काठमाडौं- वैशाख ९ गतेदेखि सुरु भएको रातो मच्छेन्द्रनाथको १२ वर्षे रथयात्रा भूकम्पपछि निरन्तरता दिन अनिश्चित भएको छ। भूकम्प गएको दुइ महिना भन्दा बढी समय हुदासम्म पनि अनुकम्पनहरु आइरहदा अनिश्चित भएको हो।वर्षौदेखि चलिआएको परम्परा भूकम्पले गर्दा रोकिएको मच्छिन्द्रनाथ पानेजु (पुजारी) संघका सचिव विनोद बज्राचार्यले बताए। 'भूकम्प गएको चार दिन नभएसम्म रथलाई जहाँको तही राख्नुपर्ने चलन छ,' उनले भने, 'त्यसपछि मात्र स्वस्तीशान्ति पूजा गरेर रथ तान्न पर्छ।'
जेठ ६ गते मच्छेन्द्रनाथ भगवानलाई रथारोहण गरेर बुङ्मतिबाट तानिएको रथ ११ वैशाखमा भैसेपाटीको छयासीकोटमा पुर्याीइएको छ। वैशाख १२ गते ४ बजे रथ तान्ने साइत थियो तर भूकम्पले अहिलेसम्म छयासीकोटमै रथ सिमित रहेको उनले बताए। भूकम्पले गर्दा रथमा केही क्षति पनि पूगेको उनले बताए।
'भूकम्प रोकिएपछि यसलाई साइत जुराएर बनाउनुपर्ने देखिन्छ,' उनले भने, 'भूकम्प गएपछि एक पटक पुजा पनि गरिसकेका थियौं तर फेरी पटकपटक धक्का आइरहदा रथ तान्न सकिएन।'
उनका अनुसार रथ बुङ्मतिबाट सोह्रखुट्टे, नख्खु खोलामा मेला भराएर, युरीखेल हुँदै पुल्चोक, गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुदै रथलाई जावलाखेल पुर्याभउने प्रचलन छ। त्यो दिन जावलाखेलमा राष्ट्रप्रमुखले भोटो देखाएर रथ ४ दिनपछि पुनः बुङ्मति पुर्याैइने उनले बताए।
'यो जात्रा प्रत्येक १२ वर्षमा मनाउँदा दुइ पटक भोटो देखाइन्छ,' उनले भने, 'साउन २ गते मलमास सकिएपछि रथ बनाउने काम सुरु गर्ने तयारीमा हामी छौं।'
गुठी संस्थान ललितपुर शाखाका प्रमुख रुद्रनाथ अधिकारीले भूकम्प रोकिए मलमास सकिएपछि जात्रा सुरु गर्ने तयारीमा आफु रहेको बताए। 'भूकम्पको धक्का आइरहेको छ। भूकम्प रोकिएको ४ दिनपछि मात्र रथ तान्ने परम्परा रहेको छ,' उनले भने, 'रथको अवस्था अहिले सानो समस्या मात्र देखिएको छ।'
गुठीका अधिकारीले रथको निरिक्षण गर्दा अहिलेको अवस्थामा मर्मत गरेर चलाउन सकिने अवस्था रहेको उनले बताए। 'हामीले पर्दैन भनेका छौ। कतिपय स्थानियले बनाउन पर्छ भन्नुभएको छ,' उनले भने, 'रथको जानकारहरुले जे भन्नुहुन्छ, त्यसअनुसार रथको निर्माण हुन्छ। हामीसँग चाहिने सबै सामान छन्, आत्तिनुपर्ने अवस्था छैन।'
बुँगमतीबाट पुल्चोकसम्मको बाटोमा समस्या नभएको तर गाःबहाल, महापाल, सुन्धारा लगायत पुल्चोक देखिको भित्री ठाउँमा अधिकाशं घर भूकम्पका कारण क्षति भएको र टेको लगाइएको कारण रथयात्रामा समस्या पर्ने भन्दै कतिपयले चिन्ता गरेका छन्।
तर यसअघि पनि यस्तो अवस्था आउदा रथबाट भगवान निकालेर खटमा तान्ने गरिएको सस्कृतिविद चुन्दा बज्राचार्यले बताइन्। 'घर भत्केर टेका लगाइरहेको अवस्थामा कसरी रथ तान्न गाह्रो हुन्थ्यो त्यसपछि देवतालाई खटमा हालेर नगर परिक्रमा गरिने चलन थियो,' उनले भने, 'कुनै प्राकृतिक विपत्ती वा रथलाई अन्य कारणले क्षति भएमा क्षति भएको चार दिनपछि यस्तो तरिका अपनाइन्थ्यो।'
उनका अनुसार ०४६ सालको आन्दोलन अघि काठमाडौंको सेतो मच्छेन्द्रनाथको रथमा आगो लाग्दा यस्तो तरिका अपनाइएको थियो। त्यसबाहेक ०९० सालको भूकम्पपछि पनि सेतो मच्छेन्द्रनाथको जात्रालाई त्यसैगरी सम्पन्न गरेको सुन्न पाइने उनले बताइन्।
'अब कुमारी जात्रा भदौमा हुन्छ त्यो अवधिसम्म भित्री सहरका घर पुननिर्माण गरेर सकिदैन। सबैमा टेका लगाइएका हुन्छन्। त्यस्तो अवस्थामा रथ तान्न सकिदैन,' उनले भनिन्, 'चलिरहेको परम्परालाई निभाउनैपर्छ। त्यसैले कुनै उपाय अपनाउनपर्यो।'