काठमाडौं- रत्नपार्क-भद्रकाली सडकको पेटीमा बिछ्याइएको सिमेन्टका राम्रा र सग्ला ब्लक धमाधम निकालिँदै छ। वर्षातको समयमा ती क्षेत्रका ब्लक निकाल्दा पैदालयात्रीलाई हिँड्न समस्या पर्छ भन्ने जान्दाजान्दै निर्माणको जिम्मेवारी पाएको सरकारी निकायले पक्की सडकपेटी भत्काउने कामलाई तीव्रता दिएका छन्।काठमाडौं महानगरपालिका र सडक विभागले चालु अवस्थाका पक्की सडकपेटी भत्काएर जनतालाई सास्ती दिएका हुन्। पक्की फुटपाथ भत्काएसँगै ती क्षेत्रमा पानीको पोखरी, हिलो र खाल्डाखुल्डी पर्न थालेका छन्।
वर्षातको समयमा नै टुँडिखेल वरपरका पुराना पक्की फुटपाथ भत्काउँदा पैदलयात्रीले बारमा झुन्डिएर, पोखरीमा खुट्टा चोपल्दै तथा हिलोमा लत्रँदै हिँड्नु परिरहेको छ। 'अस्तिसम्म यहाँ जस्तो ठूलो पानी पर्दा पनि निर्धक्क हिँड्न मिल्थ्यो,' खुलामाञ्चनजिकै भेटिएकी कोपिला कार्कीले भनिन्, 'अहिले यो भत्काएर हामीलाई हिँड्नै नमिल्ने बनाइदिएका छन्।' सरकारले जनतालाई दुःख दिन जानाजान वर्षातकै समयमा सडकपेटी भत्काएको उनले बताइन्।
टुडिँखेल वरपरका मात्र होइन, महानगर र सडक विभागले बनाउने टुंगो नै नहुँदा वर्षातको समयमा जनताले दुःख पाउनेगरी सहिदगेट–त्रिपुरेश्वर, सुन्धारा र नारायणहिटी दरबारवरपर पनि यसैगरी सडकपेटी भत्काइरहेको छ।
'भत्काइएका भौतिक संरचना समयमै नबनिरहेका बेला सरकारले जनतालाई दुःख दिने नियतले नै झरीको समयमा फुटपाथ भत्काएको हो,' सुन्धाराका व्यापारी उद्धव तिवारीले भने, 'होइन भने असारे झरी परिरहेको समयमा किन खन्नुपर्थ्यो?' उनले जनतालाई जानाजान दुःख दिने सरकारी निकायविरुद्ध उपभोक्ताले मुद्दा हाल्ने बेला आएको बताए।
सार्क शिखर सम्मेलनअघि मात्र स्तरोन्नति गरिएका सडकपेटी एसियाली विकास बैंक (एडिबी) को परियोजना कार्यान्वयन गर्ने नाममा धमाधम भत्काउन थालिएको हो। एडिबीको करिब १५ करोड रुपैयाँमा राजधानीका १५ किलोमिटर सडकपेटी अपांगमैत्री र स्तरोन्नति गर्ने नाममा राजधानीका पक्की सडकपेटी भत्काउन थालिएको छ। ५ महिना अगाडि भत्काएर अलपत्र छाडिएका फुटपाथसमेत कहिले बन्छ भन्ने टुंगो छैन। निर्माण गर्ने ठेकेदारको लापरबाही र अनुगमन निकायको कमजोरीले नै फुटपाथमा मनपर्दी भत्काउने काम अगाडि बढेको हो।
भत्काइएका स्थानमा कुन कम्पनीले कुन आयोजनाअन्तर्गत काम गरिरहेको छ भन्नेसमेत उल्लेख गरिएको छैन। क्षमता नै नभएको ठेकेदार कम्पनीलाई कामको जिम्मेवारी दिँदा फुटपाथको अवस्था बेहाल बन्न पुगेको सरोकारवाला निकायका अधिकारी नै बताउँछन्। एडिबीको आर्थिक सहयोगमा काठमाडौं दिगो सहरी यातायात परियोजना र काठमाडौं महानगरपालिकाले अपांगमैत्री फुटपाथ निर्माणका लागि भन्दै 'लुम्बिनी रमण' नामक ठेकेदार कम्पनीलाई कामको जिम्मेवारी दिएका थिए।
कम्पनीले टुँडिखेल वरपर क्षेत्रसहित उपत्यकाका १५ किलोमिटर फुटपाथ निर्माणका लागि १५ करोड रुपैयाँको ठेक्का पाएको हो। तर, कम्पनीले पक्की स्थानको फुटपाथ भत्काउनेबाहेकको काम गर्न सकेको छैन। कम्पनीले हतारमा काम देखाउन पक्की फुटपाथ भत्काउने र ब्लक निकाल्ने काम गरे पनि निर्माणतर्फ भने अझसम्म ध्यान दिन नसकेको परियोजनाका प्रमुख निरज शर्मा बताउँछन्।
'काम छिटो गर भनेर पटक–पटक ताकेत गरिरहेका छौँ,' उनले भने, 'तर कम्पनीले विभिन्न बहाना बनाउँदै काममा आलटाल गर्दै आइरहेको छ।' उनका अनुसार ठेकेदार कम्पनीले क्षमताभन्दा बढीका काम देशैभर लिने गर्दा सबैतिरको काममा असर परिरहेको हो।
महानगरको उक्त परियोजना प्रमुख सुरज शाक्यले निर्माणको क्रममा समस्या देखिएको स्विकार गरे। उनले जनतालाई कमभन्दा कम दुःख पर्ने गरी काम अगाडि बढाउन कम्पनीलाई भनिसकेको जानकारी दिए।