काठमाडौं— सहरी यातायात सेवामुखी बनाउन काठमाडौं महानगरपालिकाले साझा यातायातलाई ६ महिनाभित्र १० करोड रुपैयाँ बराबरका बस खरिद गरी स्वामित्व हस्तान्तरण गर्ने भएको छ । उक्त रकम बराबरका शेयर पाउने गरी महानगरपालिकाले साझालाई बस दिने सहमति मंगलबार भएको हो।
तर बसको संख्या, स्तर र लागतबारे अध्ययन गर्न बाँकी नै रहेको जनाउँदै दुवै निकायले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुवै पक्षले १९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा प्रयोग गर्ने यात्रुुलाई सुविधा दिने र सार्वजनिक यातायात विश्वसनीय बनाउन सेवामूलक सहरी बस सञ्चालन गर्ने जनाएका छन् ।
सहमतिपत्रमा महानगरपालिकाका तर्फबाट प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर गरेका थिए ।
'महानगरवासी सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्ध गाँस्न यस्तो प्रयास गरेका हौं,' सम्झौतामा हस्ताक्षरपछि महानगर प्रमुख तथा कार्यकारी तामाङले भने, 'एक साताभित्र टेन्डर प्रक्रिया थाल्छौं ।' नाफा आर्जनभन्दा पनि महानगरवासीलाई सेवा दिन लगानी गरेको उनले बताए ।
'राति ९ बजेपछि नै सडकमा बस हुँदैनन्, खासगरी सहरमा यात्रुले राति यातायातका साधन नपाउने स्थिति अन्त्य गर्ने महानगरपालिकाको प्रयास हो,' उनले भने, 'आवश्यकताअनुसार राति ११ देखि १२ बजेसम्म बस सञ्चालन हुनेछन् ।'
बस खरिद गरेको सट्टा साझाको व्यवस्थापनमा सहभागी हुने गरी महानगरपालिकालाई स्वामित्व दिइने सम्झौतामा उल्लेख छ । वस्तुगत तथा नगद लगानीका आधारमा साझाको शेयर महानगरपालिकाले पाउने पनि उल्लेख छ । साझाको सञ्चालक समितिमा महानगरपालिकाका एक जना सञ्चालक रहनेछन् ।
सम्झौतापछि साझाका अध्यक्ष दीक्षितले सार्वजनिक यातायातमा महानगरपालिकाले गरेको लगानीको सराहना गरे । 'साझाले सेवा सुचारु गर्दा ठूला बसले सडक जाम गर्छ भन्थे,' उनले भने, 'तर हाम्रो अनुभवले यस्तो देखाएन । त्यसैले अब पनि ठूला बस नै हाम्रो प्राथमिकतामा हुनेछन् ।'
काठमाडौंका चौडा बाटोमा ठूला बस सञ्चालन गर्ने लक्ष्यअनुसार साझा अघि बढेको दीक्षितले बताए । सस्तो, सुलभ र सुरक्षित यातायात सेवा दिनु पनि साझाको लक्ष्य रहेको उनले जानकारी दिए । 'सहरी बस सञ्चालन गर्दा नाफा नै हुन्छ भन्ने छैन,' उनले भने, 'हामीले बिहान, दिउँसो र राति निरन्तर सेवा दिँदा नाफा नहुन सक्छ । त्यसैले सेवालाई नाफा कमाउने भन्दा सेवामुखी भावनाले हेरिनुपर्छ ।'
बस खरिद गर्दा बसको प्राविधिक विशेषता साझासँग समन्वय गरी खरिद हुने सम्झौतामा छ । बस सञ्चालन भएको मितिको १५ दिन भित्र साझामा पुँजीका रुपमा बसको मूल्य बराबरको रकम महानगरपालिकाको शेयर लगानीमा स्वतः परिणत हुने पनि सम्झौतामा उल्लेख छ ।
स्वामित्व हस्तान्तरण गरिएका बसको सञ्चालन, रेखदेख, मर्मतसंभार तथा बिमाको दायित्व साझाको हुने छ । बसको बाटो इजाजत (रुट पर्मिट)लगायत आपसी सहमतिमा बस सञ्चालन परार्मश समितिको गठन गरेर टुंगो लगाइने छ । बस सञ्चालन गुणस्तरीय, विश्वसनीय र प्रभावकारि बनाउन नियमित अनुगमन र सुपरिवेक्षण गर्न दुवै पक्षका प्रतिनिधि रहने अनुगमन तथा मूल्याकंन समिति गठन गरिने छ ।
डिजिटल टिकट प्रणाली लागू गरिने र कार्ड सिस्टम व्यवहारमा ल्याई आर्थिक चुहावट रोक्ने, बसको सफाइ, कर्मचारीको पोसाक र शिष्ट भाषा प्रयोगलगायत अनुशासित कर्मचारी व्यवस्था साझाले नै व्यवस्थापन गर्ने छ ।
बिहानदेखि बेलुकीसम्म सञ्चालन गर्न, आर्थिक, पर्यटकीय तथा धार्मिक स्थलसम्म सेवा पु¥याउने गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिई पर्यटन प्रर्वद्धन हुने गरी साझाले बस सञ्चालन व्यवस्थापन गर्ने जनाएको छ ।
रात्री बस सेवा असफल भएपछि महानगरपालिकाले साझामा लगानी गर्न लागेको हो । काठमाडौं र ललितपुर जिल्लाका दुई रुटमा १६ वटा बस सञ्चालन गरिरहेको साझालाई राति अबेर र सवैरै यातायात सञ्चालन गर्न महानगरपालिकाले चालू आवमा लगानी गर्न रकम विनियोजन गरिसकेको छ ।
महानगरपालिकाले विसं २०६९ भदौ १ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बागमती अञ्चल समितिसँग रात्री बस सञ्चालनको सम्झौता गरे पनि व्यवसायीले सम्झौताअनुसार बस सञ्चालन गरेका थिएनन् । राति यात्रुको संख्या न्यून भएका कारण महानगरपालिकाले व्यवसायीलाई सुरुका ६ महिना ४५ लाख रुपैयाँ दिएको थियो । त्यसपछि घाटा भएको भन्दै उनीहरुले बस सञ्चालन बन्द गरेका थिए । त्यसपछि अख्तियारले फेरि सेवा सञ्चालन गर्न विसं २०७१ भदौ १० गते निर्देशन दिएको थियो । तर व्यवसायीले सञ्चालन गरेकोजस्तो गरे पनि अहिले सेवा बन्द छ ।
साझा यातायात साझा यातायात सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित छ । साझामा ६३ वटा सरकारी निकायको ७२.५९ प्रतिशत, विभिन्न ८ वटा संघसंस्थाको ७.२६ प्रतिशत र १ सय ४१ जना सर्वसाधारणको २०.१५ प्रतिशत शेयर छ । साझाले ५ करोड ५४ लाख रुपैयाँमा २०७० वैशाख १ गते उपत्यकाका दुई रुटमा बस सञ्चालन गरिरहेको छ ।