इलाम–अविरल वर्षास"गै मंगलबार राति गाउ"भरी पहिरो खस्दा दक्षिणी इलामको शान्तिपुरका ३० परिवार घरबाट विस्थापित भएका छन्। पहिरोले बस्नै नहुनेगरी घर क्षतिग्रस्त हु"दा उनीहरु विस्थापित भएका हुन्। झण्डै ६ घण्टासम्म एकैनासको वर्षा हु"दा पहिरोले कसैको घरै पुरिएको छ भने कसैको घर बगाएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार, भारी वर्षापछि पहिरो जाँदा इलामका सबैजसो गाविस र नगरपालिकामा क्षति भएको छ। त्यसमध्ये कमजोर भू–बनोट भएको चुरे क्षेत्रमा पर्ने शान्तिपुर सबैभन्दा बढी प्रभावित भएको र विस्थापित परिवारलाई राहत सामग्रीको खाँचो परेको प्रहरीले जनाएको छ।'पहिरोले धेरैतिर धेरै खाले क्षति पुर्याएको विवरण प्राप्त भइरहे पनि शान्तिपुर जति प्रभावित अरु देखिएको छैन,' प्रहरी निरीक्षक याम पौडेलले नागरिकन्युजलाई भने, 'त्यहाँबाट ३० परिवार घरमा बस्न नसक्ने भएर विस्थापित भएको प्रारम्भिक जानकारी छ।' विवरण आउनेक्रम जारी रहेकाले क्षति यकिन भएको छैन।
पहिरोले कसैको घरै बगाएको र कसैको आँगन लडाएको जनाउ"दै स्थानीय ज्ञानेन्द्र अधिकारीले वर्षाका कारण यत्तिको क्षति यसअघि नदेखेको बताए। 'गाईबस्तुका गोठ बगाउने र चौपाया पुरिने क्रम त सामान्य देखिएको छ,' अधिकारीले भने, 'पहिरो नगएको र क्षति नभएको बारी हुने गाउँले कमै होलान्।'
तीनघरे– शान्तिपुर– बर्फल्याङ सडक खण्डमा ५० ठाउँभन्दा बढी पहिरो गएको उल्लेख गर्दै अधिकारीले गाउ"मा विस्तारित विद्युत लाइन पहिरोले धेरै ठाउँमा चुँडिएको जनाए। शान्तिपुर–४, नेहितमा सञ्चालित खानेपानी आयोजनाको मुहान र पाइपलाइनसमेत पहिरोले क्षतिग्रस्त छ।
शान्तिपुर गाविसका पहिरोपीडितका लागि नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले बुधवार ३० थान त्रिपाल उपलव्ध गराएको छ। सोसाइटीका कर्मचारी बसन्त तिम्सिनाका अनुसार, प्रति परिवार एक/एक वटा वितरण गर्ने गरी पहिरोपीडितलाई त्रिपाल दिइएको हो। राहतका अरु सामग्री क्रमशः दिइने उनले बताए।