काठमाडौं- विदेशमा स्थायी बसोबासनिम्ति अनुमति (डिभी/पिआर) लिएका कर्मचारीले काम छाड्नुपर्ने गरी कानुन आएपछि ४१ कर्मचारीले अनिवार्य अवकाश अगावै पदबाट राजीनामा दिएका छन्।डिभी/पिआर लिइसकेर पनि निजामती सेवामा अल्भि्करहेका कर्मचारीलाई एक महिनाभित्र दुईमध्ये एक रोज्न निर्देशन गरिएकोमा सो अवधिमा ४१ कर्मचारीले राजीनामा गरे पनि उनीहरूले कारण भने घरायसी देखाएका छन्।
डिभी/पिआर वा जागिरमध्ये एक रोज्न दिइएको म्यादभित्र विभिन्न तहका ४१ जनाले घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिई पेन्सनपट्टा बनाउन धाइरहेको निजामती किताबखानाले बिहीबार जानकारी दिएको छ।
निजामती सेवा ऐन २०४९ चौथो संशोधन विधेयक पारित भई लागू भएको एक महिनामा डिभी/पिआर लिएकाले जानकारी दिनुपर्ने निर्देशन दिइएकामा धेरैजसोले घरायसी र केहीले कारण नखुलाई राजीनामा दिएको सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको किताबखानाका प्रवक्ता दुर्गादत्त ढकालले जानकारी दिए।
यस अवधि (साउन २४ भित्र) मा कतिपयले डिभी/पिआरनिम्ति नभनी घरायसी कारण उल्लेख गरेर काम छाड्न चाहेको हुन सक्ने उनले जानकारी दिए। सरकारले २८ गतेसम्म म्याद दिएको थियो।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले पनि राजीनामामा उनीहरूले डिभी/पिआर पाएको विवरण नखोलेको बताए। 'सरकारले डिभी/पिआरधारीलाई बिहीबार ५ बजेसम्मको समयमा विवरण मात्र पेस गर्न भनेकामा कतिपयले सिधै राजीनामा दिएको चर्चा सुनिएको छ,' उनले भने।
प्रवक्ता अधिकारीले किताबखानामा दर्ता भएका राजीनामाको प्रकृतिबारे थप प्रस्ट पार्दै भने, 'सरकारी कार्यालयबाट राजीनामा दिनेहरूको संख्या मन्त्रालयमा आउँदैन, कानुन बनेपछि आएका राजीनामाको प्रकृति हेर्दा डिभी/पिआरकै कारण छाडेको भन्न सकिन्छ।'
राजीनामा दिएकामध्ये कति जनाले डिभी वा पिआर लिएको भन्ने तथ्यांक सरकारसँग छैन। संशोधित ऐनले यो लागू हुनुअघि स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिका लागि आवेदन दिएका प्रत्येक कर्मचारीले स्वयं घोषणा गरी विवरणसहित आफ्नो कार्यालयमा जानकारी दिनुपर्ने भए पनि त्यस्तो विवरण लुकाइएको देखिन्छ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कतिपयले घरायसी कारण देखाएरै राजीनामा दिन 'चोर बाटो' अपनाएको बताए। 'डिभी/पिआरधारीहरूले उम्कन घरायसी कारण देखाएर चोरबाटोबाट राजीनामा दिए होलान्,' उनले नागरिकसँग भने, 'अब थप एक महिना डिभी र पिआर त्यागेर राष्ट्रसेवामा फर्कन चाहनेलाई समय ऐनले दिएको छ। त्यस अवधिमा पनि सबै चुपचाप काम गरेर बसेको पाइए उनीहरूमाथि कारबाही हुन्छ।'
घरायसी कारण राजीनामा गरेर बच्नेलाई पनि पहिचान गरिने उनले बताए। 'विस्तारै संख्या थाहा हुन्छ,' उनले भने।
कर्मचारीले आफ्नो नाम, थर, सेवा, समूह, उपसमूह र हालको पदसहित स्थायी आवासीय अनुमति लिएको भए त्यसको वा त्यस्तो अनुमति निम्ति आवेदन दिएको भए त्यसको मितिसहित कार्यालयमा जानकारी दिनुपर्ने भनिए पनि त्यस्तो विवरण उपलब्ध छैन।
ऐनमा डिभी/पिआर पाएको देशको नाम र लिएको स्थायी आवासीय अनुमति परित्याग गर्न वा त्यस्तो अनुमतिका लागि दिएको आवेदन रद्द गराउन इच्छुक भए/नभएको कारण समेत खुलाउनुपर्ने उल्लेख छ।
किताबखानाका अनुसार यो विषयको हल्ला चलेदेखि नै राजीनामा दिनेको संख्या बढ्दो छ। पछिल्लो वैशाखमा मात्र ७३, जेठमा ५८, असार ३५ र साउनको २४ गतेसम्म ३८ जनाले नियमित अवकाश अगावै राजीनामा दिइसकेका छन्।
'एक वर्षअघि नै यसरी राजीनामा दिनेको संख्या ह्वात्तै बढेको छ,' किताबखाना प्रवक्ता ढकालले भने, 'कतिपय कार्यालयमा डिभी/पिआर परेर पनि राजीनामा दिएकाहरूले भने अहिलेसम्म पेन्सनपट्टाको दाबी पनि गर्न आएका छैनन्। त्यसैले राजीनामा दिनेको संख्या यसभन्दा पनि बढी हुन सक्छ।'
अर्थ मन्त्रालयका राजस्व सचिव नवराज अधिकारीले पनि ग्रिनकार्ड लिएर राजीनामा दिए पनि उनले अहिलेसम्म पेन्सन दाबी गर्न किताबखाना नपुगेको उनले बताए। यसबाहेक, भैरहवा भन्सारप्रमुख लावण्य ढकाल पनि ग्रिनकार्ड लिएर दाबी गर्न नआएको हुन सक्ने उनले जानकारी दिए।
साउन १९ गते नै अनिवार्य अवकाश पाएका पूर्वसचिव तुलसी सिटौलाको भनाइले पनि यो प्रस्ट हुन्छ। उनी सरकारी सेवामै रहेका बेला दुई उपसचिव र एक अधिकृतले घरायसी कारण देखाएरै राजीनामा दिएका थिए। तर उनीहरूले पिआर पाएर यस्तो निर्णय लिएको आफूले सुनेको सिटौलाले सुनाए। उपसचिवद्वय बुद्धि गुरुङ तथा रोशन श्रेष्ठ र अधिकृत भूपाल पाण्डे राजीनामा दिए पनि पेन्सनका लागि किताबखाना गएका छैनन्।
मन्त्रालयका प्रवक्ता अधिकारीले संशोधित ऐनले डिभी वा पिआरधारीले पेन्सन तथा उपदान पाउने/नपाउने प्रस्ट नगरेको जानकारी दिए। 'ऐन लागू भएको एक महिना (बिहीबार साँझ) सम्म डिभी/पिआर लिएको जानकारी आफ्नो कार्यालयमा नदिएकामा पछि कार्यालयले थाहा पाए कारबाही हुन्छ,' उनले भने, 'त्यस्ता कर्मचारीले पेन्सन र उपदान पनि पाउँदैनन्। बिमा र सञ्चयकोष रकम मात्र पाउँछन्।'
डिभी/पिआर छाडेर निजामती सेवालाई निरन्तरता दिएको जानकारी थप ३० दिनभित्र दिन पाउने नियम ऐनमा छ। 'अहिले कतिपयले डिभी/पिआर पाएर राजीनामा दिएको हल्ला छ,' उनले भने, 'सरकारसँग प्रमाण छैन। प्रमाण भए छानबिन गर्न सकिन्थ्यो।'
विवरण दिने समयसीमा बिहीबारै सकिएकाले अबको १५ दिनसम्म सम्बन्धित कार्यालयले सामान्य मन्त्रालयलाई विवरण पठाउने अधिकारीले जानकारी दिए। गत वर्ष साउनमा ३७, भदौमा ४२, असोजमा २५, कात्तिकमा ३ सय २१, मंसिरमा २ सय ५५, पुसमा १ सय १५, माघमा ८१, फागुनमा ७४ र चैतमा ४० जनाले राजीनामा दिएको विवरण मन्त्रालयसँग छ। 'दसैंभत्ताको लोभले राजीनामा दिने बढी रहेकाले यो संख्या कात्तिक, मंसिरमा बढी देखिन्छ, यसबाहेक विवादमा परिने डरले पनि राजीनामा दिएका हुन्छन्,' अधिकारीले भने, 'कतिपयले विधेयक आउने हल्ला भएदेखि नै राजीनामा दिएका हुन सक्छन्।'
सरकारी कर्मचारीले विभिन्न बहानामा विदेश पुगेर उतै नागरिकता, पिआर लिने र डिभी भरेर त्यो अवसर पाउनेक्रमले कर्मचारीमा विदेशमोह बढेको र आफ्नो दायित्वप्रति ध्यान नदिएको भन्दै मन्त्री पण्डितको एक वर्षभन्दा लामो प्रयासपछि असार २९ गते निजामती ऐन संशोधन लागू भएको थियो।