काठमाडौं- पशुपति क्षेत्रको किरियापुत्री भवनका दुई कोठा निजी पसलेले कब्जा गरिरहँदा पशुपति क्षेत्र विकास कोषले हटाउन सकेको छैन। भूकम्पले आफ्नो संरचना भत्काएको भन्दै जबरजस्ती कोठा कब्जा गरेको पसलेले पटकपटकको आग्रहमा पनि हटाउन नमानेको कोषले आरोप लगाएको छ।किरियाका लागि पूजा सामग्री बिक्रीवितरण गरिरहेको 'पूजा सामग्री पसल' ले कोषलाई जानकारी नगराई भूकम्प गएको तीन दिनमै कोठमा आफ्ना सामग्री थुपारेर बिक्रीवितरण गरिरहेको छ। पसलले किरियापुत्री भवनका २० र २९ नम्बरका कोठामा आफ्ना सामग्री राखिरहेको छ। कोषले भने जबरजस्ती गरेरै पसल राखेको दाबी गरेको छ।
दैनिक कतिपय किरियापुत्री ठाउँ अभावको कारण फर्कनुपरेको कोषका सदस्यसचिव गोविन्द टण्डनले नागरिकलाई सोमबार जानकारी दिए। 'हामीले ठाउँ अभावमा कतिपयलाई फर्काउनुपरेको अवस्था छ, तर पसलेले जबरजस्ती गरेरै ठाउँ कब्जा गरेको छ,' उनले भने, 'पटकपटक आग्रह गर्दासमेत पसलेले मानेका छैनन्। अब अल्टिमेटम दिएर कोषले नै हटाउने तयारी गरिरहेको छ।'
कोषको आग्रहलाई अटेर गर्दै पसल नउठाइएपछि जरिवाना तिराएर हटाइने उनले बताए। यसबाहेक तीन दिनमा हट्न केही दिनमा सूचना दिने र त्यो अवस्थामा पनि कार्यान्वयन नभए प्रहरी लगाएर हटाउने तयारी कोषको छ। 'यो पूर्ण रुपमा कोषको कानुनविपरीत काम भइरहेको छ,' उनले भने, 'त्यसैले ऊ त्यहाँबाट हट्नैपर्छ।' तर पसल सञ्चालक राधाकृष्ण सापकोटाले नागरिकसँग पनि ती कोठा नछाड्ने दाबी गरे।
'मैले पनि मेरो पसलबाटै परिवार पाल्नुपर्छ, वर्षौंदेखि गरिरहेको पेसा यहाँ बाहिर लगे बिक्री हुँदैन,' उनले नागरिकसँग भने, 'त्यसैले मैले छाड्दिनँ। सुरुमा यहाँ दिएका थिएनन् तर जबरजस्ती गरेरै कोठामा सामान राखे।'
मासिक ४ हजार रुपैयाँ भाडा तिर्दै आएको ठाउँ भूकम्पले भत्काइदिएपछि यस्तो अवस्था आएको उनले बताए। 'कोषले तुरुन्त खाली गर्न भनेको थियो,' उनले भने, 'तर म कहाँ जाने? सबैलाई दुःख परिरहेका बेला मेरो पनि बाध्यता बुझिदिनुपर्योग।' किरियापुत्रीको व्यवस्थापनमा खटिएका कर्मचारीले मानवीयताका आधारमा पसलेलाई सहयोग गरिएको बताए। 'किरियापुत्री नजिकै रहेको भवन भत्किएपछि पसल २० र २९ कोठामा आएको हो,' उनले भने, 'भुइँचालो आएको अवस्थामा हामीले दिएका थियौं।'
कोषमा अहिले रहेको ४५ वटा किरियापुत्री कोठामध्ये दुई वटामा कोषले सहकारी पसल सञ्चालन गरिरहेको छ, एउटामा कार्यालय र अहिले दुइटा कब्जा भएपछि ४० वटामा मात्र किरियापुत्रीले सेवा पाइरहेको उनले बताए। 'किरियापुत्री बढिरहेका बेला कोठा संख्या बढाउनुपर्ने अवस्था छ,' उनले भने, 'तर विभिन्न कारण कोठा घट्दा किरियापुत्रीलाई खाली हात पठाउनुपरेको छ।'
कोषका अर्का एक कर्मचारीले भने कोषकै अन्य जिम्मेवार कर्मचारीले पसलेलाई संरक्षण दिएको दाबी गरे। 'कोषमा बेलाबेला यस्तो अवसर उठाउने धेरै हुन्छन्,' उनले भने, 'नभए भूकम्प आएको ढाइ महिना बितिसक्दा केही गर्न सकेको छैन।' सदस्यसचिव टण्डनले भने यो कुरा आफूले जानकारी नपाएको बताए। 'यस्तो अवस्थामा बल प्रयोग गरेरै भए पनि पसल हटाउँछौं,' उनले जोडे।