पर्वत–भगरा–१ की १७ वर्षीय सिता क्षेत्री हराएको एकवर्ष पुग्न थाल्यो । तर, उनी कहाँ कस्तो अवस्थामा छिन ? पत्तो छैन । थापाठाना–२ का मिलन क्षेत्रीसँग हिँडेको चिठीमा उल्लेख गरेर बेपत्ता भएकी उनी हालसम्म भेटिएकी छैनन्। तर मिलन सितालाई लिएर हिँडेको विषयमा सहमत छैनन् । सिताका परिवारले जिल्ला प्रहरीमा मिलनबिरुद्धमा उजुरी ल्याएपनि यहाँको प्रहरीले सिता स्याङ्जा जिल्लाबाट हराएकोले उजुरी पनि स्याङ्जा प्रहरीलाई दिन लगाएर उम्कने प्रयास ग¥यो । स्याङ्जा प्रहरीले उजुरी दर्ता नै गर्न मानेन् ।
सिता ०७१ साउन १५ गतेदेखि सम्पर्कमा आएकी छैनन् । प्रहरीले खोजतलासमा परिवारलाई सघाएपनि फेला नपरेको बताएको छ । देविस्थान–९ की २० वर्षीय तुलसी गौडेल गत असोज २ गते आफ्नै घरबाट बेपत्ता भइन् । घरमा कुनै जानकारी नगराई हिँडेकी भनिएकी तुलसीको उनीसँगै दुई वर्षको छोरा समेत हराए ।
त्यस्तै लेखफाँट–२ की अनिता पौडेल हराएको पनि छ महिना बितिसक्यो । अनिता पाँच बर्षिय छोरा सबिनसँग गत पुस १५ गते काठमाडौबाट बेनी जाने गाडीमा घर फर्किएकी थिइन् । 'काठमाडौबाट घर फर्किदा बाटोबाटै अनिता र उनको पाँच बर्षिय छोरा हराएको विषयमा खोजतलासका लागि प्रहरीमा निवेदन आएपनि फेला पार्न सकेका छैनौं,' जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले भने ।
उता कुश्मा नगरपालिका–५ खुर्कोटकी ३३ वर्षीय सिता पुरी गत चैत्र १८ गतेदेखि सम्पर्कमा छैनन् । रातको समयमा कसैलाई खबर नगरी हिँडेको भनिएकी उनीसँगै १० वर्षिय छोरा कृष्ण र १४ वर्षीया छोरी कविता पनि हराएका छन् ।
उता ०७१ कार्तिक १२ गते घरबाट विद्यालय गएका वहाकीठाटी गाविसका १५ वर्षीय दुर्गालाल भुसाल पनि अहिलेसम्म घर फर्केका छैनन् । आर्थरडाँडाखर्क–२ की ३५ वर्षीया मैया क्षेत्री यही असार ४ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा आएकी छैनन् ।
बाच्छा–४ का ११ वर्षिय राहुल माझी हराएको दुई हप्ता मात्रै बितेको छ । सदरमुकाम कुश्मास्थित मेलमिलापचोकमा परिवारसँग बस्दै आएका राहुल असार १६ गते घरबाहिर खेल्न भनि निस्किएका थिए । उनी घरमा नफर्किदा अहिले परिवार मुर्छित छ ।
यी त प्रतिनिधि घटना मात्रै हुन । पर्वतमा गत साउनदेखि अहिलेसम्म एक सय छ जना महिला र बालबालिका हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हराएका मध्ये ४५ जना सम्पर्कमा आएपनि अन्य फेला पार्न नसकिएको पर्वत प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार एक वर्षको अवधिमा ५० जना महिला हराएकोमा २३ जना मात्रै भेटिए ।
त्यस्तै १४ जना बालक मध्ये आठ जना र १९ जना बालिका मध्ये १४ जना मात्रै भेटिएको उनले जानकारी दिए । फेला परेका मध्ये परिवारलाई जानकारी नगराई घुम्न गएको, कोही विवाह गरेर गएको, परिवार तथा आफन्तलाई खबर नै नगरी अन्य बजारमा गएर होटलमा काम गरेर बसेको अवस्थामा भेटिएको श्रेष्ठको भनाइ छ । उनले हराएका मध्ये धेरै फेला नपरेको बताए ।
'घरायसी झैझगडा र कमजोर आर्थिक अवस्था पनि महिला र बालबालिका हराउनुको कारण हुनसक्छ,' श्रेष्ठ भन्छन्–'सधैँ झगडा गर्नुभन्दा एकातिर जान्छु भनेर बेपत्ता भएको पनि हुनसक्छ ।' पर्वतमा हराएका महिला र बालिका बेचबिखनमा परेको पनि हुनसक्ने आशंका गर्ने गरिन्छ । भगराकी सिता क्षेत्रीका परिवारले उनी बेचिएको आशंका गरेका छन् । परिवारले दिएको जाहेरी पर्वत र स्याङ्जा प्रहरीले नलिदा समस्या भएको मानवअधिकारकर्मी माधवराज पाण्डेय बताउँछन् ।
उनले महिला र बालबालिका हराउनुको प्रमुख कारण बहुबिवाह, घरायसी झगडा, कमजोर आर्थिक अवस्था, दाइजोप्रथा, विभिन्न प्रलोभन रहेको दाबी गर्छन । 'महिला र बालबालिकामाथि हुने हिंसा रोक्न राज्यका निकायले कानुनलाई कडाईका साथ लागु नगर्दासम्म र महिला तथा बालबालिकाको सुरक्षालाई सुनिश्चित नगरेसम्म यस्ता घटना दोहोरिरहन्छन्,' पाण्डेयले भने ।