पोखरा–घर किन्दै हुनुहुन्छ ? पक्कै पनि जीवनमा एकपटक पूरा गरिने ठूलो सपना साकार पार्नुअघि धेरैपटक सोच्नुहुन्छ होला । अर्काले बनाएको घर कत्तिको बलियो छ भनेर छरछिमेक वा चिनेजानेकालाई सोध्नुहुँदो हो।ती शुभेच्छुकहरुले आफूले देखेजानेको त बताइदेलान् तर उनीहरुको भनाइ विश्वसनीय हुन्छ भन्ने ग्यारेन्टी त पक्कै हुँदैन । तपाईंले चाहेको जस्तो ग्यारेन्टी गर्ने प्रविधि भने छ । विकसित मुलुकका इन्जिनियरहरुले प्रयोगमा ल्याइरहेको त्यस्तो प्रविधि नेपालमा सजिलै पाइन्छ ।
इन्जिनियरिङ भाषामा 'नन डिस्ट्रक्टिभ टेस्ट' भनिने त्यस्तो प्रविधिले घरको 'एक्सरे' गरेर रिपोर्ट दिन्छ । कुनै पनि घर वा भवन कत्तिको बलियो छ र अझै कति वर्ष टिक्छ भन्ने त्यो प्रविधिबाट जाँचेर थाहा पाउन सकिन्छ । वैंकटेस इन्जिनियरिङ एसोसिएट्सले अहिले पोखरामा घरहरुको नन डिस्ट्रक्टिभ टेस्ट गरिरहेको छ । सिभील इन्जिनियर नवराज त्रिपाठीसहितको टोलीले केही व्यक्तिका घर र निजी विद्यालयका भवनहरुको जाँच गरिसकेको छ ।
वरिष्ठ सिभील इन्जिनियर सुमन नरसिंह राजभण्डारीका अनुसार यस्तो प्रविधिबाट घर तथा भवनको पिलर, बिम र ढलानमा कति रड प्रयोग भएका छन् ? ती कुन आकारका छन् र कति फरकमा कहाँकहाँ छन् भन्ने पत्ता लगाउन सकिन्छ । 'मेडिकल उपकरणले मान्छेको भिडियो एक्सरे गरेजस्तै हो,' उनले भने, 'घर कत्तिको बलियो छ भनेर थाहा पाउन सकिन्छ ।'
हालै नेपालमा गएको भूकम्पले थुप्रै घर तथा भवन चर्काएको छ । ती घर बस्न योग्य छन् कि छैनन् र तिनमा के सुधार गर्न सकिन्छ वा पूरै भत्काउनुपर्नेछ भन्ने पनि इन्जिनियरिङको 'नन डिस्ट्रक्टिभ टेस्ट' पत्ता लगाउन सकिन्छ । अहिले धेरै घर इन्जिनियरका आँखाले हेरेका भरमा बस्न योग्य छन्÷छैनन् भन्ने पत्ता लगाइएको छ । तर, एक्सरे नै गर्ने प्रविधिले सही र सत्य जानकारी दिन्छ भन्छन् राजभण्डारी । भूकम्पले असर गरेका घरलाई रेट्रफिट गर्न आवश्यक छ÷छैन भन्ने जान्नका लागि यस्तो प्रविधि उपयुक्त हुने उनको भनाइ छ ।
सिमेन्टको आयु सकियो कि ? वा डन्डीहरुलाई कंक्रिटले समात्न छाड्यो कि भन्ने थाहा पाउन भत्काएरै हेर्नुको सट्टा कंक्रिटको खदिलोपन पनि नन डिस्ट्रक्टिभ टेस्टबाट थाहा पाउन सकिन्छ । यस्तो प्रविधिका लागि आवश्यक उपकरण बेलायतबाट झिकाएर घरहरु जाँचपड्ताल गरिरहेको वैंकटेस इन्जिनियरिङ एसोसिएट्सका इन्जिनियर नवराज त्रिपाठीका अनुसार घरको सिंगो एक्सरे भने यस्तो प्रविधिका उपकरणले गर्दैनन् । विभिन्न विन्दुलाई नै केन्द्रित गरेर जाँच्नुपर्छ । एउटा विन्दुमा जाँचेको खर्च एसोसियसनले २ हजार रुपैयाँसम्म लिने गरेको छ । 'खासखास विन्दुमा जाँच्दा झन्डै २० हजार खर्च गरी एउटा घरको पूरै अवस्था थाहा हुनसक्छ,' सिभिल इन्जिनियर त्रिपाठीले भने, 'यो प्रविधिको सबैभन्दा सुन्दर पक्ष भनेको कुनै पनि घर भवन नभत्काइकन त्यसको मजबुतीपना जाँच्नसक्नु हो ।'
त्रिपाठीका अनुसार तोडफोट बिना नै गरिने जाँच अर्थात नन डिस्ट्रक्टिभ टेस्टमा ३ थरी उपकरण प्रयोग हुन्छन् । स्मिथ ह्यामर, युपिभी टेस्टर र रेबार लोकेटर ती उपकरण हुन् । आपूmहरुले प्रयोगमा ल्याएका उपकरण बेलायत र इटलीमा बनेको जानकारी पनि उनले दिए ।
पोखरा न्युरोडको लक्ष्मी आदर्श आवासीय माविका सञ्चालक वसन्त प्रधान नन डिस्ट्रक्टिभ टेस्ट गराए । 'पहिलाका इन्जिनियरहरुले आँखाले हेरेका भरमा दिएको सल्लाह कताकता मनले मानेको थिएन,' उनले भने, 'आधुनिक उपकरणबाट जाँचेपछि चित्त बुझेको छ ।' रेट्रोफिटिङ गर्नु नपर्ने तर त्योभन्दा अरु उपाय अपनाए हुने पछिल्लो सल्लाह कार्यान्वयन गर्न लागेको उनले जानकारी दिए । पुरानो घरकै संरचनालाई नयाँ खम्बा, पिलर र बारहरुको आड दिएर पुनःसंरचना गर्ने प्रविधिलाई इन्जिनियरिङ भाषामा रेट्रोफिटिङ भनिन्छ । रेट्रोफिटिङ गर्नका लागि पनि घरको भित्री हाडखोर र सिमेन्ट÷कंक्रिटको वर्तमान अवस्था थाहा पाउनै पर्ने वरिष्ठ इन्जिनियर राजभण्डारी बताउँछन् ।
नन डिस्ट्रक्टिभ टेस्ट युरोप अमेरिकातिर निकै प्रचलनमा रहेको इन्जिनियर त्रिपाठी सुनाउँछन् । 'उतातिर त घर किन्नुअघि यसरी नै जाँचिन्छ,' उनले भने, 'ठेकेदारलाई घर बनाउने जिम्मा लगाएर आफूले नहेरे पनि हुन्छ, किनभने कति रड छन्, कति चुरी कहाँ—कहाँ छन् र सिमेन्टको मात्रा कति छ भन्ने पछि थाहा पाइहालिन्छ ।'