महोत्तरी– जिल्लाको एकडारा बेला गाविसका सचिव नैनी–४ बस्ने ५६ वर्षका सियाशरण रायलाई अपहरण शैलीमा लैजाने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही गाविस–९ बस्ने २० वर्षका अखिलेश यादवसहित १४ जनाले बजेटसम्बन्धी बिषयलाई लिएर बिहीबार जलेश्वर नगरपालिका–५ बाट सचिव रायलाई बिआर ५५ ए ५१६५ नम्वरको गाडीमा राखी अपहरण शैलीमा लगेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त गाडीसहित पक्राउ गरेको जनाएको छ।
यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।