इलाम- 'सरकारी लगानी बालुवामा पानी' भन्ने उक्ति 'राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम' मा सान्दर्भिक देखिएको छ। तीन वर्षअघि सरकारले लागू गरेको यो कार्यक्रम सरोकारवालाबीच समन्वय हुन नसक्दा र चुरे क्षेत्रका बासिन्दालाई नसमेट्दा निष्प्रभावी भएको हो। चुरे क्षेत्रमा पर्ने इलामका १४ गाविसमा बर्सेनि एक करोडभन्दा बढी लगानी हु"दै आए पनि प्रतिफल शून्य छ।पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लाका झन्डै ५० लाख मानिसको जीवनपद्धतिस"ग जोडिएको चुरेक्षेत्र संरक्षणनिम्ति छुट्टिने बजेट थोरै उपलब्धि र धेरै हल्लामै सकिने सरोकारवाला नै स्विकार्छन्। संरक्षण जिम्मा पाएका गैरसरकारी संस्थाको काम झनै अनुत्पादक छ। मुलुकको कुल भूभागको १२ दशमलव ७८ प्रतिशत भूभाग ओगट्ने चुरे क्षेत्र क्षयीकरण हुने क्रम जारी छ।
सरकारले प्राथमिकतामा राखेपछि जिल्लास्थित भू–संरक्षण, वन, वनस्पति, कृषिविकास, पशुसेवा, सिचाइ कार्यालयमार्फत चुरेक्षेत्र संरक्षणमा बर्सनि बजेट छुट्टिइरहेको छ। वन तथा भू–संरक्षण मन्त्रालयबाट सोझै परियोजना स्विकृत गरी संरक्षणको काम गर्ने गैरसरकारी संस्था पनि थुप्रै छन्। ती निकायले आर्थिक वर्षको अन्त्यमा छुट्टिने बजेट सक्न हतारमै काम गर्दा अपेक्षित उपलब्धि नभएको हो।
चुरे संरक्षण नाममा गैरसरकारी संस्थालाई प्राप्त हुने बजेट कसरी तलबभत्तामै सकिन्छ भन्ने उदाहरण इलामको एउटा संस्थालाई हेर्दा छर्लंग हुन्छ। राष्ट्रपति चुरे तराई–मधेस संरक्षण आयोजनास"ग वैशाखमा सम्झौता गरेको जुनतारा सामाजिक विकास केन्द्रले इलामका १४ गाविसमा फैलिएको चुरे क्षेत्र संरक्षणको जिम्मा अर्को गैरसरकारी संस्था सामाजिक सेवा तथा वातावरण संरक्षण मञ्चलाई दिएको थियो।
उक्त संस्थाले आयोजनाअन्तर्गत पाएको १५ लाख रुपैया" प्रशासनिक खर्चमै सीमित हुन लागेको हो। मञ्चका अध्यक्ष नकुल बान्तवाका अनुसार १३ प्रतिशत कर कट्टी गर्दा १३ लाख रुपैयाँ हाराहारी मात्रै बजेट जिल्लामा आएको छ। त्यसबाट मासिक २२ हजार रुपैयाँ तलब दिने गरी एक जना कार्यक्रम संयोजक, मासिक ११ हजार दिने गरी तीन सामाजिक परिचालक र १० हजार दिने गरी एक लेखापाल राखिएको छ।
'कर्मचारीको तलबभत्तामै मासिक ६३ हजार खर्च हु"दै आएको छ,' बान्तवाले नागरिकलाई भने, 'आतेजाते काममा उत्तिकै खर्च हु"दा चुरे क्षेत्रको संरक्षणमा सोचेअनुरूप कामै देखि"दैन।' यस्ता प्रशासनिक खर्च कटाउ"दा बच्ने करिब ६ लाख रुपैया"ले १४ गाविसमा संरक्षण कार्यक्रम गर्नु सजिलो नभएको उल्लेख गर्दै बान्तवाले 'विद्यार्थीमार्फत चेतना जगाउने र इको क्लब गठन गर्ने' काममै सीमित हुनुपर्ने बताए।
मञ्चका कार्यक्रम संयोजक रवि ज्ञवालीका अनुसार सीमित बजेटले लक्षित गाविसका विद्यालयमा इको क्लब गठन गदर्ैै चुरेक्षेत्रको महŒवबारे विद्यार्थीमाझ चेतना फैलाउने काम भइरहेको छ। 'कमजोर भूबनोट हुने चुरे क्षेत्र कसरी दोहन भइरहेको छ र यसले जनजीवनमा कस्तो असर पुर्याीइरहेको छ भन्ने बुझाउ"दै छौं' ज्ञवाली दाबी गर्छन्, 'विद्यार्थीमार्फत चेतना फैलाउ"दा उनीहरूले अभिभावकलाई सचेत पार्छन्।'
'एकीकृत रूपमा काम गरेको' दाबी गर्ने सरकारी निकायको लगानी पनि चुरेको बगरमै बिलाएको पाइएको छ। चालू आर्थिक वर्षमा भू–संरक्षण कार्यालयले ४६ लाख ५० हजार र वन कार्यालयले २९ लाख १४ हजार इलामको चुरे क्षेत्रमा लगानी गर्दै छन्। लोदिया खोलालाई आधार बनाई 'लोदिया खोला उपजलाधार क्षेत्र' तोकेर आसपासका चिसापानी, लक्ष्मीपुर र दानाबारी गाविसमा लगानी केन्द्रित छ।
'भूस्खलन रोक्न तारजाली वितरण, संरचना निर्माण र वृक्षरोपण अभियान प्राथमिकतामा छन्,' जिल्ला भूसंरक्षण कार्यालयप्रमुख विजेन्द्रकृष्ण सिंह भन्छन्, 'लोदिया खोला संरक्षणमै २५ लाख छुट्टिएको छ, यसले त्यो क्षेत्रको चुरे बचाउन केही न केही सघाउ पुग्नेछ।' वन कार्यालयका सहायक वन अधिकृत सुनीलकुमार सिंह पनि त्यसै क्षेत्रमा लगानी केन्द्रित भएको जनाउ"दै प्रतिफल राम्रो भइरहेको दाबी गर्छन्।
'अमला, खयर, टिक, मसला जातका बिरुवा तयार पारेर वृक्षरोपण गर्दै छौं,' सिंहले नागरिकलाई भने, 'खोला किनारमा वृक्षरोपण गर्दा बाढीको असर कम हुन्छ र चुरेक्षेत्र जोगिन्छ।' सरोकारवालाले संरक्षणको प्रभाव बिस्तारै देखिन थालेको, चुरे दोहन रोकिएको र जनजीवनमा सकारात्मक प्रभाव परेको दाबी गरे पनि स्थानीय अगुवा संरक्षण कार्यक्रमप्रति रुष्ट छन्।
'कसले कति खर्च गरेर चुरे संरक्षण गरिरहेको छ भन्ने हामीलाई जानकारी छैन, चुरेको वन फ"डानी नरोकि"दा पहिरो, ढुंगागिट्टी निकासी जारी छ,' चुरे क्षेत्रको चुलाचुली गाविसका पूर्वअध्यक्ष ओमनारायण खनाल भन्छन्, 'सरकारी बजेट हतारमा सक्दा चित्तबुझ्दो काम कतै छैन, अनुगमन गर्ने निकाय चुप बस्दा चुरे क्षेत्रमा भइरहेको लगानी बालुवामा पानीसरह छ।'
वनलाई समुदायीकरण गरिएपछि चुरेक्षेत्र फ"डानी नियन्त्रण भएको दाबी गर्दै सामुदायिक वन उपभोक्ता महासंघ इलामका अध्यक्ष तथा दानाबारी गाविसका अगुवा ध्रुव श्रेष्ठले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमको प्रभाव भने नदेखिएको बताए। 'को आउ"छ र कस्तो कार्यक्रम गर्छ भन्नेसमेत हामीलाई अत्तोपत्तो हु"दैन,' श्रेष्ठले गुनासो गरे, 'चुरेका बासिन्दा सधैं प्राकृतिक प्रकोपमा छन्।'