पहिरोमा १० को मृत्यु, एकै परिवारका पाँच परे
२६ साउन २०७२
•
११ मिनेट पाठ
पहिरोमा १० को मृत्यु, एकै परिवारका पाँच परे
डाेटी/गुल्मी—अविरल वर्षापछि सोमबार राति विभिन्न तीन जिल्लामा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ । केही घाइते छन् भने दर्जनौं परिवार विस्थापित छन्। प्रहरीका अनुसार पहिरोमा पुरिएर डोटीमा एकै परिवारका पाँचसहित ६, गुल्मीमा एकै परिवारका ३ र दोलखामा एक गरी जनाको मृत्यु भएको छ । 

भारी वर्षासँगै पहिरो जाँदा डोटीको डौड र तोलेनी गाविसमा करिब ७० ठाउँ पहिरो गएका छन् । डौडमा एकै परिवारका ५ जनासहित ६ जनाको मृत्यु भएको हो । ३२ भन्दा बढी परिवार विस्थापित छन् । 

डौड–३, भल्माका डम्बरबहादुर विष्टको घर पहिरोले पुर्दा उनकी श्रीमती र छोराछोरीसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर चन्दले जानकारी दिए । 

विष्टकी ३७ वर्षीया श्रीमती देवादेवी विष्ट, दुई छोरा १३ वर्षीय हर्क विष्ट र वीरेन्द्र विष्ट, दुई छोरी आठ वर्षीया सरु विष्ट र आठ महिनाकी भावना विष्टको मृत्यु भएको हो । घाइते डम्बरबहादुरको डौड स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

सोही गाविसको वडा नम्बर १ मा पहिरोले घर पुर्दा ८३ वर्षीया चन्द्रकलादेवी सिंहको पनि मृत्यु भएको छ । डौड र तोलेनी गाविस सचिव लालबहादुर बोगटीका अनुसार दुवै गाविसमा रहेका तीन लघुजलविद्युत आयोजनामा पनि पहिरोबाट ठूलो क्षति पुगेको छ । तोलेनीमा रहेको साइँलीगाड लघुविद्युत आयोजना  (तेस्रो) को पावरहाउस पुरिएको छ । डौडकै साइँलीगाड (पहिलो) र (दोस्रो) को पनि नहर तथा प्रसारण लाइन बिग्रेका छन् । साइँलीगाडमै रहेको दुवै गाविस जोड्ने झोलुंगे पुलमा पनि बाढीले क्षति पु¥याएको छ । 

‘दुवै गाविसमा दर्जनौं पशुचौपाया पनि मरे,’ गाविस सचिव बोगटीले भने, ‘खेतीयोग्य जमिन बगेको छ, क्षतिको विस्तृत विवरण आउन केही समय लाग्छ ।’

उनका अनुसार दर्जनभन्दा बढी घर पहिरोमा पुरिएका छन् । थुप्रै घर भत्किएका छन् । बाटाघाटामा पनि व्यापक क्षति पुगेको छ । ‘दुवै गाविसमा ठूलो भौतिक क्षति भएको छ, धेरै परिवार घरबारविहीन भए,’ उनले भने । 

उद्धार रहेकाले भौतिक क्षतिको विवरण पूर्ण रुपमा आइनसकेको प्रहरीले जनाएको छ । घटनाको खबरपछि बिहान आठ बजे र ११ बजे जिल्ला सदरमुकामबाट ११÷११ जनाको दुई प्रहरी टोली उक्त क्षेत्रमा पठाइएको छ । यसबाहेक नेपाली सेनाको सिलगढीस्थित शिवदल गणबाट पनि २३ जना नेपाली सेनाको टोली पनि घटनास्थलतर्फ लागेको छ । 

रेडक्रसको टोली पनि राहत सामग्री लिएर घटनास्थलतर्फ लागेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यसबाहेक, नेपाली कांग्रेस, डोटीका कार्यवाहक सभापति रामप्रसाद उपाध्याय नेतृत्वको टोली पनि उद्धारका लागि राहत सामग्री लिएर घटनास्थलतर्फ परिचालित भएको कांग्रेस, डोटीले जनाएको छ ।

जिल्लाबाट उद्धार तथा राहतका लागि परिचालित टोलीहरु साँझ घटनास्थल पुगेर उद्धार थालेका छन् । पहिरोको उच्च जोखिममा रहेका डौड गाविसका वडा नम्बर १ र ३ का ३२ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।  

घटनास्थलमा खटिएका डौड प्रहरीचौकीका इन्चार्ज असई नवराज अवस्थीले बाढीपहिरो निरन्तर आइरहेकाले उद्धारमा कठिनाइ भइरहेको नागरिकसँग बताए । उनका अनुसार दिनभर पटक–पटक वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ ।  गाविसभरि ६०÷७० भन्दा बढी साना÷ठूला पहिरो गएका छन् । ‘ती पहिरोमा कति क्षति भयो, अहिल्यै भन्न सकिँदैन,’ उनले भने, ‘अझै पनि पहिरो जाने क्रम रोकिएको छैन, घर बगिरहेका छन् । खोलाहरु अत्यधिक बढेका छन्, सबै घटनास्थलमा पुग्न सकिएको छैन ।’

स्थानीयका अनुसार अचानक राति ११ बजेबाट ठूलो पानी परेको थियो । ‘आधा रातमा एकाएक ठूलो मेघसहित पानी पर्न थाल्यो,’ स्थानीय भक्तबहादुर सिंहले भने, ‘बिहान त धेरै ठाउँमा पहिरो गएको देखियो ।’

गुहार नपाउँदा मृत्यु 

एकान्त जंगलछेउको घर माथिबाट आएको पहिरोले पुरिँदा गुहार माग्दा पनि नपाई गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ । 

सोमबार राति भारी वर्षासँगै माथितिरबाट झरेको पहिरोमा घरै पुरिएर दिबु्रङको गल्छेँडामा एकै घरका तीन जनाको ज्यान गएको हो । प्रहरी निरीक्षक रामप्रसाद पौडेलका अनुसार सोमबार राति (मंगलबार बिहानपख) दिबुु्रङ–३ का खड्कबहादुर सार्कीको घर पहिरोले पुरिँदा उनकी ४० वर्षीया श्रीमती आशा, १० वर्षको छोरो गगन र चार वर्षकी छोरी इन्दुको मृत्यु भएको हो ।

निम्न वर्गको यो परिवार जंगलछेउ सामान्य घरमा बस्दै आएको थियो । केही वर्षपहिले आगलागीले कमजोर बनाएको घरमाथि सोमबार राति एउटा ढुंगोसहितको सामान्य पहिरो झर्दा आमासहित दुई सन्तानको एकै चिहान भयो । पहिरोले घर भत्काउँदा घरको दलिनले च्यापिएर आशाको मृत्यु भएको थियो भने गारोको ढुंगाले च्यापिएर इन्दु र गगनको मृत्यु भएको छ ।

पहिरोमा च्यापिएपछि गगनले चिच्याएर गुहार मागेका थिए । ‘बाबुले गुहार मागेको थियो,’ खड्कबहादुरका भाइ डोबबहादुरले भने, ‘पानी परिरहेको थियो, बत्तीको समस्याले फटाफट उद्धार गर्न सकिएन ।’ थाम जंगलको नजिकै खड्कबहादुर र डोबबहादुरको दुइटा परिवार बस्दै आएका थिए । उक्त ठाउँबाट नजिकैको बस्तीमा पुग्न कम्तीमा ३५ देखि ४५ मिनेटसम्म लाग्ने स्थानीय एमाओवादी नेता हिमाल पुनले बताए ।

‘बिहान झिसमिसेपछि मात्रै गुहारेहरू जुटे, बस्तीको नजिकै भएको भए सबैको ज्यान नजान पनि सक्थ्यो,’ उनले भने, ‘४÷५ मिटर मात्रै लामो पहिरोले पुरिएर उनीहरूको मृत्यु भयो ।’

खड्कबहादुरका छोरी १३ वर्षीया सुष्मा, ११ वर्षीय रेनु भागेर बाँच्न सफल भएका छन् । उनीहरूले पनि गुहार मागे पनि समयमा उद्धार हुन नसक्दा ज्यान गयो । गाविसका सामाजिक परिचालक घनश्याम खरेलले एकान्तमा हुँदा समयमा उद्धार नपाएर दुखद घटना भएको बताए । 

त्यसो त घरमा आगो लागेपछि नै गाउँका जान्नेबुझ्नेले उनीहरूलाई त्यहाँबाट सर्न अनुरोध गरेका थिए । तर आर्थिक अभावले सर्न सकेका थिएनन् ।

दोलखामा एकको मृत्यु
दोलखा संवाददाता रमेश खतिवडाका अनुसार अविरल वर्षापछि पहिरोमा एक जनाको ज्यान गएको छ । विभिन्न स्थानमा गएको पहिरो र बाढीका कारण यातायात अवरुद्ध छ । 

सोमबार राति भीषण वर्षासँगै गएको पहिरोले घर बगाउ“दा डाँडाखर्कका १४ वर्षीय रिजु गिरीको ज्यान गएको हो । माथिबाट आएको पहिरोले घरसँगै गिरी पुरिएका जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी निरीक्षक शान्तबहादुर लामाले जानकारी दिए । 

पहिरोमा परी रिजुकी आमा ४५ वर्षीया निलाकुमारीसहित चार जना घाइतेलाई उपचारका लागि राजधानी पठाइएको निरीक्षक लामाले जानकारी दिए । पहिरो गएको खबरपछि दुर्गम गाउ“ आलम्पुको क्यात्रातर्फ पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले बताएको छ ।

सोमबार निरन्तर वर्षापछिको बाढीले बगाएको पुष्पलालमार्गस्थित चरङ्गे खोलामा अस्थायी डाइभर्सन बनाएपछि मंगलबार साँझदेखि यातायात सुचारु भएको छ ।  त्यसैगरी, पुष्पलाल मार्गको मिल्ती खोलाको पुल बगाएपछि राजधानी जोड्ने वैकल्पिक मार्ग पनि अवरुद्ध भएको छ । 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस