काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन दिनभित्र नेपाल पर्यटन बोर्डको काम कारबाही सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ। काम सुचारु नभए सम्बद्ध सबैलाई कारबाही गर्ने चेतावनी पनि उसले दिएको छ।अख्तियारले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेलाई पत्राचार गरी पर्यटन बोर्डको काम सुचारु गराउन निर्देशन दिएको हो। घिमिरे पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष पनि हुन्।
'आन्तरिक द्वन्द्वका कारण धर्ना गरी ५२ दिनदेखि पर्यटन बोर्डजस्तो संवेदनशील क्षेत्र ठप्प पार्नु, बोर्डका प्रमुख अनुपस्थित हुनु र अन्य कर्मचारी हाजिर गरी काम नगरी तलबभत्ता तथा सुविधा लिइरहेका छन्,' अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'पर्यटकलाई सेवा दिनुपर्ने कार्यालय महिनौं ठप्प हुँदा पनि तालुक मन्त्रालय पर्यटनले समस्या समाधान गर्न कुनै प्रयास गरेको देखिएन।'
अख्तियारले बोर्डको काम तीन दिनभित्र सुचारु नगरे पर्यटन मन्त्रालयका अधिकारी, पर्यटन बोर्डका अधिकारी तथा सम्बद्ध सबैलाई आयोग ऐन २०४८ अनुसार कारबाही अगाडि बढाइने चेतावनी पनि दिएको छ।
करिब तीन दर्जन पर्यटन संघसंस्था सहभागी संयुक्त पर्यटन समन्वय समितिले पर्यटन बोर्डको पछिल्लो पाँच वर्षको हिसाबकिताब छानबिन हुनुपर्ने, बोर्डका प्रमुख कार्यकारी सुभाष निरौलालाई पदमुक्त गर्नुपर्ने र बोर्ड सञ्चालक समितिमा निजी क्षेत्रको सिफारिसमा सदस्य नियुक्त हुनुपर्ने प्रमुख माग राख्दै विरोध गरिरहेको छ।
छानबिन समितिमा सदस्य थपिए
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डमा जारी विवादबारे छानबिन गरी प्रतिवेदन पेस गर्न गठन गरेको समितिमा दुई सदस्य थपेको छ।
मन्त्रालयले गत वैशाख २८ मा सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठन गरेको उक्त समितिमा अर्थ मन्त्रालयको उपसचिव स्तर र पर्यटन मन्त्रालयका लेखा अधिकृत ध्यानकुमार राई सदस्य थिए। त्यसपछि जेठ २५ मा भीमप्रसाद पन्त र अच्युत गुरागाईं सदस्य थपिएका थिए।
पर्यटन मन्त्री स्तरीय निर्णयअनुसार बुधबार नवराज पाण्डे र पर्यटनका कानुन अधिकृत उत्तमप्रसाद खरेल सदस्य थपेर सात सदस्यीय समिति बनाइएको हो। छानबिन समितिले काम सुरु गर्न लागेकाले पर्यटन समन्वय समितिलाई बोर्ड परिसरमा जारी विरोध कार्यक्रम तुरुन्त स्थगन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।