इलाम— भारी बर्षासँगै मंगलबार राती केही ठाउँमा पहिरो जाँदा दार्जिलिङमा २१ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन्। ज्यान गुमाउने र बेपत्ता हुनेमा धेरैजसो नेपालीभाषी छन्। इलामसँग जोडिएको मिरिकमा १९ र कालेम्पोङमा दुई जनाको मृत्यु भएको हो। मनसुन सुरु भएपछि लगातार बर्षा भइरहँदा दार्जिलिङ र सिक्किमका मुख्य राजमार्गहरु पहिरोले प्रायः अवरुद्ध छन्। त्यसक्षेत्रको जनजीवन प्रभावित छ।
'४८ घण्टासम्म लगातार पानी पर्दा मिरिक र कालेम्पोङमा २१ जनाको मृत्यु भएको छ' भारतीय सञ्चारमाध्यमले बुधवार लेखेका छन्, 'बर्षापछि पहिरो जाँदा दार्जिलिङ, कालेम्पोङ, खरसाङ, मिरिक र सिक्किमको जनजीवन प्रभावित छ।' त्यस क्षेत्रका २५ भन्दा धेरै स्थानमा पहिरो गएको र बेपत्ता भएका १५ जनाको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । पहिरोले दार्जिलिङको ऐतिहासिक रेल सेवासमेत अवरुद्ध छ।
'पहिरोले घाइते हुनेको संख्या धेरै छ, घाइतेको घुईंचोले मिरिकको सरकारी अस्पताल खचाखच छ' दैनिक जागरणको अनलाइन संस्करणले लेखेको छ, 'विजुली नहुँदा जनजीवन कष्टकर छ, राजमार्गहरुमा पहिरो पन्छाउनेक्रम जारी छ ।' दार्जिलिङ पहिरोले प्रभावित भएपछि पश्चिम बंगाल मुख्यमन्त्री ममता ब्यानर्जीले 'त्यसतर्फ नजर लगाइरहेको र राहतनिम्ति पहल गरिरहेको' बताएकी छन् । मिरिकको घैयावारीमा १२ बर्षअघि पनि पहिरोले २२ जनाको ज्यान गएको थियो।