काठमाडौं- सरकारले देशका विभिन्न तीन सहरलाई 'हरित सहर' र तीन स्थानलाई 'स्मार्ट सिटी'का रुपमा विकास गर्ने भएको छ। सरकारले पोखरा, धरान र ललितपुर उपमहानगरपालिकालाई 'हरित सहर' र काठमाडौं उपत्यका, लुम्बिनी र निजगढलाई 'स्मार्ट सिटी'का रुपमा विकास गर्ने घोषणा गरेको हो।स्मार्ट सिटीका निर्माणका लागि आगामी वर्ष आवश्यक गुरुयोजना बनाएर काम अघि बढाइने बजेटमा उल्लेख छ। बढ्दो सहरीकरणलाई व्यवस्थित, विकसित र वातावरणमैत्री बनाउने अभियानअन्तर्गत सरकारले आगामी आर्थिक वर्षमा हरित र स्मार्ट सिटीको अवधारणा ल्याएको हो।
अर्थमन्त्री रामशरण महतले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को बजेटअनुसार 'विकासको लहर, सुविधासम्पन्न सहर'को नारासहित आधुनिक सुविधासम्पन्न सहर निर्माण गर्ने अभियान चलाइने भएको हो। यसअन्तर्गत सहरलाई हरित सहर बनाउने कार्य अभियानका रुपमा सञ्चालन गरिनेछ।
अभियानअन्तर्गत पहिलो चरणमा आगामी आर्थिक वर्षमा पोखरा, धरान र ललितपुर उपमहानगरपालिकालाई पर्याप्त हरियाली सहितको वातावरणमैत्री सहरको रुपमा विकास गरिने योजना अघि सारिएको छ। हरित सहरका लागि ती क्षेत्रमा पर्याप्त बगैँचा निर्माण, वृक्षारोपण, नदी किनाराका खाली ठाँउमा छिटो बढ्ने प्रकृतिका रुख रोप्ने, पार्क निर्माण गर्नेलगायत कार्य गरिने छ।
हरित सहर निर्माणका लागि आवश्यक हरियाली बढाउन, नदी किनाराको बगैँचा, सज्जा तथा सम्भारमा क्षेत्र विभाजन गरी स्थानीय क्लब, टोल सुधार समिति, सामाजिक संघसंस्था, व्यावसायिक प्रतिष्ठान तथा सरकारी निकायलाई जिम्मा दिने जनाइएको छ। सहरी क्षेत्रमा सौर्य उर्जा प्रयोगलाई प्रोत्साहित गर्ने नीतिसमेत सरकारले लिएको छ।
यसैगरी, सरकारले आगामी वर्ष देशका विभिन्न तीन स्थानलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने भएको छ। सरकारले काठमाडौं उपत्यका, लुम्बिनी र निजगढलाई स्मार्ट सिटीको विकास गर्ने घोषणा गरेको छ।
इन्टरनेटलगायत प्रविधि प्रयोगबाट नागरिकलाई आवश्यक सेवासुविधा उपलब्ध गराउनुलाई नै स्मार्ट सिटी भनिन्छ। स्मार्ट सिटीअन्तर्गत अधिकांश क्षेत्र इन्टरनेट प्रणालीसँग जोडिन्छ। सरकारी तथा अन्य निकायका काम प्रविधिकै प्रयोगमार्फत् छिटो र सहज सम्पादन गरिन्छ। विज्ञहरूका अनुसार सहरी योजना प्रभावकारी बनाउन र पूर्वाधार विकासमा स्मार्ट सिटीले महत्वपूर्ण भूमिका खेल्छ।
बढ्दो सहरीकरणसँगै सरकारले सहरी विकासको २० वर्षे दीर्घकालिन कार्ययोजनासमेत बनाउने भएको छ। कार्ययोजना आगामी वर्ष नै कार्यान्वयन गरिने बजेटमा उल्लेख छ। यस्तै, मध्यपहाडी लोकमार्गमा निर्माणाधीन १० वटा आधुनिक सहरको पूर्वाधार निर्माणका लागि ४४ करोड रुपैयाँसमेत विनियोजन गरिएको छ।
ऐतिहासिक सहर विराटनगर स्थापना भएको एक शताब्दी पूरा भएको अवसरमा सडक, खानेपानी, हरियाली र सरसफाइजस्ता आधारभूत सहरी पूर्वाधारका कार्यक्रम सञ्चालन गरिने, विराटनगर चक्रपथ निर्माणलाई निरन्तरता दिनुका साथै सहरी सडकहरू कालोपत्रे गर्ने, देशका प्रमुख सहरहरूमा सिसीटिभी क्यामेरा जडान गर्ने, देशका सबै सहरमा स्वीकृत मापदण्डका सडक विस्तार कार्यक्रम प्राथमिकतासाथ सञ्चालन गर्ने, सहरी क्षेत्रका घरमा सोलार प्यानलबाट विद्युुत उत्पादन गर्ने, अव्यवस्थित सहरीकरण नियन्त्रित गरी भवन संहिता र निर्माण संहिता कडाइपूर्वक पालना गराउने कार्यलाई तीव्रता दिइने भएको छ।
सरकारले तराई मधेशमा आधुनिक सुविधासम्पन्न १० वटा नयाँ सहर निर्माणको सम्भाव्यता अध्ययन पनि आगामी आर्थिक वर्षमा गर्ने भएको छ। विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आवश्यक सहरी पूर्वाधार विस्तारसमेत प्राथमिकतामा राखिएको छ। सरकारले ती सहरलक्षित ६ लेनको व्यापारिक मार्ग निर्माण गरिरहेको छ। ती निर्माणाधीन सडकका लागि पर्याप्त बजेट विनियोजन गरिनुका साथै कार्य प्रगतिका आधारमा थप रकम उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ। सरकारले सुदुर पश्चिमका धनगढी, अत्तरिया, भीमदत्त र झलारी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालनका लागि समेत बजेट छुट्ट्याएको छ।