काठमाडौं- जताततै फोहोरको डुंगुर। सडकका वरपर ठूला ट्रकको पार्किङ। नदीमा बगेको पानी छुनसमेत हिच्किचाउनु पर्ने र ह्वास्स दुर्गन्ध। दुई वर्ष अगाडिसम्म जोरपाटी नारायणटारको बागमती करिडोर र नदीको अवस्था यस्तै बेहाल थियो।अहिले भने उक्त क्षेत्र हेर्न र बस्न लायक भएको छ। न त्यहाँ कुनै फोहोर देखिन्छ न त फोहोर पानी नै। दुर्गन्ध आउने स्थानमा अहिले फूलको बास्ना आउँछ भने सवारीको अव्यवस्थित पार्किङ स्थलमा बालबालिकाले खेल्ने उद्यान (चिल्ड्रेन पार्क) छ। उद्यानमा बालबालिका हाँसीखुसी खेलिरहेका देखिन्छन्।
भविष्यमा स्वच्छ र हरियाली बागमती बनाउने भन्दै दुई वर्षअघि सुरु बागमती सफाई अभियानपश्चात उक्त क्षेत्रमा देखिएको सकारात्मक परिवर्तन हो यो। नारायणटार खण्डको उक्त क्षेत्रमा 'राम्रो जोरपाटी हाम्रो जोरपाटी' नामको स्थानीय संस्थाले उद्यान निर्माण र सफाइको जिम्मा लिएको छ। संस्थाले आफ्नै खर्चमा उक्त क्षेत्रलाई बाह्रै महिना सुन्दर र सफा राख्दै आइरहेको छ।
नारायणटार खण्डमा मात्र होइन अहिले गोकर्णदेखि सुन्दरीघाटसम्म यस्तै परिवर्तन देख्न सकिन्छ। बागमती सफाइ अभियानसँगै नदीको दुवैतर्फ विभिन्न संघसंस्थाले स्वःस्फूर्त रुपमा बगैंचा निर्माणको जिम्मा लिएपछि बागमतीको मुहार फेरिन थालेको हो। गोकर्णदेखि सुन्दरीघाटसम्म करिब १७ किलोमिटर खण्डमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पक्की सडक निर्माण र ढलमुक्त बागमती बनाउन ढल निर्माणको काम अगाडि बढाइरहेको छ। यस्तै नदी किनार सुन्दर र आकर्षक बनाउन विभिन्न ४५ वटा संस्थाले बगैंचा, पार्क र वृक्षारोपणको जिम्मेवारी लिएका छन्।
विकास समितिअनुसार भौतिक पूर्वाधार निर्माण बाहेकको हरियाली प्रवर्द्धन गर्ने, सौन्दर्य बढाउने, मनोरञ्जनात्मक स्थल निर्माणको काम भने विभिन्न सरकारी, गैरसरकारी संघ/संस्थाले स्वःस्फूर्त रुपमा निर्माण गर्ने अनुमति लिइसकेका छन्। यसका लागि विकास समितिले कुनै खर्च गर्नुपर्दैन।
समितिका प्लान्टेसन विज्ञ रामदयालप्रसाद यादवका अनुसार नदी किनारको खाली स्थानमा बागमतीको सौन्दर्य बढाउन र पानी शुद्ध पार्न सहयोग गर्ने संस्थामध्ये १९ संस्थाले काम सुरु गरिसकेका छन्। तीमध्ये ८ वटा संस्थाले उद्यान निर्माण गरिसकेको उनले जानकारी दिए।
'अहिलेलाई नारायणटार पुलदेखि शंखमूल पुलसम्मको १ सय ५० रोपनी क्षेत्रफलमा उद्यान र वृक्षारोपण माग भएकोमा १ सय १० रोपनी क्षेत्रमा उद्यान निर्माणको काम अघि बढेको छ,' उनले भने, 'यस अभियानमा ती संघसंस्थाले सरकारी निर्देशनअनुसार आफैं लगानी गरेर निर्माण र संरक्षणको काम गर्न सुरु गरेका छन्।'
उनका अनुसार विकास समितिले दिएको अनुमतिपछि सरकारको लगानीबिना नै विभिन्न संघसंस्थाको सहयोगमा बागमती किनारलाई हरियाली बनाउन किनारको खाली स्थानमा फोहोर नफाल्न, जग्गा कब्जा हुनबाट जोगाउन, सौन्दर्य बढाउन विभिन्न संस्थाहरूलाई साझेदार बनाउन थालिएको छ।
'यो कामबाट झण्डै मृत अवस्थामा पुगेको बागमती नदीले पुनर्जीवन पाउँछ भने स्थानीयबासिन्दाले बिहानबेलुका टहल्ने ठाँउ पाउने छन्,' यादवले भने, 'यसका अलावा खुला स्थान र पार्कको कमी रहेको राजधानीमा त्यसको अभाव समेत हट्नेछ।' उनले हाल ४५ वटा संस्थाले बगैंचा तथा पार्क बनाउने जिम्मा लिएको बताए। ती क्षेत्रमा सरकारले लगानी गर्ने हो भने २० करोडभन्दा बढी खर्च लाग्नसक्ने उनले बताए।
समितिका अनुसार हाल तिलगंगा आवास क्षेत्र टोल सुधार समितिले तिलगंगा नीलो पुल क्षेत्रमा, आर्ट अफ लिभिङले टेक बहादुर रायमाझी आरोग्य मन्दिर परिसरमा, नेपाल सोका गाक्काई इन्टरनेसनलले तिलगंगामा, तिलगंगा महिला समूहले सिनामंगल पहेँलो पुलमा, निजामती कर्मचारी श्रीमती संघले सिनामंगलमा, सशस्त्र प्रहरी बलले प्रयागनगरमा, नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगल पुलबाट तल्लो क्षेत्रमा, वातावरण विभागले बानेश्वर क्यम्पस वरपर, नेसनल भोलन्टियर एसोसिएसनले बानेश्वर क्याम्पसअगाडि, नेपाल प्रहरी सामुदायिक सेवाले बानेश्वर क्याम्पसको दक्षिण भागमा, नबिल बैंकले कोटेश्वर पुल मीनभवनमा, कृष्णप्रणामी सेवा समिति नेपालले शंखमूल बागमती अपार्टमेन्टअगाडि, गैरआवासीय नेपाली संघले शंखमूल ललितपुरतर्फ, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले पचली भैरव, राम्रो जोरपाटी हाम्रो जोरपाटीले नारायणटारमा, पुडासैनी मैत्री समाजले नयाँबस्ती गोठाटारमा, नेपाल टेलिकमले सहिदनगर शंखमूल र फ्लोरिकल्चर एसोसिएसन नेपालले कोटेश्वर महादेवस्थान तलको क्षेत्रमा उद्यान निर्माणको काम अगाडि बढाइरहेका छन्।
यस्तै निजामती तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), भिएस निकेतन मावि, उच्च माध्यमिक विद्यालय संघ, सांग्रीला टुर्स एन्ड होटल ट्रेनिङ सेन्टर, जीवन विज्ञान, नेपाल विज्ञापन संघ, कान्तिपुर पब्लिकेसन, एपेक्स कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, दिव्य हस्पिटालिटि, युथ एलाइन्स इन्भार्नमेन्ट, सत्य साई सेवा क्षेत्रीय समिति, महिला वातावरण समूह, जोरपाटी टोलवासी, नेपाली सभा, नेपाल चित्रगुप्त समाज, आदर्श सेवा नवजीवन केन्द्र, लायन्स क्लब अफ काठमाडौं, युनाइटेड ट्रेडर्स प्रालि, डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल, तारा युवा क्लब, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, मिरमिरे युवा समाज, बागमती मनोहरा सरोकार समिति र माकलबारी क्षेत्रले सम्झौताका लागि निवेदन दिइसकेका छन्।
उद्यान निर्माणको जिम्मा विभिन्न संघसंस्थाले लिएपछि समितिले दुवैतर्फको करिडोर सडक पक्की बनाउने र नदीलाई ढलमुक्त बनाउने काममा केन्द्रित गरेको समितिका इन्जियिनर रविन्द्र रायले जानकारी दिए। उनका अनुसार वर्षौंक्कदेखि थुप्रेको फोहर र ढलमतीको नाम पाइसकेको बागमतीलाई साप्ताहिक रुपमा चलाइएको सफाइ कार्यक्रमले छोटो समयमा नै पानी सफा हु"दै गएको सन्देश दिएकाले अब समिति नदीको पानी सफा राख्न प्रशोधन कार्य दीगो बनाउनेतर्फ लाग्ने छ।
'बागमती नदीमा बग्ने पानी मात्र प्रशोधन गरेर हुँदैन,' उनले भने, 'यसमा मिसिने अन्य सहायक नदी पनि प्रशोधन गर्न जरुरी छ।' उनले ढल तथा पानी प्रशोधनका लागि विभिन्न पाँच स्थानमा प्रशोधन केन्द्र निर्माणको काम समेत अगाडि बढिरहेको जानकारी दिए।