काठमाडौं- पशुपति क्षेत्र विकास कोषले पछिल्लो आर्थिक वर्षमा सरकारले दिएको रकम खर्च गर्न नसक्दा करिब १४ करोड रुपैयाँ बजेट फ्रिज भएको छ। पशुपति मन्दिर क्षेत्रमा विकास निर्माणको काम गर्न नसक्दा उक्त रकम फ्रिज भएको हो।कोषका सदस्यसचिव गोविन्द टण्डनका अनुसार ठेक्का दिएको काम गर्न नपाउँदा र निर्माण सामग्री समयमा नपाउँदा उक्त रकम खर्च नभएको हो। उनका अनुसार अघिल्लो आर्थिक वर्षमा सरकारले ४० करोड दिने अपेक्षा गरेपछि करिब ३५ करोड रुपैयाँ मात्र विनियोजन गरेको थियो।
उनले भूकम्पपछि विनियोजित रकममध्ये जम्मा १९ करोड रुपैयाँ दिए पनि कोषले जम्मा ५ करोड १८ लाख खर्च गरेको छ। विकास निर्माणका लागि लगभग सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको कोषले रकम समयमै खर्च गर्न नसक्दा सरकारले कम रकम दिएको कतिपय कर्मचारी बताउँछन्।
'हामीले करिब ९ करोडको ढुंगा छाप्ने कामका लागि छनोट गरेको कम्पनी पछि सरकारको कालोसूचीमा पर्यो८। त्यो काम फेरि टेन्डर गर्नुपर्ने अवस्थामा छ,' उनले भने, 'क्रसर व्यवसायीको आन्दोलनले गत आर्थिक वर्षमा ढुंगागिटी पाउन मुस्किल भयो।'
उनका अनुसार जयबागेश्वरीदेखि आर्यघाटसम्म र भुवनेश्वरीदेखि पशुपति मन्दिरको दक्षिण ढोकासम्म ढुंगा छाप्ने, ढल बनाउने र बिजुलीको तार भूमिगत गराउने सात करोडको बजेट पास भएको थियो। तर ठेकेदार छानेपछि कालोसूचीमा परेकाले काम दिलाउन नसकिएको उनले दाबी गरे।
'माघतिर कम्पनी छानेका थियौं। सरकारको कालोसूचीमा परेकालाई काम लगाउन नमिल्ने रहेछ,' उनले प्रस्ट्याए, 'पुनः टेन्डरको तयारी हुँदै थियो, वैशाख १२ मा भूकम्प गइदियो। नतिजा अहिलेसम्म शून्य जस्तै भयो।'
यसबाहेक क्रसरहरुको समस्याले निर्माणाधीन विद्युतीय शवदाह गृह नजिकै घाट निर्माण अलपत्र परेको पनि उनले बताए। 'अहिले पनि निर्माण सामग्री पाउन सकिएको छैन,' उनले भने। सरकारी बजेटबाटै निर्माण क्रममा रहेको विद्युतीय शवदाह गृहको वातावरण संरक्षण तथा संवर्द्धनका लागि १ करोड र शवदाह गृहमा बिजुली (डेडिकेटेट प्रसारण) लाइन तान्नका लागि ५० लाख रुपैयाँ छुट्याइएको थियो।
भण्डारखाल बगैंचाको विकास गर्नका लागि भन्दै दुई करोड २५ लाख रुपैयाँ पनि खर्च हुन सकेन। साथै, गुह्येश्वरी मन्दिरको गर्भगृहमा सुनको जलप लगाउन ५० लाख रुपैयाँ पनि खर्च हुन नसकेको कोषले जनाएको छ। यसैगरी, आन्तरिक बजेटको जम्मा १५ प्रतिशत मात्र रकम विकास निर्माणमा खर्च गर्न सकेको पनि टण्डनले बताए। 'सरकारले चाँडै बजेट पास नगर्ने, निर्माण सामग्री अभाव, टेन्डर प्रक्रिया ढिलाइ जस्ता विविध कारणले यस्तो समस्या भएको छ,' कोष कर्मचारीले भने।
कोषले सम्पदा संरक्षण तथा जिर्णोद्धारका लागि भनेर गर्ने भनिएका यस्ता कतिपय काम अहिले टेन्डरको तयारीमा रहेको टण्डनले जानकारी दिए। गुह्येश्वरी मन्दिरको धर्मशाला जिर्णोद्धार पनि प्रभावित भएको उनले बताए। चार शिवालयदेखि वागमती ढल निर्माण तथा वातावरण संरक्षणको कार्यक्रमले पनि धोका खाएको देखिन्छ।