रोकिए जीवन्त जात्रा र संस्कृति
२८ असार २०७२
•
११ मिनेट पाठ
रोकिए जीवन्त जात्रा र संस्कृति
काठमाडौं- भूकम्प गएपछि काठमाडौंकी जीवित देवी कुमारीलाई पाँच दिन घरबाहिरै राख्नुपर्योन। सयौं वर्षदेखि चलिआएका उनका नियमित क्रियाकलाप रोकिए। कुमारीलाई वसन्तपुरस्थित कुमारीघरको चोकमा सारियो। 'उहाँमा भूकम्पको डर भने थिएन,' कुमारीको हेरचाहमा खटिने कुमारी जात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्यले भने, 'केही दिन सुरक्षित स्थानमा राखेर फेरि नियमित कर्ममा फर्कायौं।'




कुमारीलाई पाँच दिनमै नियमित क्रियाकलापमा फर्काइएको शाक्य बताउँछन्। बिहान नित्यपूजा सकेर बसिरहेकी कुमारीलाई वैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेटको धक्कापछि सहयोगीहरूले चोकमा सारेका थिए।

'कुमारीघरमै रहेका बेला धक्का आएको थियो,' शाक्य सम्झन्छन्, 'उहाँलाई तल सारेपछि हामी ढुक्क भयौं। अगाडिका अग्लाअग्ला मन्दिर भत्किए। कतिपय भत्कने अवस्थामा छन्, तर पाँच दिनपछि परम्परा नियमित हुन थाल्यो।'

शक्तिशाली भूकम्प गएको करिब साढे दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रका दर्जनौं जीवित तथा अमूर्त संस्कृति एवं जात्रा परम्परा भने अवरुद्ध छन्। तिनलाई सामान्य अवस्थामा फर्काउन ढिलो गरिए अमूर्त संस्कृति लोप हुने संस्कृतिविदको चिन्ता छ।

उपत्यकामा महिना दिनभन्दा लामो चल्ने रातो मच्छिन्द्रनाथ रथयात्रा अहिलेसम्म पुनः सञ्चालनमा आउन सकेको छैन। वैशाख ९ मा सुरु भएको १२ वर्षे रथयात्रा भूकम्पपछि रोकियो। अनुकम्पन गइरहँदा रथयात्रा पुनः सञ्चालन हुन नसकेको गुठी संस्थानले जनाएको छ। संस्थानले जेठ ६ गते मच्छिन्द्रनाथ मूर्ति रथारोहण गराएर बुङ्मतीबाट तानिएको रथ ११ गते भैंसेपाटीको छ्यासीकोट पुगेपछि स्थगित छ।

यसबाहेक भूकम्पले पूजाआजा रोकिएका कैयन् मठमन्दिरमा दैनिक नित्य पूजासमेत हुन सकेको छैन। करिब सय वर्षको अन्तरालमा नेपालमा आउने विनाशकारी विपत्तिले कतिपय अमूर्त सम्पदा लोप भइसकेको पनि उनीहरूको धारणा छ।

गुठी संस्थान, ललितपुर शाखा कार्यालयका प्रमुख रुद्रनाथ अधिकारीले वैशाखदेखि दैनिक हुने पूजाआजा रोकिँदा रकम बाँड्ने काम प्रभावित भएको नागरिकलाई बताए।

'मठमन्दिर भत्किँदा दैनिक बिहान र बेलुकाका पूजासमेत रोकिएका छन्,' उनले भने, 'यसले गर्दा पुजारीले नियमित कामसमेत पाएका छैनन्।'

पुरातŒव विभागको तथ्यांकअनुसार भूकम्पले देशभर ७ सय ४१ वटा मठमन्दिरमा क्षति पुगेको छ। यीमध्ये कतिपयमा दैनिक नित्यपूजामा भक्तजनको लामै लाइन लाग्थ्यो। सयौं वर्षदेखि चलिआएका कतिपय अमूर्त सम्पदालाई निरन्तरता दिई संरक्षण गर्नुपर्ने पुरातŒवविद विष्णुराज कार्की बताउँछन्।

उनका अनुसार विपत्तिका बेला पुराना तथा नयाँ कला, चलन, भाषा, रीतिरिवाजजस्ता देख्न र छुन नसकिने (अमूर्त) सांस्कृतिक सम्पदा हराउने जोखिम छ। 'विपत्तिले लामो समय असर गर्ने हँुदा यस्ता रीतिरिवाज कतिपय नमनाई बन्द हुने अवस्थामा पनि पुग्छन्,' उनले भने, 'त्यसैले यिनीबारे खोजी पनि गर्नुपर्छ।'

महाभूकम्पले क्षति भएका भौतिक सम्पदा पुनर्निर्माण गर्न करिब २० अर्ब लाग्ने अनुमान राष्ट्रिय योजना आयोगको छ। तर, देशका रीतिरिवाज र चालचलनजस्ता अमूर्त सम्पदाको अवस्थाबारे भने सरकार बेखबर छ। मठ, मन्दिर, दरबार, पार्टी, पौवालगायत पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने आयोगले १५ दिनअघि नै सार्वजनिक गरेको थियो।

'हामीले अहिले भौतिक सम्पदालाई पुनर्निर्माण गरिरहेका छौं,' उनले भने, 'तर पछि पूजाआजा गर्ने पुजारीको अवस्था, पुराना बाजागाजा संरक्षण गर्ने र यस्ता परम्परा छुटे/नछुटेको अवस्थाबारे बेखबर छौं।' यस्ता विपत्तिपछि जतिसक्दो चाँडो व्यवस्थापन गर्न ध्यान दिनुपर्ने उनले बताए।

नेपालले सन् २०१० मा युनेस्कोको 'अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी सर्वेक्षण अभिसन्धि' मा हस्ताक्षर गरेको हो। त्यसयता यस्ता सम्पदाको संरक्षण गर्ने दायित्व थपिएको अर्का पुरातŒवविद भीम नेपालले बताए। यस्ता सम्पदा संरक्षण गर्नेबारे अभिसन्धिले प्रस्ट व्यवस्था गरेको उनले जनाए।

'भूकम्पपछि मन्दिरहरूको अवस्था थाहा नहँुदा भक्तजनले घरमै फोटो राखेर दर्शन गर्न थालेका छन्,' उनले भने, 'संस्कृति जोगाउन यो बेला सुरक्षा दिएर भए पनि दर्शनको व्यवस्था गरिनुपर्छ। यसले सर्वसाधारणमा संस्कृतिप्रति आस्था बचाइराख्छ।'

मन्दिरमा पूजा गर्ने पुजारीदेखि भक्तजन, सञ्चालन गर्ने वा नगर्ने भन्नेबारे प्रस्ट हुन पनि जरुरी रहेको उनले बताए। जात्रा, पर्वजस्ता संस्कृति सिकाउने, काष्ठकला र ढुंगा कलाजस्ता अमूर्त संस्कृतिका प्रमाण सुरक्षित राख्नुपर्ने बेला भएको उनको बुझाइ छ।

'यस्ता प्रमाण तथा पहिचानले संस्कृतिलाई जीवन्त राख्न मद्दत गर्छन्,' उनले थपे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव जयराम श्रेष्ठले गुठी तथा स्थानीय समुदायसँग मिलेर यस्ता संस्कृतिको अवस्था बु‰न थालिएको बताए। 'जात्रा, पर्व सञ्चालनका लागि आवश्यक पुराना भेषभुषा, बाजा, गहना, डबलीलगायतको संरक्षण अत्यावश्यक छ,' उनले भने, 'यिनीहरूको मूल्यांकन गुठी संस्थान र स्थानीय समुदायले गरिरहेको उनले बताए।'

नेपाल गुठी संस्थानका प्रवक्ता तथा पूर्वाधार विकास तथा सम्पदा शाखा प्रमुख सरोज थपलियाले अमूर्त सम्पदाको मूल्यांकन नभएको बताए। 'भूकम्पलगत्तै हामीले संस्कृति मन्त्रालयलाई भौतिक सम्पदासँगै सम्पूर्ण सांस्कृतिक सम्पदाको रिपोर्ट बुझाएका छौं,' उनले भने, 'तर अहिलेसम्म त्यस्तो लोप नै हुने गरी केही भएको छैन।'

रातो मच्छिन्द्रनाथबाहेक भूकम्पले प्रभावित अमूर्त सम्पदा संस्थानको आँखामा नपरेको उनले प्रस्ट पारे। 'कतिपय लाखेनाच नाच्नेका घर भत्किएका छन्। ती मान्छेले कसरी लाखे नाच देखाएर संस्कृतिलाई निरन्तरता दिन्छन्' भन्ने विषय अहिलेको चिन्ताको विषय रहेको उनले बताए।

'अहिले संस्थान गहिराइमा पुगिसकेको छैन। परम्परा लोप नहुने किसिमले सञ्चालन गर्नेबारे हामी सोच्दैछौं,' उनले भने, 'भूकम्पपछि कतिपय टोलका घर टेका लगाइएका छन्। बर्खाले भित्री सहरका सडक बिगारेका छन्। त्यसैले भदौमा हुने कुमारी रथ तान्ने तयारीबारे पनि सोच्ने बेला भइसकेको छ।'

अनुकम्पन जारी रहे पनि जात्रा रोक्न नहुने उनले बताए। चाँडै स्थानीय र संस्कृतिविदसँग छलफल गरेर मच्छिन्द्रनाथको जात्रालाई निरन्तरता दिनुपर्ने उनले जनाए। निकट भविष्यमा आउन लागेका जात्रा मनाउने तरिकाबारे छलफल भएर निरन्तरता हुने उनले विश्वास दिलाए।

'रातो मच्छिन्द्रनाथको रथ बिग्रेको भन्ने आएको छ। त्यसलाई मर्मत गरेर अगाडि बढाउनुपर्छ,' उनले भने, 'भूकम्पले गर्दा रथ तान्न हुँदैन भन्ने कुरालाई विचार गरेर संस्कृतिलाई निरन्तरता दिनुपर्छ।'

रातो मच्छिन्द्रनाथको रथयात्रा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय जात्रा भएको हुनाले यसको सञ्चालन अहिलेको महŒवपूर्ण विषय रहेको उनले बताए। नेपालले अभिसन्धिमा हस्ताक्षर गरेपछि भौतिकजस्तै अमूर्त सम्पदालाई पनि विश्व सम्पदामा समेट्ने प्रयास भइरहेको उनले जानकारी दिए।

'नियमित जात्रा मनाउन सकिएन भने मनाउने प्रक्रियाको मौलिकता घट्न सक्छ,' उनले भने, 'जसकारण अमूर्त सम्पदा मच्छिन्द्रनाथको रथ तान्ने जात्रालाई विश्वसम्पदामा सूचीकरण गर्न गाह्रो हुन्छ।'

अमूर्त सांस्कृतिक सम्पदाको उत्पत्ति, पहिचानलगायत यावत कुराको जानकारीसहित विश्वसम्पदामा सूचीकृत पार्न सजिलो हुने विज्ञले बताएका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस