिरिक्त शुल्क उठाउने संस्थाले फोहर आफ्नै सवारीसाधन प्रयोग गरी नुवाकोटको सिसडोल पुर्याधउनुपर्ने भए पनि महानगरपालिकाका कर्मचारीको मिलेमतोमा टेकुस्थित ट्रान्सफर स्टेसनसम्म मात्र पुर्या्उने गरेका छन्।
'खटनपटन शाखामा बसेर ठेकेदार (निजी संस्था)को सेटिङबाट आउने अतिरिक्त रकम माथिल्ला तहका अधिकारीसम्म पुग्ने भएकाले उनीहरुको सरुवा हुँदैन,' महानगरपालिकाका एक अधिकारीले भने, 'महाशाखा र विभागीय प्रमुख नै मिलेमतोमा संलग्न भएकाले खटनपटनमा उनीहरु आफूनिकटका कर्मचारीलाई सरुवा हुन दिँदैनन्।'
फोहर व्यवस्थापनको बहानामा हुने अतिरिक्त आम्दानीका लागि विभाग र शाखाले आफूखुसी कर्मचारी खटाउने गरेको छ। कुचिकार सुपरभाइजर, कुचिकार, नगरप्रहरीलगायत कर्मचारीलाई सफाइमात्र नभएर प्रशासनिक काममा समेत खटाइनु महानगरपालिकामा सामान्य भइसकेको छ महानगरपालिकामा। यसरी सफाइ कर्मचारीलाई प्रशासनिक जिम्मेवारी दिने रोग वातावरण विभागमा मात्रै हैन, महानगरपालिकाका सबै विभागमा फैलिसकेको छ।
वातावरण विभागअन्तर्गत ३२ नम्बर वडाकी कुचिकार सुपरभाइजर सरिता तिमिल्सिना, १ नम्बर वडाका विभिषण खतिवडालगायत २० जनाभन्दा बढी कर्मचारी सम्बन्धित वडाको प्रशासनिय काममा खटाइएका छन्।
एउटा सेवामा नियुक्ती पाएर अर्कोमा जिम्मेवारी पाउनेको सूचीमा नगर प्रहरीका हवल्दार राजन भट्टराई र जनस्वास्थ्य महाशाखाकी प्राविधिक कमला घिमिरे पनि हुन्। सुरक्षा सेवामा भर्ना भएका भट्टराई कानुन महाशाखामा कार्यरत छन्। जनस्वास्थ महाशाखाकी प्राविधिक घिमिरे कार्यकारी प्रमुखको सचिवालयमा खरिदारको जिम्मेवारीमा छिन्।
कर्मचारीलाई जथाभावी जिम्मेवारी दिइएको भन्दै महानगरको दलीय संयन्त्रसहितको नगरपरिषदले पटक–पटक पदअनुसार जिम्मेवारी तोक्ने निर्णय गरे पनि विभागीय प्रमुखले कार्यान्वयनमा बेवास्ता गर्दै आएका छन्।
'कतिपय कुचिकार सुपरभाइजरलाई आफू अनुकूल वडाको प्राविधिक र प्रशासनिक काममा समेत खटाइएको छ,' स्रोतले भन्यो, 'प्रमुखले आफन्त र अतिरिक्त आम्दानीमा विश्वासिला कर्मचारी खटाउने प्रवृत्ति मौलायो।'
काठमाडौंमा दैनिक ४ सय ५० टन फोहर उत्पादन हुन्छ। फोहर व्यवस्थापनमा महानगरपालिकाले वार्षिक ५५ करोड रुपैयाँ खर्च गरे पनि सडक र चोक हेर्दा खर्चको प्रभावकारीता आफैं प्रष्ट हुन्छ। बगैंचा स्याहार्न भर्ना गरिएका २५ भन्दा बढी कर्मचारीहरू कार्यालय सहयोगी, दर्ता चलानी, सर्जमिनमा बस्ने/खटाइने गरेको स्रोतले जानकारी दियो।
वातावरण व्यवस्थापन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले एउटा सेवामा नियुक्त कर्मचारी अर्को शाखा/सेवामा कार्यरत रहेको स्वीकारे। तोकिएको जिम्मेवारीबाहिर कार्यरत कर्मचारीको संख्या भने आफूलाई जानकारी नभएको उनले दाबी गरे।
'जुन कामका लागी महानगरले कर्मचारी भर्ना गरेको हो, त्यसभन्दा फरक काममा खटिएको सत्य हो, ' उनले नागरिकसँग भने, 'यसलाई सुधार्नुपर्छ।'
सबैभन्दा धेरै अस्तव्यस्त वातावरण विभागका प्रमुख कार्की पद अनुसारको जिम्मेवारीमा नखटाउँदा नियमित काममा अवरोध भएको स्वीकार्छन्। विभागीय प्रमुख सक्रिय भए मात्र यसको समाधान हुने भन्दै उनले कार्यकारी प्रमुख नै सक्रिय हुनुपर्ने बताए।
महानगर प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले समेत तोकिएको जिम्मेवारी बाहेक अरु काममा खटिने कर्मचारीको संख्या ठूलै रहेको स्वीकार्दै यसलाई सुधार्ने प्रयास गरिरहेको बताए।
समस्या समाधान गर्न अर्को सेवामा जान चाहनेका लागि आन्तरिक परीक्षाको व्यवस्था गर्ने तयारी गरिएको भन्दै उनले यही आर्थिक वर्षमा समस्या समाधान गर्ने बताए।