सात दिनभित्र कारबाही गर्न निर्देशन
३२ साउन २०७२
•
४ मिनेट पाठ
सात दिनभित्र कारबाही गर्न निर्देशन
काठमाडौं- फोहर व्यवस्थापनमा कर्मचारी र ठेकेदारको अनियमितताको समाचार प्रकाशनपछि काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले संलग्न कर्मचारीलाई सात दिनभित्र कारबाही गर्न निर्देशन दिएका छन्।




तामाङले सोमबार महानगरपालिकाको वातावरण व्यवस्थापन विभागलाई पत्र लेखी बदमासी गर्ने जोसुकैलाई कारबाही गरी जानकारी दिन निर्देशन दिएका हुन्। 'समाचार तथ्यपरक छ,' उनले भने, 'उचित छानबिन गरी कारबाही हुन्छ। यसअघि पनि यस्ता कुरा सुने पनि समाचारले कारबाही गर्ने आधार दिएको तामाङले बताए।

'गाईंगुईं सुन्दैमा कारबाही गर्ने कुरा भएन,' उनले भने, 'समाचार आएकै दिन पत्र पठाइसकें।' उनले सात दिनभित्र छानबिन गरी विभागसँग जबाफ पठाउन आग्रह गरेका छन्।

विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले पत्र बुझेर फोहर व्यवस्थापनमा गाडी व्यवस्थापन गर्ने खटनपटन शाखामा स्पष्टिकरण सोधेको बताए। 'भ्रष्टाचार गर्ने फटाहा हो,' उनले भने, 'उनीहरूलाई कारबाही गर्छौं।' कार्यकारीले दिएको समयभित्र जबाफ पठाउने उनले बताए।

ठमेलस्थित मल्ल होटलपछाडि, न्युरोडको प्राइम बैंक तथा एभरेस्ट बैंकअगाडि, महाबौद्ध, नक्साल, स्वयम्भू, सिनामंगलस्थित केएमसी अस्पताललगायत क्षेत्रबाट कर्मचारीको मिलेमतोमा फोहर उठाइने गरेको छ। महानगरपालिकाले सार्वजनिक ठाउँमा थुपारिएका फोहरमात्र तह लगाउनु पर्ने भए पनि निजी संघसंस्थासँग मिलेर त्यस्तो फोहर कर्मचारीले नै महानगरको गाडीमा उठाउने गरेका छन्।

घर र कार्यालयबाट फोहर उठाएबापत निजी संघसंस्था र ठेकेदारले चर्को रकम असुलेर पनि फोहर नुवाकोटको डम्पिङ्साइटमा नपुर्या ई कर्मचारीलाई रकम दिएर टेकुस्थित ट्रान्सफर स्टेसनसम्म मात्र पुर्यााउने गर्छन्।

निजी संघसंस्था र ठेकेदारले चोक, गल्ली र बाटोमा थुपारिदिएको फोहर सिसडोल पुर्या उन महानगरले वार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेको छ। त्यस्तो फोहर महानगरले सुरुमा टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपार्छ र त्यहा"बाट फेरि सिसडोल पुर्यागउ"छ।

दैनिक ४ सय ५० टन फोहर उत्पादन हुने काठमाडौंको फोहर व्यवस्थापनमा महानगरपालिकाले वार्षिक खर्च गर्ने ५५ करोड रुपैयाँमध्ये केही करोड भने मिलेमतोमा कर्मचारीकै खल्तीमा रकम पुग्ने गरेको छ।

वर्षौंअघि 'फोहरलाई मोहर' बनाउने योजना ल्याएको महानगरले मिलेमतोमा करोडौं कुम्ल्याउने कर्मचारीमाथि अहिलेसम्म अनुगमनसमेत गरेको छैन। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा रहेका करिब ८ वटा मजदुर युनियनले संस्था चलाउने नाममा यसरी मिलेमतो हुने गरेको बताउँदै तल्लोदेखि माथिल्लो स्तरका कर्मचारीको मिलेमतोमा लुट हुने महानगर स्रोत बताउँछ।
अर्को समाचार
अनुमतिपत्रमाथि कारबाही गर्न फेरि अख्तियारको पत्र
१५ पौष २०७१
•
२ मिनेट पाठ
अनुमतिपत्रमाथि कारबाही गर्न फेरि अख्तियारको पत्र
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन अनुमतिपत्रका लागि दिइएका आवेदनमा कुनै कारबाही नगरेको भन्दै ३० दिनभित्र कारबाही टुंग्याउन ऊर्जा मन्त्रालय र विद्युत विकास विभागलाई निर्देशन दिएको छ।ऊर्जाले आफूखुसी विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरेको र वर्षौंदेखिका निवेदनउपर कारबाही नगरी अनियमितता गरेको भन्ने उजुरीका आधारमा आयोगले निर्देशन दिएको हो। आयोगका अनुसार २०६२ फागुन २५ देखि उत्पादन र अध्ययन अनुमतिपत्रका लागि दिइएका पाँच सयभन्दा बढी जलविद्युत आयोजनाको अनुमतिपत्रको निवेदनउपर हालसम्म निर्णय गरिएको छैन।
विद्युत ऐन, २०४९ अनुसार जलविद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र ३० र उत्पादनको अनुमतिपत्र एक सय २० दिनभित्र जारी गर्नुपर्छ। तोकिएको अवधिभित्र अनुमतिपत्र जारी गर्ने वा नगर्ने विषयमा निर्णय गरी टुंगो लगाएको नदेखिएकाले पुराना निवेदनको औचित्य हेरी अनुमतिपत्र जारी गर्ने वा नगर्ने सम्बन्धमा ३० दिनभित्र कारबाही टुंग्याउन निर्देशन दिएको आयोग प्रवक्ता श्रीधर सापकोटाले बताए।
उनले भने, ‘कारबाहीको टुंगो लगाई आयोगलाई जानकारी गराउन र कुनै पनि कारणले रद्द भएका अनुमतिपत्र सरकारको बास्केटमा आउने गरी काम गर्न ताकेता गरिएको छ,' उनले भने, ‘यसरी सरकारी बास्केटमा ल्याइएका अनुमतिपत्र समेत मूल्यांकनका आधारमा प्रतिस्पर्धामार्फत सक्षम कम्पनी वा व्यक्तिलाई प्रदान गर्न भनिएको छ।'
सक्षम कम्पनी वा व्यक्तिलाई अनुमतिपत्र दिने व्यवस्थाका लागि जलविद्युत आयोजना अनुमतिपत्र सम्बन्धी निर्देशिकामा परिमार्जन गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम ऊर्जा मन्त्रालयलाई पत्राचार गरेको छ। कारबाही टुंग्याउनुपर्नेमा एक मेगावाटभन्दा साना धेरै आयोजना छन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस