काठमाडौं- प्रविधिको विकाससँगै हरेक कुरा स्मार्ट बन्दै गएका छन्। पाँच वर्षअघिसम्म ठूला र भद्दा देखिने पुराना टिभी, कम्प्युटर, फ्रिज, मोबाइल, घडी लगायतका सामग्री स्मार्ट भर्सनमा आइसकेका छन्। घरायसी सामानदेखि ग्याजेटसम्मका स्मार्ट प्रविधिले मानिसलाई स्मार्ट बनाइरहेको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'स्मार्ट दम्पती' नामक नयाँ अभियान सञ्चालनमा ल्याएको छ।
सूचना प्रविधिको क्षेत्रमा आएको विकासलाई प्रयोगमा ल्याएर विवाहित दम्पतीको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन 'स्मार्ट दम्पती, स्मार्ट परिवार'को नारासहित शुक्रबारदेखि अभियान सुरु भएको हो। अभियानको सुरुवात गर्दै स्वास्थ्यमन्त्री खगराज अधिकारीले व्यवस्थित परिवार, आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन परिवार नियोजनको महŒव रहेकाले स्मार्ट अभियानको आवश्यकता रहेको बताए। उनका अनुसार प्रजनन उमेरका दम्पतीले साधनको प्रयोग बढाउँदै उपयुक्त, आदर्श परिवार निर्माण र स्मार्ट जीवन जिउनका लागि तीनवर्षे अभियान ल्याइएको हो।
नेपालमा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन परिवार नियोजन सेवा सुरु भएको ६० वर्ष भइसकेको छ। तर, आधुनिक साधनको प्रयोगदरमा उल्लेख्य सुधार भएको छैन। सरकारले परिवार नियोजनका आधुनिक साधनको प्रयोग बढाउन वार्षिक १५ करोडभन्दा बढी रकम खर्चिए पनि आधुनिक साधन प्रयोगमा वृद्धि हुनुको साटो झन् कमी आएको छ। मन्त्रालयको पछिल्लो सर्वेक्षणअनुसार देशभरमा प्रजनन उमेरका मानिसको आधुनिक साधनको प्रयोग दर ४३ दशमलव २ प्रतिशत छ। यो दर सन् २००६ को तुलनामा १ प्रतिशत कम हो। सन् २००६ मा नेपालका ४४ दशमलव २ प्रतिशत जनताले कुनै न कुनै प्रकारका परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका थिए।
साधन प्रयोग गर्ने संख्यामा ह्रास आएकाले नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गर्नसमेत कठिनाई हुने देखिएको छ। यो लक्ष्यअनुसार सन् २०१५ मा नेपालका ६७ प्रतिशत जनताले कुनै न कुनै प्रकारका परिवार नियोजनका साधन प्रयोग गरेको हुनुपर्नेछ। नयाँ पुस्तामा यस्ता साधनबारे पर्याप्त जानकारी नहुँदा र उपलब्धता सहज नभएकाले अभियानको अवधारणा ल्याइएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेती बताउँछन्।
उनका अनुसार नेपालमा अझै प्रजनन उमेरका कुल जनसंख्यामध्ये ३० वर्ष उमेरसम्मका महिला ५६ प्रतिशत रहे पनि १२ प्रतिशतले मात्र पहिलो गर्भ ढिलो गर्न परिवार नियोजन विधिको प्रयोग गर्ने गरेका छन्। यसैगरी, ३२ प्रतिशतभन्दा कमले पहिलो र दोस्रो बच्चाको जन्मान्तरको लागि यस्तो विधि अपनाएका छन्। त्यसकारण प्रजनन उमेर समूहका दम्पतीले चाहेको साधनको सहज उपलब्धता बढाउँदै कम उमेरमा बच्चा नजन्माउने, ढिलो उमेरमा बच्चा नजन्माउने, पहिलो बच्चा र दोस्रो बच्चाको अन्तर बढाउने, परिवार नियोजनका विषयमा परिवारमा खुलेर कुरा गर्ने स्मार्ट दम्पतीको संख्या बढाउन लागिएको हो।
'कक्षा १० मा अध्ययन गरिरहेकी छात्रा आमा बन्नुपर्ने अवस्था छ। यसले उनको शैक्षिकसँगै शारीरिक र आर्थिक पक्षमा पनि असर गरिरहेको छ,' उनले भने, 'यस्ता दम्पतीले धेरै बच्चा जन्माउने, जन्मान्तर नराख्ने गर्दा मातृ तथा शिशु मृत्युदरसमेत बढेको छ। यस्तो अवस्थालाई सुधार गर्न खोजिएको हो।'
सरकारले देशभरका सबै अस्पतालमा शल्यक्रिया गर्ने स्थायी र अस्थायी गरी ७ किसिमका, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा डिपो, पिल्स, कन्डम, आइयुसिडी र इम्प्लान्टगरी ५ थरी साधन उपलब्ध गराउनुपर्नेमा सबैमा यी सेवा उपलब्ध छैनन्। एक अध्ययनले करिब १० प्रतिशत स्वास्थ्य संस्थामा मात्र सबै साधन उपलब्ध भएको देखाएको छ। चाहेको समयमा साधन उपलब्ध नहुनु, रोजेको साधन नपाउनु र प्रयोगकर्ताले सही जानकारी नपाउँदा प्रयोगदरमा कमी आएको स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक बताउँछन्।
मन्त्रालयको पछिल्लो सर्वेक्षणले आधुनिक साधनको प्रयोगमा कमी भई परम्परागत विधि अपनाउनेको संख्या बढेको देखाएको छ। सन् २००६ मा ४ प्रतिशतले मात्र प्राकृतिक विधि अपनाउने गरेकोमा यो संख्या बढेर ७ प्रतिशत पुगेको छ। पढेलेखेका मानिसमा परिवार नियोजनका आधुनिक साधनको प्रयोग दर घट्दै गएको र प्राकृतिक विधि अपनाउनेको संख्या बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
प्रतिवेदनअनुसार एसएलसी वा सोभन्दा माथि अध्ययन गरेका १३ दशमलव १ प्रतिशत, माध्यमिक तहसम्म अध्ययन गरेका ८ दशमलव २ प्रतिशत, प्राथमिक तहसम्म अध्ययन गरेका ६ दशमलव ६ प्रतिशत र कुनै पनि शिक्षा हासिल नगरेका ३ दशमलव ९ प्रतिशतले परम्परागत विधिअन्तर्गत विर्य बाहिर झार्ने वा रजस्वलाको समय मिलाएर यौन सम्पर्क राख्ने गरेका छन्। यसमा पनि विर्य बाहिर खसाल्नेमा एसएलसी वा सोभन्दा माथि पढेका ११ दशमलव ३ प्रतिशत, माध्यमिक तहसम्म अध्ययन गरेका ७ दशमलव १ प्रतिशत, प्राथमिक तहसम्म अध्ययन गरेका ५ दशमलव ६ प्रतिशत र अशिक्षित २८ प्रतिशत रहेका छन्। यस्तै रजस्वलाको समय मिलाएर यौन सम्पर्क राख्नेमा एसएलसी वा सोभन्दा माथि पढेका १ दशमलव ८ प्रतिशत, माध्यमिक तह अध्ययन गरेका १ दशमलव १ प्रतिशत, प्राथमिक तह अध्ययन गरेका ० दशमलव ८ प्रतिशत र अशिक्षित १ दशमलव १ प्रतिशत रहेका छन्।