'श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन'
१८ वैशाख २०७९
•
३ मिनेट पाठ
'श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन'
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ।

एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ। अन्र्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ। नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले आज बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ।  भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्यूरोड गेट, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ।

यस्तै नेपाल ट्रेड युनियन महासङ्घले मध्याह्न भृकुटीमण्डमा श्रमिकसभाको आयोजना गर्ने छ। नेपालका क्रियाशील एक दर्जन बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले अपराह्न बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ।

विसं २००३ मा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७५ वर्ष पार गरेको छ। नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ। विसं २००७ को राणा शासनविरुद्ध, विसं २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२÷६३ को गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ।

‘विविधतामा एकता’ नारासहित गठित जेटियुसिसीले श्रम बजार सुधारका लागि साझा मुद्दा उठाउँदै आएको छ। आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम–एजेण्डा समावेश गरिएका छन्। संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ।

संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ। श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ। यस्तै युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता भएको छ। बालश्रम, बाधा श्रम निषेध भएको छ। विभिन्न जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ।

औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ। श्रमिक अधिकारका विषय संविधानमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको जेटियुसिसीको ठहर छ। संविधानले सामाजिक सुरक्षाको हक, रोजगारीको हकको प्रत्याभूति गरेको छ।

तर, अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट वञ्चित छन्। संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएको भन्दै जेटियुसिसीले मुलुकभित्रै रोजगारीको वातावरण बनाउन र विदेशिएका युवालाई स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

जेटियूसिसीका अध्यक्ष प्रेमलकुमार खनाल नेपाली श्रमिक वर्गले उठाउँदै आएको नीति निर्माणलगायत राज्यको सम्पूर्ण संरचनामा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व, अर्धन्यायिक अधिकारसहितको श्रम आयोग गठन, श्रमिक वर्गलाई कार्यस्थलबाट मताधिकारको व्यवस्था, श्रम निरीक्षण प्रणाली र श्रम कार्यालय विस्तारलगायत विषय तत्काल कार्यान्वयन गरिनुपर्ने बताउँछन्। 
अर्को समाचार
पुँजीवादभित्रको पुरुषसत्ता
२५ वैशाख २०८१
•
७ मिनेट पाठ
पुँजीवादभित्रको पुरुषसत्ता
भर्खरै विभिन्न कार्यक्रमका साथ सार्वजनिक बिदासहित १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ। श्रमिक तथा श्रमजीवी वर्ग देशको आर्थिक मेरुदण्ड हुन् भनिए पनि सन् १८९० देखि महत्त्व दिँदै मनाउन थालिएको भए तापनि सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मनाउन थालिएपछि यसले निरन्तरता पाएको हो। 

यो दिवसमा यसको मूल मर्म कायम राख्दै समयसापेक्षित नाराहरू लिने गरिएको छ। यसपालि सरकारका तर्फबाट ‘मर्यादित काम, श्रमिकको सम्मान: हाम्रो अभियान’ नारा तय गरिएको थियो भने केही ट्रेड युनियनद्वारा ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नारा अगाडि सारिएको थियो।

८५ प्रतिशतको ९०.५ प्रतिशत महिलाले ओगटेका छन्। विगत तीन दशकभित्र श्रम क्षेत्रमा महिलाको सहभागिता बढेको छ भन्ने अहिलेका विभिन्न तथ्यांकले देखाउँछन्। 
श्रमिक दिवसको इतिहासबारे धेरै थोरै जानकारी सबैमा छ। उपलब्धि धेरै भएका छन्। हाम्रो देशको संविधानले नागरिकको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ। यो संवैधानिक व्यवस्थालाई कार्यान्वयन तहमा रूपान्तरण गर्न श्रम ऐन, २०७४ ल्याइएको छ भने नियमावलीसमेत तयार भइसकेको छ। श्रमिक नेताहरू ठुल्ठूला पदमा पुगेका छन्। 

वाग्मती प्रदेशको हकमा त श्रमिक नेता मुख्य मन्त्री नै छन्। यसलाई नीतिगत तहमा भएको उपलब्धि नै मान्नैपर्छ। तर व्यावहारमा के छ ? श्रमिक कुन अवस्थामा छन् ? त्यसलाई गहिरो गरी हेर्न त्यत्तिकै आवश्यक देखिन्छ। त्यसो गर्न सके मात्रै श्रमिकहरूले गर्ने कामलाई मर्यादित काममा रूपान्तरण गर्न सकिन्छ र श्रमिकलाई सम्मान गर्ने आधार तयार हुन्छ। यसका लागि सरकारको नाराअनुसार अभियान नै आवश्यक छ भने ट्रेड युनियनहरूको नाराले खोजेझैँ आगामी बाटो पनि स्पष्ट हुन सक्ला।

घरेलु श्रम, मनोरञ्जन क्षेत्रमा हुने श्रम, यौन श्रम, अतिथि सत्कारको क्षेत्रमा गरिने श्रम, कृषि तथा निर्माण क्षेत्रमा गरिने श्रम जस्ता श्रमलाई उदाहरणका रूपमा लिन सकिन्छ।
नेपालको अर्थतन्त्रमा अनौपचारिक क्षेत्रले ठूलो हिस्सा ओगटेको छ। कुल गार्हस्थ्य उत्पादनमा करिब ४३ प्रतिशत अनौपचारिक क्षेत्रको योगदान छ। देशको श्रम क्षेत्रमा संलग्न व्यक्तिमध्ये करिब ८५ प्रतिशत अनौपचारिक क्षेत्रमा छन्। ८५ प्रतिशतको ९०.५ प्रतिशत महिलाले ओगटेका छन्। विगत तीन दशकभित्र श्रम क्षेत्रमा महिलाको सहभागिता बढेको छ भन्ने अहिलेका विभिन्न तथ्यांकले देखाउँछन्। यसकारण पनि नेपालको अर्थतन्त्रमा महिलाको बलियो योगदान पुष्टि हुन्छ।

धेरै महिला अनौपचारिकरूपमा त्यसमा पनि मुख्यतः शारीरिक श्रम गर्नुपर्ने क्षेत्रमा संलग्न छन्। महिलाले गर्ने धेरै कामका क्षेत्रलाई काम मानिँदैंन तर त्यसको उत्पादकत्वमाथि भने नियन्त्रण गरिन्छ। घरेलु श्रम, मनोरञ्जन क्षेत्रमा हुने श्रम, यौन श्रम, अतिथि सत्कारको क्षेत्रमा गरिने श्रम, कृषि तथा निर्माण क्षेत्रमा गरिने श्रम जस्ता श्रमलाई उदाहरणका रूपमा लिन सकिन्छ।

अनौपचारिक श्रम त्यसभित्र पनि शारीरिक संलग्नताका साथ गरिने श्रम र गरिबीको अन्तरसम्बन्ध हुन्छ। गरिब, आप्रवासी, सुकुमबाकसीहरू प्रायः अनौपचारिक श्रमको क्षेत्रमा संलग्न रहेको पाइन्छ। 
अहिले हेर्दा देशको प्रमुख श्रम क्षेत्र भनी मानिने क्षेत्र कृषि हो। कृषि क्षेत्र भित्र ८५.१९ प्रतिशत महिला छन् भने पुरुषले ६७.०६ प्रतिशत ओगटेका छन्। त्यहाँभित्र महिला आफैँ रोजगारी सिर्जना गर्ने वा आफ्नै काम गर्नुका साथै पारिश्रमिक लिई अरूको काम गर्ने समूह छन्। यी सबका आवश्यकता र अवस्था भिन्नभिन्न छन्। ती सबै महिला कृषक हुन् तर ती महिलालाई कृषक मानिँदैन।

अनौपचारिक श्रम त्यसभित्र पनि शारीरिक संलग्नताका साथ गरिने श्रम र गरिबीको अन्तरसम्बन्ध हुन्छ। गरिब, आप्रवासी, सुकुमबाकसीहरू प्रायः अनौपचारिक श्रमको क्षेत्रमा संलग्न रहेको पाइन्छ। लगानी गर्नेको दृष्टिकोणबाट हेर्दा यो क्षेत्रलाई थोरै लगानीमा धेरै मुनाफा कमाउन सक्ने श्रमको क्षेत्रका रूपमा लिइन्छ। त्यसैले अनौपचारिक क्षेत्रको श्रम प्रतिष्ठानहरूमा लगानी पुँजीपतिको हुन्छ र त्यस्ता धेरै क्षेत्रलाई राजनीतिक संरक्षण रहेको पाइन्छ।

अहिले कच्चा पदार्थ उत्पादन गर्न पनि श्रमिक नै चाहिन्छ। त्यसले गर्दा श्रम क्षेत्रमा नाफा कमाउन नभइनहुने भनेको सस्तो श्रमिक पाउने क्षेत्र निर्माण गर्नु हो। त्यसैले श्रमको क्षेत्रलाई जति अनौपचारिक बनाउन सकियो, त्यहाँभित्र काम गर्नेहरूको कामलाई काम नमानेर एउटा आर्थिक उपार्जन गर्ने विधिका रूपमा मात्रै राख्न सकियो, त्यति नै पुँजीपति वर्गलाई छिटो र धेरै फाइदा हुन्छ। 
विश्व श्रम सङ्गठनको आँकडाअनुसार विश्वका ६० प्रतिशत श्रमिक अनौपचारिक क्षेत्रमै आबद्ध भएर आफ्नो जीविका चलाइरहेका छन्। अहिलेको आर्थिक उदारीकरण नीति तथा विकासको ढाँचाका कारण विश्वभर नै अनौपचारिक क्षेत्रमा भएका श्रमिकहरूको संख्या बढ्दो छ।

कार्ल माक्र्सका अनुसार पुँजी संकलन हुनका लागि सस्तो श्रमिक र सस्तो कच्चा पदार्थ आवश्यक हुन्छ। अहिले कच्चा पदार्थ उत्पादन गर्न पनि श्रमिक नै चाहिन्छ। त्यसले गर्दा श्रम क्षेत्रमा नाफा कमाउन नभइनहुने भनेको सस्तो श्रमिक पाउने क्षेत्र निर्माण गर्नु हो। त्यसैले श्रमको क्षेत्रलाई जति अनौपचारिक बनाउन सकियो, त्यहाँभित्र काम गर्नेहरूको कामलाई काम नमानेर एउटा आर्थिक उपार्जन गर्ने विधिका रूपमा मात्रै राख्न सकियो, त्यति नै पुँजीपति वर्गलाई छिटो र धेरै फाइदा हुन्छ। यो कुरा अहिले विश्वले नै अंगीकार गरेको नवउदारवादी अर्थ नीति, पुँजीवादी संरचना दुवै चलाउने राज्य व्यवस्थाले बुझेको छ। अहिले विश्वमा बढ्दै गएका खर्बपतिहरूको सूची र पुँजीलाई यही व्यवस्थाको परिणामका रूपमा लिन सकिन्छ।

 पुरुषसत्ताले महिलाको श्रम, शरीर र यौनिकतामाथि नियन्त्रण गरेको हुन्छ। यसलाई नै आधार बनाउँदै पुँजीवादले महिलाका लागि श्रम क्षेत्रको व्यवस्थापन गर्छ। 
फोब्र्सको भर्खरैको जानकारीअनुसार विश्वमा खर्बपतिको संख्या गतवर्षको तुलनामा १४१ जनाले बढेर २,७८१ पुगेको छ। उनीहरूसँग रहेको दुई ट्रिलियन अमेरिकी डलरको पुँजी बढेर १४.२ ट्रिलियन पुगेको छ। बढ्दो पुँजीवाद र निरन्तरता पाएको लिङ्गको आधारमा गरिने श्रम विभाजनले महिलालाई बढी अनौपचारिक त्यसमा पनि सेवा क्षेत्रभित्र सीमित गरेको छ। 

देशभित्र पर्यटन व्यवसाय, अतिथि सत्कारका क्षेत्रदेखि घरेलु श्रम, मसाज सेन्टरहरू (विभिन्न नाममा आयुर्वेदिक उपचार, प्राकृतिक उपचार केन्द्र भनिनेदेखि मनोरञ्जन केन्द्रसम्मका), दोहोरी, डान्स बारलगायतका मनोरञ्जन/सेवा क्षेत्र मानिने क्षेत्रमा संलग्न श्रमिकलगायत यौन श्रमिक हुन् वा वैदेशिक रोजगारीमा संलग्न महिला, सबैलाई यही सोच र व्यवहारले प्रभावित गरेको छ।

 खाडी मुलुकमा विभिन्नरूपमा प्रयोग गरिने गरिएको कफाला प्रणाली होस् वा देशभित्र बिनाकुनै नियुक्तिपत्र लामो समयसम्म काममा लगाउने पद्धति होस्, यी सबै यही सोचको निरन्तरता हो।
पुरुषसत्ता र पुँजीवाद एकअर्काका पूरक हुन्। पुँजीवाद जति फस्टाउँछ, त्यति नै पुरुषसत्ता बलियो हुँदै जान्छ। पुँजीवादभित्र श्रमिकको श्रम शोषण गर्ने उपायहरू खोजिन्छ भने पुरुषसत्ताभित्र महिलाको। पुरुषसत्ताले महिलाको श्रम, शरीर र यौनिकतामाथि नियन्त्रण गरेको हुन्छ। यसलाई नै आधार बनाउँदै पुँजीवादले महिलाका लागि श्रम क्षेत्रको व्यवस्थापन गर्छ। 

उदाहरणका लागि विश्वमा होस् वा देशभित्रै होस्, महिलाको सहभागिता प्रमुखरूपमा सेवामूलक काममा हुन्छ। उक्त कामलाई सरकारद्वारा सहजै नियन्त्रण गर्न सकिने गरी अनौपचारीकरण गरिन्छ। खाडी मुलुकमा विभिन्नरूपमा प्रयोग गरिने गरिएको कफाला प्रणाली होस् वा देशभित्र बिनाकुनै नियुक्तिपत्र लामो समयसम्म काममा लगाउने पद्धति होस्, यी सबै यही सोचको निरन्तरता हो।

उदाहरणका लागी भर्खरै गृह मन्त्रालय र काठमाडौं महानगरपालिकाको निर्णयअनुसार रातभर ठमेल र दरबारमार्गलाई खुला राख्ने निर्णय होस् वा विगतमा गृह मन्त्रालयद्वारा ११ बजेपछि त्यो क्षेत्रलाई बन्द गर्ने निर्णय होस्, कुनै निर्णयमा पनि त्यहाँ कार्यरत श्रमिक के चाहन्छन् भन्ने हेरिएन। सत्ताधारीको सोच र मुडको आधारमा निर्णय गरियो।

वैदेशिक रोजगारमा जाने महिला यौन शोषित हुन्छन् भनेर उनीहरूको आवागमनमा रोक लगाउँदै, अनौपचारिक बाटो प्रयोग गरेर जान बाध्य गराउने कार्य होस् वा देशमा यौन श्रमिकहरूलाई अपराधीकरण गरेर उनीहरूको यौन अनि श्रम दुवैको शोषण गर्न सहज बनाउने कार्य होस्, यी सबै यिनै सोचको निरन्तरता हो।
त्यसैगरी, फुटपाथमा काम गरेर जीवन गुजारा गरिरहेका श्रमिक हुन् वा नदी वा जंगल किनारामा आफ्नो पुर्खौँदेखिको थातथलोमा पुख्र्यौली पेसा अपनाएर काम गर्ने श्रमिक हुन्, तिनीहरू सबैलाई बिना कुनै सूचना वा वैकल्पिक व्यवस्था र विकासको नाममा उठिबास लगाउने निर्णय होस्, त्यहाँ कहिल्यै त्यस्ता श्रमिक र उसको श्रम केन्द्रमा आउँदैन। 

वैदेशिक रोजगारमा जाने महिला यौन शोषित हुन्छन् भनेर उनीहरूको आवागमनमा रोक लगाउँदै, अनौपचारिक बाटो प्रयोग गरेर जान बाध्य गराउने कार्य होस् वा देशमा यौन श्रमिकहरूलाई अपराधीकरण गरेर उनीहरूको यौन अनि श्रम दुवैको शोषण गर्न सहज बनाउने कार्य होस्, यी सबै यिनै सोचको निरन्तरता हो।

वास्तवमा भन्ने हो भने मे दिवस यस्तो पछाडि लुकेर/लुकाएर राखिएका श्रम क्षेत्र र त्यहाँभित्र भइरहेको श्रम शोषणबारे छलफल गर्ने अनि आगामी बाटो तय गर्नुपर्ने दिवसका रूपमा हुनुपर्ने हो तर हाम्रो देशको ट्रेड युनियनहरूभित्र गहिरो गरी स्थापित पुरुषसत्तात्मक पुँजीवादी मानसिकताले त्यो हुन दिँदैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस