यस्ताे अस्पताल जहाँ शौचालय पस्दा बान्ता गर्छन् बिरामी
११ साउन २०७२
•
९ मिनेट पाठ
यस्ताे अस्पताल जहाँ शौचालय पस्दा बान्ता गर्छन् बिरामी
इलाम–करोडौंको भौतिक पूर्वाधार भए पनि व्यवस्थापन चुस्त नहुँदा इलाम अस्पतालको सेवा सुविधा अस्तव्यस्त छ । 'अस्पताल सुधार्न' छुट्टिएको झण्डै साढे ४४ लाख रुपैयाँ खर्च नभइरहँदा अस्पतालको दुरावस्था कतिसम्म बढेको छ भने, उपचारलाई आएका बिरामी शौचालय पस्दा दुर्गन्ध सहन नसकेर बान्ता गर्छन् । व्यवस्थापन सुधारेर बिरामीलाई सुविधा दिन न चिकित्सक तयार छन्, न सरोकारवाला ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत अस्पताल सुधार्न गत आर्थिक बर्ष २०७१÷०७२ मा विभिन्न शीर्षकमा छुट्याएको रकममध्ये ४४ लाख ४३ हजार रुपैयाँ खर्च नभएको हो । कार्यालयका कर्मचारी र अस्पतालका चिकित्सकबीच समन्वय नहु"दा तथा अस्पताल विकास समिति सक्रिय नबन्दा त्यत्तिका रकम खर्च नभएको हो । साउन लागेपछि मात्रै यो तथ्य खुलेको हो ।
Ilam Hospital




इलामस्थित जिल्ला अस्पताल ।
अस्पताल विकास समिति अध्यक्ष गणेश राईका अनुसार, 'अस्पताल सुदृढीकरण'लाई छुट्टिएको ४१ लाखमध्ये १७ लाख ६१ हजार, 'बिशेषज्ञ सेवा सुविधा'लाई प्राप्त ४० लाखमध्ये २६ लाख ३६ हजार र 'फोहोरमैला व्यवस्थापन'लाई आएको एक लाख ४४ हजारमध्ये ४४ हजार ६ सय रुपैयाँ खर्च नभएको हो । मनग्गे स्रोत हुँदाहुँदै त्यसको सदुपयोग नहुँदा अस्पतालको दुरावस्था झन् झन् बढ्दैछ ।

'मन्त्रालयले पठाएको पैसा जनस्वास्थ्य कार्यालयको हेलचेक्रयाईं र अस्पतालका चिकित्सकको नाफामुखी सोचले सदुपयोग नभई फिर्ता गयो,' अस्पताल सुधार्न सरोकारवाले नै नचाहेको उल्लेख गर्दै राईले नागरिकन्यूजसंग भने, 'जनस्वास्थ्य प्रमुख र लेखापालले आफ्नो गोजीको पैसा जस्तो गर्ने र चिकित्सकले प्रक्रिया पुर्याएर खर्च गर्न नचाहने भएकै कारण अस्पताल सुधार हुन पाएन, दुरावस्था कायमै रह्यो ।'

'अस्पताल सुधार्न चाहँदा चाहँदै जनस्वास्थ्यको असहयोगले नसकिएको' राईले दाबी गरे पनि समिति चनाखो नभएको देखिन्छ । छुट्टिएको रकम के के मा खर्च गर्ने निक्र्यौल गर्न चैतमा समितिको बैठक बसे पनि योजना कार्यान्वय गर्ने बेला नजुटेको पाइएको छ । चैतपछि आर्थिक वर्ष सकिएपछि साउन पहिलो साता मात्रै अर्को बैठक बस्नुले अस्पतालप्रति समिति कति उत्तरदायी रह्यो भन्ने स्पष्ट हुन्छ ।

'रकम खर्च गर्ने अख्तियारी जनस्वास्थ्य प्रमुखलाई थियो, उनले पटक्कै चासो देखाएनन्, जसलाई लेखापालले पनि सहयोग गरे' राईले समितिको बचाउ गर्दै आरोप लगाए, 'त्यत्तिका रकम खर्च गर्न सकेको भए अस्पताल सुध्रिन्थ्यो, सुविधा नि बढ्थ्यो ।' कर्मचारीले आफ्नो कुरा माथि पार्ने, समितिलाई टेरपुच्छर नलगाउने र समितिमा खासै अधिकार नहुनाले अस्पतालको दुरावस्था निम्तिएको उनी बताउ"छन् ।

छुट्टिएको रकममध्ये ४४ लाख ४३ हजार फिर्ता भएको तथ्य स्वीकारे पनि जनस्वास्थ्य प्रमुख राजकुमार पोखरेलले त्यो खर्च नहुनुमा आफ्नो कार्यालयको दोष नभएको दावी गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फणिन्द्र बरालमाथि औंला उठाएका छन् । डा. बरालले 'समयमा योजना बुझाउन नसकेको र प्रक्रिया नपुर्याई रकम खर्च गर्न खोजेको' भन्दै पोखरेलले त्यसो गर्न नमिल्दा रकम सदुपयोग नभएको बताए ।

'पैसा आयो भन्दैमा मकै भटमास बा"डेजस्तो छर्न मिल्दैन, निश्चित अवधिमा निश्चित योजना बनाएर मात्रै खर्च गर्न मिल्छ,' पोखरेलले भने, 'मेडिकल सुपरिटेण्डेन्टर र अस्पताल विकास समिति समय छउञ्जेल कानमा तेल हालेर बस्यो, आर्थिक बर्ष सकिएपछि हामीलाई दोष दिँदैछ ।' योजना कार्यान्वयन गर्नुपर्ने बेला डा. बराल जिल्लामा नबस्नु र प्रक्रिया नपुर्याई काम गर्न खोज्नु नै गल्ती भएको उनले बताए ।

स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएको मनन गर्दै छुट्टिएको रकममध्ये डा. बराललाई २० लाख चैतमै पेश्की स्वरुप दिएको तर अत्यावश्यक बिल भरपाई पेश नगरी त्यो खर्चिएको पोखरेल बताउँछन् । 'सामान खरिद अपारदर्शी छ, मनोमानी खर्च गर्न पाईंदैन' पोखरेल भन्छन्, 'डाक्टरको असक्षमताले अस्पताल नसुध्रिएको हो, मैंले अरुलाई सजिलो पार्दिन आफू जेल पर्ने अप्ठ्यारो काम गर्न मानिन ।'

'रकम फिर्ता गराउन संलग्न' आरोप लागेका जनस्वास्थ्य लेखापाल गोविन्द दाहालले पनि कार्यालयको बचाउ गर्दै अस्पताल र समितिलाई नै 'सुतेर बसेको' आरोप लगाए । 'चैतमा गरेको निर्णयको फाइल आर्थिक बर्ष सकिँदासम्म कसैले पल्टाएन, साउन लागेपछि हामीमाथि दोष दिएर हुँदैन,' दाहालले सोमवार भने, 'अस्पताल सुधार्न चाहनेले समय छँदै प्रक्रिया पुर्याएर रकम खर्च गर्न सक्नुपथ्र्यो, जुन ढिला भइसक्यो ।'

सार्वजनिक हित बोकेको अस्पताल सुधार्न जनस्वास्थ्य कार्यालय उदासीन रहेको जिकिर गर्दै डा. बरालले भने आफू परीक्षा लेख्न सात दिन बाहिर गएकै विषयलाई कारण देखाएर रकम खर्च गर्न नसकेको भन्न नहुने बताए । 'हामी काम गर्छौं, प्रक्रिया क्रमिक रुपले पूरा गरौंला भन्दा सुनुवाई नै भएन,' डा. बरालले भने, 'सबै कुरामा र्याङको ठ्याङ मिल्ने कागजात खोजेर मात्रै हुँदैन, यसपल्ट त्यसो गरिँदा पैसा खेर गयो ।'

अस्पताललाई २५ शैया स्वीकृति दिइए पनि १५ शैया बराबरको मात्रै सरकारी सेवा सुविधा मिल्दै आएको छ । तर, बिरामीको चापले अस्पतालमा झण्डै ४० शैया छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित २० स्वास्थ्यकर्मी र ११ कार्यालय सहयोगी दरवन्दी रहेको अस्पतालमा अहिले एक स्टाफ नर्स र ६ सहयोगी रिक्त छन् । मेडिकल अधिकृत डा. प्रभु शाह काजमा छन् । दरवन्दीका रिक्त कर्मचारी नियुक्त गर्न चासो दिइएको छैन ।

'अस्पताल सुधार्न लाखौं पैसा आएको तर आन्तरिक किचलोले खर्च नभई खेर गएको कुरा सुनिन्छ, जबकी बिरामीले शौचालय छिर्दा बान्ता गर्नुपर्ने फोहोर छ,' फाकफोकबाट बिरामी कुर्न आएका भीम बस्नेतले भने, 'अस्पताल छिर्दा सद्दे मान्छे नि बिरामी होला जस्तो फोहोरमैला छ, आएको पैसाले धेरै सुधार्नुपर्नेमा खर्चै नगरी बस्नु दुःखको कुरा हो ।' बिरामी र कुरुवाले अस्पतालको सेवा सुविधाप्रति सधैं गुनासो गर्दै आएका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस