पोखरा-मणिपाल शिक्षण अस्पतालमा व्यावहारिक अभ्यास (इन्टर्नसिप) गर्दै रहेका एकजना डाक्टर आइतबार मृत फेला परेका छन् । महोत्तरी घर भएका अनिमेष ठाकुर डेरा बसेको घरको तल खसेको र मृत्यु भइसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए ।
मणिपालमै इन्टर्नसिपमा रहेकी आफूले मन पराएकी युवतीसँग केही दिनयता उनको ठाकठाकु परेको ठाकुरका साथीहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । युवतीसँगको मनमुटावपछि ठाकुर मृत फेला परेकाले उनको मृत्युको कारण पत्ता लगाउन साथीहरुले माग गरेका छन् । उनका पिताले समेत छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
प्रहरीले भने प्रारम्भिक अनुसन्धान गर्दा ठाकुरको मृत्युका पछाडि अरु कसैको हात नदेखिएको उल्लेख गरेको छ । 'हामी अनुसन्धानमै छौं,' एसपी पालले नागरिकसँग भने । ठाकुर मणिपाल अस्पतालनजिकै डेरा गरी बस्दै आएका थिए । चिकित्साशाष्त्रको पढाइ सकेर ठाकुरले मणिपालमा व्यावहारिक अभ्यासका लागि इन्टर्नसिप गरिरहेका थिए । मृतक ठाकुरको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।