चमैंता (इलाम)– धनीको मरणमा होस् या गरिबको, मृत्यु आँशु बोकेर आउँछ । एकको मृत्युले धेरैलाई रुवाउँछ । यसले परिवारलाई मात्र दुःखाउँदैन, आफन्तजन र छरछिमेकलाई पनि उत्तिकै पिरोल्छ ।हिन्दु संस्कारले मृत्युलाई झनै खर्चालु र जटिल बनाइदिन्छ । त्यसैले संस्कार छोट्याउने आवाजै उठ्दैछ । मृतकको शव अन्त्येष्टि गर्न कात्रो किन्नेदेखि घाट पुर्याउनेसम्मका काम खर्चिला छन् ।
अनिवार्य भन्ने जान्दाजान्दै पनि मृत्यु निश्चित हुँदैन । मृत्यु सूचना बोकेर नआउँदा धेरैलाई अप्ठ्यारोमा पार्छ । कतिपय परिवारमा शव अन्त्येष्टि गर्ने पैसाको सम्म जोहो हुँदैन । त्यस्ता दर्जनौं मृत्यु, जुन पैसाकै कारण शव उठाउन ढिलाइ भए, ती देखेपछि इलाम चमैंताका खप्तडी बस्नेतले नया" चलनको सुरुवात गरेका छन्, जसले १ सय ५४ परिवारलाई होलो भएको छ ।
'पूर्वको खप्तड' भनेर चिनिने चमैंतामा बस्ने बस्नेतहरुले कसैको मृत्युपछि परिवारलाई मल्हमपट्टी लगाइदिन नौलो कार्य अभ्यास गरेका हुन् । पारिवारिक सहयोग र सद्भावनिम्ति स्थापना गरेको 'खप्तडी बस्नेत सेवा समाज'मा आवद्ध बस्नेत परिवारका कुनै सदस्यको मृत्यु हुँदा उसको शव उठाउनुअघि 'अन्त्येष्टि खर्चबापत' ५ हजार रुपैयाँ सित्तैमा दिइन्छ, जसले धेरै टेवा पुर्याउँछ ।
'कसैको मृत्यु हुँदा घरका बाँकी सदस्य मर्माहत हुन्छन्, भन्नेबित्तिकै पैसाको बन्दोबस्त गर्न सक्दैनन्', समाजका पूर्वसचिव लालबहादुर बस्नेतले भने, 'उनीहरुले कमसेकम सजिलै मृतकको अन्त्येष्टि गर्न सकून् भनेर शव उठाउनुअघि सित्तैमा ५ हजार दिन थालेका हौं ।' २०६८ देखि सुरु भएको यो अभ्यासअन्तर्गत २२ जनाको मृत्युमा पैसा दिइ सकिएको उनले बताए ।
लेकाली गाउँमा पर्ने चमैंतामा खप्तडी बस्नेतहरु एक सय ५४ घरमा बस्छन् । बहुसंख्यक उनीहरु खेतीपाती र पशुपालनमा आवद्ध छन् । हिन्दु धर्म मान्दै हिन्दु संस्कार पछ्याउँदै आएका उनीहरुले पारिवारिक सहयोग र सद्भावनिम्ति 'खप्तडी बस्नेत सेवा समाज' स्थापना गरेका हुन् । जसले सुरुमा २५ सयबाट थालेर अहिले मृतक परिवारलाई सित्तैमा ५ हजार दिन थालेको हो ।
समाजको नियमअनुसार, न्वारान गर्नुअघि कसैको मृत्यु भएमा एक हजार र ब्रतबन्ध गर्नुअघि मृत्यु भएमा दुई हजार रुपैयाँ मात्र दिइन्छ । 'कलिलैमा मृत्यु हुनेको अन्त्येष्टि संस्कार खर्चिलो हुँदैन, त्यसैले थोरै दिएका हौं', बयस्कको मृत्युमा मात्र ५ हजार दिइने उल्लेख गर्दै बस्नेतले भने, 'घरदेखि घाटसम्म शव पुर्याउन र अन्त्येष्टि गर्न लाग्ने खर्च धान्न यसले पुग्दै आएको छ ।'
शव अन्त्येष्टिक्रममा घाटसम्म पुग्ने मलामीलाई चमैंतामा खाजा किनेर खुवाउनु पर्दैन । खप्तडी बस्नेतकै पुर्खाले 'मलामी जानेका घर घरबाट खाजा लाने' गरी चलाएको चलन कायमै छ । 'खाजा किन्न नपरेपछि कात्रो र केही कुरा किन्न ५ हजार पर्याप्त हुन्छ' धेरैको मृत्युमा यो अभ्यासले सघाएको उल्लेख गर्दै बस्नेतले भने, 'यसले कतिपयलाई किरिया खर्चमा समेत सघाउँछ ।'
मृतकको घर घर पुर्याइने ५ हजार समाजले अन्तबाट ल्याएर या कसैसँग मागेर दिएको होइन । समाजमा आवद्ध उनै एक सय ५४ घरले मासिक रुपमा बचत गरेको ५० रुपैयाँको अक्षयकोषबाट उपलव्ध हो । ०६८ मा सामूहिक पूजा (देवाली) गर्नेक्रममा 'पारिवारिक सद्भावमा केही नयाँ जुक्ति निकालौं' भन्दाभन्दै मृत्यु भएका परिवारलाई यस्तो सहयोग गर्ने सहमति भएको र २२ परिवारलाई रकम उपलव्ध गराइसकिएको समाजका अध्यक्ष बमबहादुर बस्नेतले बताए । कोषमा अहिले दुई लाख जति छ ।
'आर्थिक अवस्था राम्रै भएका परिवारलाई पनि परिवारका सदस्यको मृत्यु आर्थिकरुपमा बोझिलो हुन्छ', औषधोपचारले ऋणमा डुबेका तर बिरामी बचाउन नसकेका परिवारलाई सम्झँदै उनले भने, 'त्यस्तालाई फिर्ता गर्न नपर्ने गरी यत्तिको रकम दिँदा हलुको हुन्छ ।' चमैंताका खप्तडी बस्नेतको अन्यत्र मृत्यु भए पनि यो सुविधा उपलव्ध छ । विभिन्न पेशा व्यवसायका सिलसिलामा समाजका सदस्य चारैतिर फैलनुको फाइदा हो यो । समाजको निर्देशनमा कोही न कोही पुगेर शव उठाउनुअघि रकम दिइहाल्छन् ।
स्थानीय डम्बरदेवी उच्चमाविका पूर्वप्रधानाध्यापक ईश्वराज बस्नेतको उपचारक्रममा राजधानीमा मृत्यु हुँदा उतै बस्ने समाजका सदस्यले ५ हजार डेरामा पुर्याएको स्मरण गर्दै उनले सहयोगको योक्रम जारी रहने बताए । समाजले चमैंताका दुई सामुदायिक माध्यमिक विद्यालय डम्बरदेवी र फलाटेबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट हुने एक छात्र र एक छात्रालाई पुरस्कार र प्रमाण पत्रसहित सम्मान गर्दै आएको छ । मन्दिर, मलामी टहरो, घाट र सार्वजनिक महत्वका निर्माण आदिमा पनि सघाइरहेको छ ।
'चमैंतामा अरु समुदायका मानिसको मृत्यु हुँदा खप्तडी बस्नेत सेवा समाजका तर्फबाट समवेदना पत्र घरमै पुर्याइन्छ', समाजका अगुवा राजकुमार बस्नेतले भने, 'शव उठाउनुअघि दिइने ५ हजार रुपैयाँ चाहिँ बस्नेत परिवारलाई मात्रै हो ।' समाजले हरेक चार/चार बर्षमा चमैंतामै देवाली पूजा गर्दै आएको छ । देवाली गरेकै ठाउमँमा भरखरै मन्दिर निर्माण गरेको छ भने यसअघि बस्नेत समुदायकै अगुवाईमा स्थानीय डम्बरदेवी उच्चमावि परिसरमा पनि सरस्वती मन्दिर स्थापना भइसकेको छ ।