काठमाडौं- राष्ट्रिय आवास नीतिले सुकुम्बासीको पहिचान नगरेका कारण भूकम्पपीडित सुकुम्बासीले सरकारी सहायता पाउन सकेका छैनन्। काठमाडौं उपत्यकामा करिब २६ क्षेत्रमा टहरा बनाएर अव्यवस्थित रुपमा बसेका सुकुम्बासीका टहरा भत्के पनि सरकारी सहयोग पाउनबाट बञ्चित छन्।काठमाडौं उपत्यका र आसपास सुकुम्बासीका २ सय ३८ वटा टहरा भत्केको महिला एकता समाजले जनाएको छ। यस्ता अव्यवस्थित करिब ११ सय टहरामध्ये ३ सय ३० वटा उच्च जोखिममा रहेको पनि समाजले जानकारी दिएको छ।
वैशाख १२ गतेको भूकम्पमा कतिपय सुकुम्बासीको बसोबास नै उठेको बताउँदै सुकुम्बासीका लागि काम गर्दै आएका संस्थाले उनीहरूलाई सरकारले सघाउनुपर्ने बताए। भूकम्पपछि सरकारले सुकुम्बासीलाई मानवताका आधारमा समेत व्यवहार नगरेको उनीहरूले गुनासो गरे।
सुकुम्बासीका लागि सरकारसँग सहकार्य गर्दै आएको युएन ह्याबिट्याटका नेपाल प्रतिनिधि पद्मसुन्दर जोशीले अरु भूकम्पपीडितलाई जस्तै उनीहरूलाई सहयोग गर्नुपर्ने बताए। 'सहरमा डेराभाडामा बस्नेहरु भूकम्पपछि कतिपय ठाउँमा टेन्टमै बसिरहेका छन्,' उनले भने, 'नदी किनारका सुकुम्बासीको अवस्था पनि त्यस्तै छ।'
पुनर्निर्माणमा काम गर्ने कतिपय मजदुर यस्तै बस्तीका हुने भएकाले राज्यबाट सहायता पाउने अधिकार उनीहरूको पनि रहेको जोशीले बताए।
'नदी किनारमा बस्ने सुकुम्बासी मजदुरीलगायत विभिन्न आर्थिक क्रियाकलापमा संलग्न छन्। उनीहरूको कामबाट पनि देशलाई कुनै न कुनै रुपमा सहयोग पुगेको छ,' उनले भने, 'उनीहरू बस्ने जग्गा कस्को भन्ने त वर्षौं लामो विवाद आफ्नो ठाउँमा छ। तर विपत्तिका बेला उनीहरूलाई मानवताका आधारमा सहायता गरिनुपर्छ, भेदभाव गर्नु हुँदैन।' सरकारले सुकुम्बासीको पनि आवास व्यवस्था गर्नुपर्र्ने उनले बताए। घर भत्केका भूकम्पपीडितलाई १५ हजार रुपैयाँ वितरण गरे जसरी नै सुकुम्बासीलाई पनि राहत दिनुपर्ने उनले माग गरे।
महिला एकता समाजकी अध्यक्ष विमला तामाङले पनि यस्तो अवस्थामा सुकुम्बासीलाई सहयोग गर्नुपर्ने बताइन्। 'पीडित अहिले वडामा राहतका लागि धाइरहेका छन्,' उनले भनिन्, 'अझै पनि केही परिवार पालमुनि नै बसिरहे पनि सरकारले सहयोग गरेन।' उनले सरकारद्वारा पहिचान नगरेका बेला सुकुम्बासीलाई जीवनयापनका लागि सीप र दक्षता अनुसार तालिम दिएर पुनर्निर्माणमा लगाउन सकिने सुझाव दिइन्। 'सरकारले अविभावकका रुपमा सहयोग गर्नुपर्छ,' उनले भनिन्। सरकारले भत्केको संरचना अनुसार सहयोग गरिनु पर्ने उनले बताइन्।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरि शर्माले सुकुम्बासीबारे को छानबिन नहुँदासम्म सरकारले सुविधा दिन नमिल्ने बताए। 'सरकारले राष्ट्रिय आवास नीतिमा सुकुम्बासी पहिचान नगरेकाले उनीहरूलाई आवास व्यवस्था गर्न सकिएको छैन,' उनले भने, 'पहिचान नभएका कारण सुकुम्बासी व्यवस्थापन गर्न समस्या परेको छ।'
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सुकुम्बासीका लागि राहतको व्यवस्थाबारे सरकारले कुनै निर्णय नगरेको बताए। 'भूकम्पपछि उनीहरूले सानोतिनो राहत पाएका होलान्,' उनले भने, 'तर पुनर्निर्माणका हिसाबले दिन मिल्दैन। यसका लागि सरकारले बेग्लै निर्णय गर्नुपर्छ।'
दुःख पाएकालाई सरकारले पाल, खाद्य सामग्रीलगायत राहत वितरण गर्दा कतिपय सुकुम्बासी पनि परेको उनले प्रष्ट्याए। तर सरकारले सुकुम्बासीलाई सहुलियत ऋण दिन नसक्ने उनले स्पष्ट पारे। 'घर बनाउने र ज्यान जोगाउने कुरा फरक भएकाले सरकारले उनीहरूलाई सहयोग गरेको हो,' उनले थपे।
सरकारले राष्ट्रिय आवास योजना २०७१ अनुसार अस्थायी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने प्रयास गरेको छ। योजनाले विभिन्न सरकारी तथा अन्य जग्गा, नदी किनार अतिक्रमण गरी अनधिकृत बसोबास गर्नेको संख्या बढिरहेको उल्लेख गरेकाले सरकार उनीहरूको पक्षमा देखिए मान्यता दिएको ठहर्ने कतिपयको विश्लेषण छ।
योजनाले आवास जीवनस्तर सुधारको एउटा प्रमुख सूचक हुनसक्ने भएकाले अव्यवस्थित सहरी बस्ती सुधार क्रममा नदी किनारका सुकुम्बासी परिवार अन्यत्र स्थानान्तरण गरी व्यवस्थित आवास सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ।
२०६९ वैशाख २६ गते सरकारले थापाथली क्षेत्रका बस्तीबाट सुकुम्बासी पहिचान गरी इचंगुनारायणमा बसोबास व्यवस्था गर्ने जनाए पनि अहिलेसम्म पहिचान गर्न नसक्दा थाँती छ।
विभागले २०६९ सालमा गरेको सर्वेक्षण अनुसार नदी किनारका २९ वटा बस्तीमा २ हजार ३१ परिवार र अन्य स्थानका १७ वटा बस्तीमा ४ सय ६७ परिवारको बसोबास छ। त्यस्तै, उपत्यकाबाहिर धरान, वीरगन्ज, भरतपुरजस्ता नगरपालिकामा सुकुम्बासी समस्या दिनानुदिन बढ्दै गइरहेको योजनाले जनाएको छ।